एमालेको नयाँ पार्टी कार्यालय कलंकीमा बन्ने, पार्टि अध्यक्ष ओलिले भोलि शिलान्यास गर्ने
काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कार्यालयको स्थायी भवन नयाँ ठाउँमा बनाउने निर्णय गरेको छ ।
बिहीबार बसेको विशेष सचिवालय बैठकको निर्णय सुनाउँदै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले स्थायी रुपमा नेकपा एमाले कार्यालय कीर्तिपुर नगरपालिका वडा-२ मा रहेको मदन भण्डारी स्मृति भवनको नाममा नेकपा एमालेको केन्द्रीय कार्यालयको शिलान्याश हुने बताए ।
उनले भने, ‘७२ को विनाशकारी भूकम्पले बल्खुमा पार्टी कार्यालय भवन चर्किएपछि हामी विभिन्न ठाउँमा कार्यालय सारिरह्यौ। अहिले पनि बाढीपहिरोले समस्यामा पारेपछि स्थायी रुपमा नेकपा एमाले कार्यालय कीर्तिपुर नगरपालिका वडा-२ मा रहेको मदन भण्डारी स्मृति भवनको नाममा नेकपा एमालेको केन्द्रीय कार्यालयको शिलान्याश हुन्छ।’
उनका अनुसा भोलि (शुक्रबार) १२ बजेर १५ मिनेटमा एमालेले काठमाडौँ कलंकी–तीनथानानजिकै १० देखि १२ रोपनी क्षेत्रफल जग्गामा केन्द्रीय कार्यालय भवनको ...

