Advertisement

Day: २०८१ चैत्र ३०, शनिबार ०६:५०

डोटीमा चट्याङ लागेर मृत्यु भएकी एक महिलाको परिवारलाई राहत दिने घोषणा

डोटीमा चट्याङ लागेर मृत्यु भएकी एक महिलाको परिवारलाई राहत दिने घोषणा

Breaking News 2, डोटी, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डोटी- डोटीको सायल गाउँपालिकाले चट्याङ लागेर मृत्यु भएकी एक महिलाको परिवारलाई राहत दिने घोषणा गरेको छ। बुधबार राति सायल गाउँपालिका–६, दल्लेखकी ३३ वर्षीया कमला नागरीको चट्याङ लागेर मृत्यु भएपछि गाउँपालिकाले उनका परिवारलाई ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको हो। चट्याङ लाग्दा कमलाका छोराछोरीसहित ७ जना घाइते भएका छन्। गाउँपालिका अध्यक्ष धर्म जोशीले कार्यपालिकाको बैठकबाट यथासिघ्र निर्णय गराई राहत रकम उपलब्ध गराइने जानकारी दिए। घाइतेहरूको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ।...
देशभर बदली र वर्षाको सम्भावना, चट्याङ र हिमपातबाट सतर्क रहन आग्रह

देशभर बदली र वर्षाको सम्भावना, चट्याङ र हिमपातबाट सतर्क रहन आग्रह

Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव रहेको छ। देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने अन्य भागहरूमा मुख्यतया आंशिकदेखि सफा मौसम देखिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित पहाडी क्षेत्रमा थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात पनि हुन सक्ने देखिएको छ। यस प्रभावका कारण देशभर देखिएको तुवाँलो क्रमशः घट्ने अनुमान छ। तर मेघगर्जन, चट्याङ, वर्षा र हिमपातका कारण स्वास्थ्य, जनजीवन, कृषि, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज