सीपलाई सार्थकता दिन नेपाल वेस्टर्न एकेडेमीका विद्यार्थीबिच फुड कुकिङ प्रतिस्पर्धा गरियाे
विद्यार्थीले पढेर,सिकेर आर्जन गरेको सीपलाई सार्थकता प्रदान गर्न धनगढीको नेपाल वेस्टर्न एकेडेमीमा विएचएम फुड कुकिङ कम्पीटिसन सम्पन्न गरिएको छ ।
कैलालीको धनगढी सन्तोषी टोलमा रहेको नेपाल वेस्टर्न एकेडेमीमा होटेल म्यानेजमेन्ट बिषयमा स्नातक पढिरहेका ४ वटा सेमेस्टरको विद्यार्थीहरु विच फुड कुकिङ कम्पीटिसन गराइएको हो ।
फुड कुकिङ कम्पीटिसनमा सहभागि विद्यार्थीहरुले कलेजमा पढेका,सिकेका विभिन्न खानाका परिकारहरु बनाएका थिए । विद्यार्थीहरुले पढेर सिकेको सीपलाई प्रतिस्पर्धामा प्रदर्शन गरेका थिए ।
शनिबार सम्पन्न फुड कुकिङ कम्पीटिसनमा विएचएम सेकेण्ड,फोर्थ,फिप्थ र सिक्थ सेमेस्टरको विद्यार्थी सहभागि भएका थिए । प्रतिस्पर्धामा नेपालको मौलिकता झल्किने खानाका परिकारहरु ढिँडो,सिस्नुको साग,तिलको अचार,लोकल कुखुराको मासु,सुकेको माछाको चटनी बनाउँदै विएचएम सिक्र्थ सेमेस्टर प्रथम स्थान प्राप्त गर्न सफल भएका थि...



