Advertisement

Day: २०८२ बैशाख ३०, मंगलवार १४:५९

दृष्टिबिहिन भन्दै लागू औषधि बेच्दै गरेको भेटियो, धनगढीबाट दुई जना पक्राउ

दृष्टिबिहिन भन्दै लागू औषधि बेच्दै गरेको भेटियो, धनगढीबाट दुई जना पक्राउ

समाचार
धनगढी, बैशाख ३० – दृष्टिबिहिन भएको नाटक गर्दै लागू औषध बिक्रीमा संलग्न दुई जना व्यक्ति कैलालीको धनगढीबाट पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–९ स्थित पशुपति टोलबाट खैरो हेरोइनसहित उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पक्राउ पर्नेमा भारत उत्तर प्रदेशका ४९ वर्षीय पप्पु खान र १९ वर्षीय मुजमिल्ला अन्सारी रहेका छन्। प्रारम्भिक अनुसन्धान अनुसार, तीमध्ये एकले आफू दृष्टिबिहिन भएको नाटक गर्दै लागू औषध बिक्री गर्दै आएका थिए। प्रहरीको लागू औषध ब्युरो शाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले विशेष सुराकीको आधारमा बैशाख ३० गते दिउँसो करिब १:३० बजे उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको साथबाट ११ ग्राम २५० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ। हाल उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज