Advertisement

Day: २०८१ असार १७, सोमबार १९:०९

बाल यौन दुरूपयोग मुद्दामा रामबहादुर बमजनलाई १० वर्ष कैद सजाय

बाल यौन दुरूपयोग मुद्दामा रामबहादुर बमजनलाई १० वर्ष कैद सजाय

दैनिक, मुख्य समाचार, समाचार
जिल्ला अदालत सर्लाहीले रामबहादुर बमजनलाई बाल यौन दुरूपयोगको कसूरमा १० वर्ष कैद सजाय सुनाएको छ। सोमबार न्यायाधीश जीवनकुमार भण्डारीको एकल इजलासले बमजनलाई १० वर्ष कैद सुनाएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए। उनका अनुसार पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन समेत आदेश दिएको छ। पुस २४ गते केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टीलफले बमजनलाई काठमाडौंबाट पक्राउ गरेको थियो। असार १० गते न्यायाधीश भण्डारीको इजलासले बमजनलाई दोषी ठहर गरेको थियो। दुई प्रतिवादी ज्ञानबहादुर र डिगबाहदुर सफाइ पाएका थिए। रौतहटकी गंगामाया तामाङले आफू आश्रममा बस्दा बलात्कार गरेको आरोप लगाउँदै बमजनविरूद्ध जाहेरी दिएकी थिइन्। बालबालिका सम्बन्धी ऐनको हद म्याद अनुसार उनीविरूद्ध मुद्दा दायर गरिएको थियो। आफू बालिका हुँदा भएको यौनशोषण तथा बलात्कारविरूद्ध १८ वर्ष पुगेपछि उजुरी दिन पाइने कानुनी व्यवस्था छ। ...
एसईई मौका परीक्षा साउन २३ गतेदेखि हुने

एसईई मौका परीक्षा साउन २३ गतेदेखि हुने

दैनिक, मुख्य समाचार, शिक्षा
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन २३ देखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले परीक्षा तालिका भने साेमबार सार्वजनिक गर्ने बताएको छ । यसअघि दुई विषयमा एनजी (नन ग्रेडेड) आएका विद्यार्थीलाई साउन १८ र १९ गते मौका परीक्षा गर्ने निर्णय गरेको थियो । तर, शिक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै एनजी आएका सबै विद्यार्थीलाई मौका परीक्षा दिन पाउने व्यवस्था गरेको थियो । त्यसपछि बोर्डले अर्को मिति तय गरेको हो । गत बिहीबार २०८० सालको एसईईको नतिजा सार्वजनिक गरिएको थियो । जसमा ५२ प्रतिशतभन्दा बढी विद्यार्थीको नतिजा एनजी आएको थियो ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज