Advertisement

Day: २०८१ फाल्गुन २१, बुधबार २२:०६

फोहर बिक्रीबाट धनगढीमा ४५ लाख ५५ हजार आम्दानी

फोहर बिक्रीबाट धनगढीमा ४५ लाख ५५ हजार आम्दानी

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–२ मा सञ्चालित सूक्ष्म वर्गीकरण केन्द्रले कुहिने र नकुहिने फोहर बिक्री गरेर रु ४५ लाख ५५ हजार आम्दानी गरेको छ । केन्द्रले गत आर्थिक वर्षमा रु २५ लाख ५५ हजार र चालु आवको आठ महिनामा रु २० लाख आम्दानी गरेको हो । उपमहानगरपालिकाका वातावरण, खानेपानी तथा सरसफाइ व्यवस्थापन शाखा प्रमुख अशोक अवस्थीका अनुसार उपमहानगरपालिकाले आव २०८०र०८१ को साउनदेखि सञ्चालनमा ल्याएको उक्त केन्द्रलाई चालु आवदेखि निजी कम्पनीमार्फत ठेक्का लगाई फोहर बिक्री गर्दै आएको छ । धनगढीको नन्दादेवी सेवा केन्द्रलाई २०८१ देखि २०८६र८७ सम्म पाँच वर्षका लागि ठेक्का दिइएको छ । ठेकेदार कम्पनीसँग पहिलो वर्षको ठेक्का रकमअनुसार प्रत्येक वर्ष १० प्रतिशतले पाँच वर्षसम्म रकम वृद्धि गर्नेगरी ठेक्का सम्झौता गरेको छ । उपमहानगरपालिकाका १९ वडामध्ये हाल नौ वटा वडाबाट दैनिक २१ टन फोहर सङ्कलन गरेर केन्द्रले फोह...
देशकै कान्छा रास्वपा सभापति सत्यराजकाे राजनितिक संघर्ष

देशकै कान्छा रास्वपा सभापति सत्यराजकाे राजनितिक संघर्ष

ताजा अपडेट, बझाङ, मनोरञ्जन, राजनीति, सुदूरपश्चिम, सूचना प्रविधि
सुरेन्द्र खत्री बझाङ । उमेरले हेर्दा कलिलो तर जिम्मेवारीले अब्बलमा कहलिन्छन् सत्यराज उपाध्याय , २८ वर्षीय उपाध्याय अहिले राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) बझाङ जिल्ला सभापति हुन् । अब फर्कियौ उनको बाल्यकाल तर्फ गाउँमा दादुरा लागेर धेरै बालबालिकाहरुको मृत्यु हुने गर्थ्यो । त्यसै महामारीको समय २०५४ सालमा सत्यराज उपाध्यायको जन्म भयो । उनको जन्महुदाँ परिवार खुशी पनि थिए र दु:खी पनि । किन भने त्यो बेला जन्माउन सकिन्थ्यो तर दादुरा बाट बालबालिका बचाउन निकै गारो हुन्थ्यो । २०५७ साल तिरको कुरा हो,, उनी ३ वर्षको थिए होला त्यो समयपछि उनको घरमा ठुलो बाढी आएर क्षती बेहोर्नु पर्यो । सम्पन्न परिवारका उनको पैसा घर , खेत , जग्गाजमिन बाढीले क्षती गरेपछि परिवारले शुन्य बाट सङ्घर्ष गर्नु परेको उनले भने । त्यो पिडा सेलाउन नपाउँदै फेरि उनकी आमा भिर बाट लडेर ५/६ वर्षको उमेरमै आमा गुमाउन पुगे सत्यराज ...
तुर्माखाँद गाउँपालिकामा ‘सृजनशील किशोरी सञ्जाल’ गठन, किशोरीमैत्री वातावरण निर्माणमा जोड

तुर्माखाँद गाउँपालिकामा ‘सृजनशील किशोरी सञ्जाल’ गठन, किशोरीमैत्री वातावरण निर्माणमा जोड

अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
अछाम: तुर्माखाँद गाउँपालिका र ईको हिमाल नेपाल को सहकार्यमा सञ्चालित लैङ्गिकमैत्री ‘हिमालयन विद्यालय परियोजना’ अन्तर्गत पालिका स्तरीय किशोरी सञ्जाल गठन गरिएको छ। यस सञ्जालले गाउँपालिकाभित्र किशोरीहरूका हकहित प्रवर्द्धन गर्दै उनीहरूको नेतृत्वदायी क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। गाउँपालिकाको उपाध्यक्ष विमला कुमारी शाही को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष डम्बर बहादुर बीसी रहेका थिए। कार्यक्रममा विशेष अतिथिका रूपमा निमित्त प्रमुख प्रशासकीय अधिकृत ऐकेन्द्र बहादुर बयक, कार्यपालिका सदस्य झंकार नेपाली र सुनिता शाही, वडा नं. ४ सदस्य रोशना बी.के., ईको हिमालका कार्यक्रम अधिकृत लक्ष्मी के.सी., तथा ईको हिमाल नेपालका कृषि प्राविधिक बिरेन्द्र चन्द को उपस्थिति थियो। कार्यक्रमको सहजीकरण महिला तथा बालबालिका शाखा तथा सामाजिक परिचालक बसन्ती श...
हत्या अभियोगमा फरार कञ्चनपुरका कांग्रेस नेता काठमाडौंबाट पक्राउ

हत्या अभियोगमा फरार कञ्चनपुरका कांग्रेस नेता काठमाडौंबाट पक्राउ

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, समाचार
धनगढी- कञ्चनपुरमा हत्या अभियोगमा फरार रहेका नेपाली कांग्रेसका एक नेतालाई पक्राउ गरिएको छ। जिल्लाको वेदकोट नगरपालिका–१ का ३४ वर्षीय उद्धव बोहरालाई काठमाडौंबाट पक्राउ गरिएको कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक(एसपी) चक्रराज जोशीले जानकारी दिए। उनकाअनुुसार बोहरालाई काठमाडौँबाट पक्राउ गरेर कञ्चनपुर ल्याइएको छ। नेपाली कांग्रेस कञ्चनपुरका जिल्ला कार्य समिति सदस्य समेत रहेका बोहरामाथि वेदकोटकै हर्कबहादुर खडायतको हत्या गरेको अभियोग छ। एसपी जोशीले बोहरासहितको समूहले २८ कात्तिक २०८० मा वेदकोट नगरपालिका–१ हात्तीथलामा देउसी–भैलो हेरेर फर्किरहेका बेला खडायतलाई घेरा हालेर कुटपिट गरेको बताए। तत्कालीन समयमा पाँच जनाविरुद्ध कर्तव्य ज्यान उद्योग शिर्षकमा मुद्दा दर्ता भएकोमा चक्र बोहरा पक्राउ परेका थिए। तर खडायतको उपचारका क्रममा १० पुस २०८० मा मृत्यु भएपछि भने कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता गरिएको थिय...
बैतडीका इन्स्पेक्टर जोशी पक्राउ,, प्रेमिका इन्स्पेक्टरलाई आत्माहत्या गर्न बाध्य पारेको आरोप

बैतडीका इन्स्पेक्टर जोशी पक्राउ,, प्रेमिका इन्स्पेक्टरलाई आत्माहत्या गर्न बाध्य पारेको आरोप

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- सुदूरपश्चिम प्रदेशको बैतडी घर भएका सशस्त्र प्रहरी बलका इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणको अनुसन्धानका लागि सशस्त्रकै इन्स्पेक्टर रहेका जोशी पक्राउ परेका हुन् । जोशीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्त शर्माले जानकारी दिए । ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी सन्तोषीको परिवारले जोशी विरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका थिए। उजुरी दर्ता भएपछि २३ नं।गण तनहुँमा कार्यरत जोशी समातिएका हुन्। उनी १६ बेसिकका इन्स्पेक्टर हुन्। जोशी र सन्तोषी प्रेमी(प्रेमिका रहेको परिवारको दाबी छ। उनैका कारण सन्तोषीले आत्महत्या गर्नु परेको जाहेरीमा दाबी गरिएको छ। यो घटनाको छानबिन गर्न सशस्त्र प्रहरी हेडक्वाटरले समेत राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्...
आज सुदूरपश्चिम सहित ४ प्रदेशमा आंशिक बदली

आज सुदूरपश्चिम सहित ४ प्रदेशमा आंशिक बदली

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- आज सुदूरपश्चिम,कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागकको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका अन्य भागमा मौसम सफा रहेको छ । आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ । साथै आज राति कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली हुने छ भने बाँकी भागमा मौसम सफा रहनेछ । बिहान तराईका केही स्थानमा हल्का हुस्सु लागेकोले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई उडानमा आंशिक प्रभाव पर्न सक्ने जनाउँदै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।...
प्रदेश सरकारले कार्यकर्ता भर्ती केन्द्र बनाउने ऐन ल्याउन लागेको भन्दै विद्यार्थी विरोधमा

प्रदेश सरकारले कार्यकर्ता भर्ती केन्द्र बनाउने ऐन ल्याउन लागेको भन्दै विद्यार्थी विरोधमा

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले ल्याउनको लागेको सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ खारेज गर्न माग गर्दै विद्यार्थीहरुले विरोध गरेका छन् । मंगलबार संयुक्त रुपमा विद्यार्थिहरुले सुदूरपश्चिम प्रदेश सभाको गेट अघि नाराबाजी गर्दै विरोध गरेका हुन् । कार्यकर्ता भर्तीकेन्द्र बनाउने गरी ऐन ल्याउन लागिएको भन्दै विद्यार्थीहरुले उक्त ऐन खारेज गरेर खुल्ला प्रतिस्पर्धाबाट कर्मचारी भर्ती गर्न पाउनु पर्ने ऐन ल्याउनु पर्ने विद्यार्थी नेता सुनिल जोशीले बताए । प्रदेश सरकारले प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन लागू हुनुभन्दा पहिलेका स्वीकृत स्थायी दरबन्दीमा अस्थायी वा करारको रुपमा नियुक्त भएकाहरूको लागि ऐन लागू भएपछि पहिलो पटकको लागि उनीहरूबीच नै छुट्टै आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा प्रदेश लोकसेवा आयोगले पदपूर्ति गर्ने व्यवस्था स...
बैतडीका बिष्ट भरुवा बन्दुक र जङ्गली जनावरको छाला सहित प्रहरीको नियन्त्रणमा

बैतडीका बिष्ट भरुवा बन्दुक र जङ्गली जनावरको छाला सहित प्रहरीको नियन्त्रणमा

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बैतडीमा भरुवा बन्दुक र जङ्गली जनावरको छाला सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका – ८ चौरथली कालागाउँका ५१ वर्षीय पाल बिष्टलाई प्रहरीले भरुवा बन्दुक र छाला सहित नियन्त्रणमा लिएको हो । मंगलबार अस्थायी प्रहरी पोष्ट तल्लादेहीबाट खटिएको प्रहरी टोलीले बिष्टको घरमा खानतलासी गर्दा एक थान भरुवा बन्दुक, गोली ७ राउन्ड, घोरलको छाला २ थान र रतुवाको छाला १ थान फेला पारेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । बन्दुक र छाला सहित पक्राउ गरेका बिष्टलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
घोडाघोडी चरा अभयारण्य क्षेत्रमा ३ सय ८२ प्रजातिका चरा

घोडाघोडी चरा अभयारण्य क्षेत्रमा ३ सय ८२ प्रजातिका चरा

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलालीमा रहेको घोडाघोडी चरा अभयारण्य क्षेत्रमा ३ सयभन्दा बढी प्रजातिका चरा पाइन थालेका छन्।   रैथाने र आगन्तुक गरेर त्यहाँ ३ सय ८२ प्रजातिका चरा पाइन थालेका हुन। घोडाघोडी पन्छी अभयारण्य क्षेत्र बसाइँ सरी आउने चराका लागि महत्त्वपूर्ण आश्रय स्थल बनेको सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ।   घोडाघोडी ताल क्षेत्रमा ३२ प्रजातिका माछा, ३४ प्रजातिका स्तनधारी पाइने गरेका जनाइएको छ। यसैगरी, ३२ प्रजातिका पुतली, ११ प्रजातिका घोंघी, सात प्रजातिका घस्रने जन्तु र ६४७ प्रजातिका वनस्पति पाइने गरेको मन्त्रालयले जानकारी दिएको छ।  चरा र बासस्थान संरक्षण गर्ने उद्देश्यका साथ प्रदेश सरकारले घोडाघोडीलाई नेपालकै पहिलो चरा आरक्षको रुपमा पन्छी अभयारण्य क्षेत्र बनाएको छ। सुदूरपश्चिम प्रदेश वन ऐन, २०७७ को दफा ८७ मा टेकेर प्रदेश सरकारले २०७९ भदौ ९ गते पन्छी अभयारण्य ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज