यी हुन् बजेटका पाँच उद्देश्य, प्राथमिकता र आर्थिक रूपान्तरणकारी क्षेत्र
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि ल्याइने बजेटमा पाँच उद्देश्य र प्राथमिकता रहेको बताएको छ।
यस्तो उदेश्यमा उत्पादन, उत्पादक र रोजगारी वृद्धि, निजी क्षेत्रको मनोबल बढाउँदै आर्थिक क्रियाकलपमा तीव्रता ल्याउने, मावन संशाधनको विकास गर्ने र स्रोत र साधानलाई सन्तुलित तथा समुन्यायिक ढंगमा परिचालित गरेर आर्थिक असमानता र गरिबी न्यूनिकरण गर्ने र सार्वजनिक सेवा प्रभावहलाई प्रभावकारी बनाउने रहेका छन्।
मंगलबार प्रतिनिधि सभाको संयुक्त बैठकमा २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन्।
आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्धन, कृषि, उर्जा, सूचना प्रविधि, औद्योगीकरण, पर्यटन र विकास पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रको विकास, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार रहेका छन्।
त्यस्तै पाँच आर्थिक रूपान्तरणकारी क्षेत्र...

