उद्योग मन्त्री कर्मचारी सरुवामा तल्लीन, बरिष्ठलाई काजमा तान्दै कनिष्टलाई प्रमुखको जिम्मा
उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीको काम पछिल्लो समय मातहतका बिभाग वा कार्यालयका कर्मचारी सरुवामै केन्द्रित हुन थालेको छ ।
मन्त्रालयका दुई सचिव, आधा दर्जन सहसचिव र दर्जन उपसचिव सरुवा गरिसकेका मन्त्री भण्डारीले थुप्रै शाखा अधिकृत र नायबसुब्बाको सरुवा गरिसकेका छन् । लगानी सम्मेलन लगत्तै मन्त्रालय र मातहतको बजेट कार्यक्रममा ध्यान दिने बताएका भण्डारीले त्यतातिर भन्दा कर्मचारी सरुवामै रमाउँदैआएका छन् ।
मन्त्रीका निजी सचिव विवेक घिमिरे, मन्त्रालयको कर्मचारी प्रशासन शाखाका घनश्याम सुवेदी र उपसचिव लीलाधर अधिकारीको कोरटीमले तयार गरेको सूचीलाई बुधबार साँझ अन्तिम रुप दिइएको छ । स्रोतका अनुसार १४ जनाभन्दा बढी उपसचिव, शाखा अधिकृत र नासु् तहका कर्मचारीको सरुवा तथा काज गरिएको छ ।
सबैभन्दा बढी उद्योग बिभाग र कम्पनी रजिष्टार कार्यालयमा काज र सरुवा गरिएको छ । लघु घरेलु तथा...


