खडेरीले धनगढीमा पानीको हाहाकार, ट्याङ्करमा बोकेर आपूर्ति गरिदै
धनगढी उपमहानगरपालिका–१२ जुगेडाको सिद्धनाथ माध्यमिक विद्यालयको नल्कामा पानी सुक्यो। विद्यार्थी र शिक्षकहरूलाई खान र शौचालयमा प्रयोग गर्न समस्या भयो। विद्यालयमा तीन सय ८० फिट गहिरो गाडिएका नल्कामा पानी सुकेको हो। विद्यालयमा खानेपानीको नल्का सुकेपछि विद्यार्थीहरूले घरबाट बोतलमा पानी बोकेर आउने गरेका छन्।
विद्यालयको शौचालयमा प्रयोगका लागि धनगढी उपमहानगरपालिकाले ट्याङ्करमा पानी पुर्याएको छ। खडेरीका कारण विद्यालयमा पानीको हाहाकार भएको हो। सिद्धनाथ माध्यामिक विद्यालयमा कक्षा १० कि विद्यार्थी माया थापाले सबै विद्यार्थीहरूले घरबाट खानेपानी बोतलमा ल्याउने गरेको बताइन। उनले भनिन्, ‘विद्यालयमा पानी छैन। अस्तिसम्म राम्रो थियो। अचेल पानी छैन। विद्यार्थीहरू बाहिरबाटै ल्याउनु हुन्छ। नल्काको पानी सुकेको हो।’ अर्का विद्यार्थी पवन रावतले नगरपालिकाले ट्याङ्करबाट ढुवानी गरेको पानी शौचालयमा प्रयोग गर्दै आएक...


