चालु आर्थिक वर्षका लागि बजेट नभएको ‘सुदूरपश्चिम’ प्रदेश
धनगढीः सुदूरपश्चिम प्रदेश बजेट विहिनताको अवस्थामा छ।चालु आर्थिक वर्ष सुरु भएको डेढ महिना पुग्नै लाग्दा समेत बजेट विहिनताको अवस्था अन्त्य हुन सकेको छैन्। समयमा बजेट पास नहूँदा अहिले सुदूरपश्चिम प्रदेश बजेट विहिनताको अवस्थामा पुगेको हो। राजनीतिक खिचातानी र सत्ता स्वार्थको सिकार प्रदेशको बजेट बन्न पुगेको छ।
सत्तामा पुग्ने र सत्ता ढाल्ने खेलमा प्रदेश सभा सदस्यहरु लाग्दा बजेट नै नभएको प्रदेश सुदूरपश्चिम बन्न पुगेको छ। सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम पास भइसकेको छ। नीति तथा कार्यक्रमकै आधारमा बजेट निर्माण हुने व्यवस्था छ। नीति तथा कार्यक्रम पास हुने तर बजेट पास नहुँने अनौठो अभ्यास सुदूरपश्चिममा देखा परेको छ।
असार १ गते प्रदेश सभामा पेस गरिएको बजेट पास नहुँनुमा तत्कालिन सत्ता पक्ष र विपक्ष दुबैको उत्तिकै दोष देखिएको छ। बजेट पास गर्ने पर्याप्त समय हुँदाहुँदै पनि सत्...

