Advertisement

बेहडाबाबामा गङ्गादशहरा मेला सुरु, बिहानैदेखि दर्शनार्थीको भिड 

Advertisement

कैलालीः धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबामा बुधवारदेखि धुमधामका साथ गङ्गादशहरा मेला सुरु भएको छ।

 

धार्मिक आस्थाको केन्द्रका रूपमा लिइएको यस मन्दिरमा हरेक वर्ष झैँ यस वर्ष पनि गङ्गादशहरा पर्वका अवसरमा मेलाको आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर चन्दले जानकारी दिए। पर्वका अवसरमा मन्दिरमा राति १२ः०० बजे जल चढाएर पूजाअर्चना सुरुआत गरिएको छ।

 

कैलालीको प्रसिद्ध धार्मिकस्थल मानिने बेहडाबाबामा पूजाआजाका साथै दर्शनका लागि कैलाली, कञ्चनपुरलगायत प्रदेशका विभिन्न स्थानका मानिसहरू यहाँ आउने गर्दछन्। बेहडाबाबा सुदूरपश्चिमको मात्रै नभई देशकै धरोहरका रूपमा परिचित छ। परापूर्वकालमा यहाँ शिवलिङ्ग उत्पत्ति भएपछि मन्दिर स्थापना गरिएको कथन छ।

 

यहाँ दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ। खासगरी पुत्रलाभदेखि सङ्कटमोचन गर्ने शक्ति बेहडाबाबा मन्दिरमा रहेको विश्वास भक्तजनहरूमा छ। यसैगरी, यहाँ पूजाआजा तथा दर्शन गर्न आउने भक्तालुहरूको सहजताका लागि धनगढी उपमहानगरपालिकाले सडक मर्मत, बत्ती जडानलगायत व्यवस्थापन गरेको व्यवस्थापन समितिले जनाएको छ।

 

गङ्गादशहरा पर्वका अवसर पारेर बेहडाबाबा मन्दिरमा पूजाका लागि छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट समेत हजारौँको सङ्ख्यामा भक्तजनहरू आइसकेका छन् भने केही अझै आउने क्रम जारी छ। यहाँ हरेक वर्ष भारतको लख्खीमपुर, पलिया, पिलिभित, युपी, उत्तराखण्डलगायत विभिन्न क्षेत्रबाट भक्तजन आउने गरेका छन्।

 

धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले विभिन्न चाहपर्वहरू जस्तै गङ्गादशहरा पनि यहाँको महत्वपूर्ण चाड मानिँदै आएकाले यसको महत्व बुझेर उपमहानगरपालिकाले यही जेठ २२ गते अर्थात् बिहीवार सार्वजनिक बिदासमेत दिएको बताए।

 

उपमहानगरपालिकाले बेहडाबाबामा आउने भक्तजनहरूको सहजताका लागि शिवगङ्गा नदीको छेउबाट मन्दिरसम्म पुग्न निःशुल्क बस सञ्चालन गरिएको नगरप्रमुख हमालले बताए। मेलामा यहाँका नेपाली मात्रै नभएर भारतका व्यवसायीहरूले समेत केही दिनअघि नै यहाँ आएर विभिन्न पसल सञ्चालन गरेका छन्। गंगा दशहराका अवसरमा बेहडाबाबा मन्दिरको दर्शनका लागि बिहीवार बिहानैदेखि नेपाल–भारतका तीर्थयात्रीको भिड लागेको छ।

 

पहिलो दिन जल चढाउने र पूजाआजासहित दर्शन गर्ने कार्य भइरहेको छ। तीर्थालुहरुको सहजताका लागि पश्चिमबाट लाइन लगाएर पालौपालो दर्शन र पूजाआजा गर्ने व्यवस्था मिलाइएको र अपाङ्ता भएका व्यक्ति, असहाय तथा वृद्धवृद्धाका लागि मन्दिरको उत्तर ढोकाबाट प्रवेश दिएर पूजाआजाको व्यवस्था मिलाइएको अध्यक्ष चन्दले जानकारी दिए।

 

जेठ २५ गतेसम्म लाग्ने मेलाको करिब एक लाख दर्शनार्थीले अवलोकन गर्ने व्यवस्थापन समितिले जनाएको छ। बेहडाबाबा मन्दिरमा गङ्गा दशहरा, चैत अमावस, माघी, शिवरात्री र नयाँ सालको बेलाका दिन भक्तजनको भिड हुने गर्दछ। यसैगरी, साउन महिनाको सबै सोमवार भक्तजन आउने गरेका समितिले जानकारी दिएको छ।

सिद्धराज पाण्डे (समर्पण)

सिद्धराज पाण्डे (सर्मपण) कामना टेलिभिजनद्धारा सञ्चालित कामनाटुडे अन्लाईन पत्रिकामा संवाददाताको रुपमा काम गर्नुहुन्छ । उहाँसंग बिभिन्न रेडियोमा समाचार प्रमुख भई काम गरेको अनुभव छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

टी–२० विश्वकप छनोट: नेपाल आज कतारसँग प्रतिस्पर्धा गर्दै

टी–२० विश्वकप छनोट: नेपाल आज कतारसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं-आईसीसी टी–२० विश्वकप एसिया तथा ईस्ट एसिया–प्यासिफिक छनोटअन्तर्गत नेपालले आज कतारसँग खेल्दैछ। खेल ओमानको अल अमिरेत क्रिकेट...
सडक पुगेपछि व्यापारिक केन्द्र बन्यो अपिहिमालको मकरीगाड

सडक पुगेपछि व्यापारिक केन्द्र बन्यो अपिहिमालको मकरीगाड

दार्चुला- सडक यातायातको सहज पहुँचसँगै अपिहिमाल गाउँपालिका–५, मकरीगाड अहिले दार्चुलाको प्रमुख व्यापारिक केन्द्रका रूपमा विकसित भएको...
बाजुराको रुगिनका बाढी–पहिरो पीडितको चाडपर्व त्रिपालमै

बाजुराको रुगिनका बाढी–पहिरो पीडितको चाडपर्व त्रिपालमै

बाजुराको हिमाली गाउँपालिका–१ बिच्छ्या रुगिनका बाढी–पहिरोपीडितले यस वर्षको दसैं–तिहार खुलेआकाशमुनि त्रिपालमै मनाउँदैछन्। गत साउन...
बैतडीमा किशोरीमाथि जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

बैतडीमा किशोरीमाथि जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

बैतडी- बैतडीमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा पाटन न...
नेपालको रोमाञ्चक जित, सुपर- ६ मा यूएईलाई १ रनले हरायो

नेपालको रोमाञ्चक जित, सुपर- ६ मा यूएईलाई १ रनले हरायो

धनगढी- आइसिसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर–६ चरणमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) माथि १ रनको रोम...
बझाङको जयपृथ्वी नगरपालिका-११ भोपुरमा फुटबल प्रतियोगिता सुरु, प्रथम पुरस्कार  ७१ हजार

बझाङको जयपृथ्वी नगरपालिका-११ भोपुरमा फुटबल प्रतियोगिता सुरु, प्रथम पुरस्कार ७१ हजार

बझाङ- जिल्लाको जयपृथ्वी नगरपालिका ११ भोपुरमा जिल्ला स्तरीय तेस्रो महिला पुरुष भोपुर कप फुटबल प्रतियोगिता सुरु भएको छ । शुभ दिपावल...
कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्करराज ओझा विजयी

कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्करराज ओझा विजयी

धनगढी- कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा पुष्करराज ओझा अध्यक्षमा निर्वाचित भएका छन्। उनले प्रतिद्वन्...
जीवित बन्धकहरूको नयाँ सूचीमा बिपिन जोशीको नाम समावेश

जीवित बन्धकहरूको नयाँ सूचीमा बिपिन जोशीको नाम समावेश

गाजा क्षेत्रमा हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ। यसअघि उनको अवस्थाबारे कुन...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज