विद्यालयमा पोषण मैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न
Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : केदारस्यु गाउँपालिका वडा नं. ८ मा पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत बिद्यार्थीहरूलाई लक्षित गर्दै पोषण मैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
यस कार्यक्रम दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरिएको थियो। कार्यक्रमको सञ्चालन दलित सहयोग समाजका सामाजिक परिचालक सुरेश र प्रगतिशील युवा समाजकी सामाजिक परिचालिका सरिता बोहराले गर्नु भएको थियो।
कार्यक्रमले पोषण, स्वास्थ्य, र स्थानीय शासनका विविध आयामहरूमा बिद्यार्थीहरूलाई जानकारी प्रदान गर्दै उनीहरूको चेतना वृद्धि गर्ने उद्देश्य राखेको थियो।...


