दशैँ भन्दैमा धेरै नखान र चिल्लो पिरो कम गर्न पोषणविद्को सुझाव
काठमाण्डौ – दशैँ पर्व विशेष पर्व भएकाले घरघरमा फलफूल, रोटी, मिठाइ तथा माछामासुको धेरै प्रयोग हुन्छ । नयाँ लुगा लाउने, मीठो खाने पर्वका रुपमा दशैँलाई लिने गरिन्छ । पोषणविद्ले दशैँ भन्दैमा धेरै नखान र चिल्लो पिरो कम गर्न सुझाव दिएका छन् ।
घरमै तयार गरिएका परिकार मात्रा मिलाएर ठिक्क खाए स्वास्थ्यलाई फरक नपर्ने पोषणविद् राज शाक्य बताउनुहुन्छ । चिल्लो, पिरो कम भएका स्वस्थकर परिकारले स्वास्थ्यलाई हानी नोक्सानी नगर्ने उहाँको भनाइ छ । चिल्लो, पिरो, नुनिलोको मात्रा धेरै हुँदा अपच हुने, कब्जियत, ग्यास्ट्रिक पनि हुन सक्छ ।
स्वास्थ्यको ख्याल नगरी यस्ता खानेकुरा खानाले यो बेला मात्रै होइन अरू बेला पनि उस्तै असर गर्छ । तर विशेषगरी दशैँमा अलि धेरै नै परिकार बन्ने र खाने हुँनाले लगत्तै अस्पतालमा बिरामीमो चाप बढ्ने गरेको छ । पोषणविद् अनुश्री आचार्यका अनुसार पटकपटक प्रयोग गरिएको तेलमा तारेका खानेकुरा ...


