डोटीका २ जना कैलालीबाट लागूऔषधसहित पक्राउ
धनगढी- डोटीका २ जना लागूऔषधसहित कैलालीबाट पक्राउ परेका छन्।
जिल्लाको बडीकेदार गाउँपालिका–२ बस्ने २७ वर्षीय गोपालबहादुर सलामी र सोही ठाउँ बस्ने २० वर्षीय मिलन मास्के मगर लागूऔषधसहित कैलालीको चुरे गाउँपालिका–३ टेडी बजार नजिक भीमदत्त राजमार्गबाट पक्राउ परेका हुन् ।
सलामीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–०१२ प ९७९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा ७० ट्याबलेट टेपेन्टडोल
फेला पारी उक्त ट्याबलेट, मोटरसाइकल र मोटरसाइकल पछाडी सवार मगरलाई इलाका प्रहरी कार्यालय फल्टुडे कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।...

