बेलायतका प्रधानमन्त्रीले दिए राजिनामा
बेलायतमा भएको निर्वाचनको मतगणनापछि लेबर दल सत्तामा आएको छ । १४ वर्षपछि लेबर दल सत्तामा फर्किएको हो । शुक्रबार जारी मतगणनामा लेबर दलले बहुमत भन्दा धेरै सिट ल्याएको छ । ६५० सिटमा अहिलेसम्म लेबर दलले ४१० सिट जितेको छ । ३ सिटको नतिजा आउन बाँकी छ ।
बेलायतमा सरकार बनाउन ३२६ सिट चाहिन्छ ।बीबीसीका अनुसार चुनावका क्रममा लेबर पार्टीको नेतृत्व गरेका कीर स्टार्मर बेलायतको आगामी प्रधानमन्त्री हुनेछन् । सन् २०२२ देखि कन्जरभेटिभ पार्टीको नेतृत्व गर्दै आएका ऋषि सुनकको कन्जरभेर्टिभ दलले हालसम्म ११९ सिट मात्र जितेको छ । सुनकले हार स्वीकार गर्दै पार्टीसँग माफी मागेका छन् । उनले स्टार्मरलाई फोन गरेर जितको लागि बधाई पनि दिएका थिए ।सुनक र स्टारर दुवैले आ–आफ्नो सिटमा जित हात पारेका छन् । सुनकले रिचमण्ड र नर्थलर्टन सिट जितेका छन् । लेबर पार्टीका प्रधानमन्त्रीका उम्मेदवार कीर स्टार्मरले लन्डनको होलबोर्न र सेन...





