Advertisement

Day: २०८१ बैशाख ७, शुक्रबार ०९:४१

नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)

नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)

मुख्य समाचार, समाचार
धनगढी : नेपाली सेनाले ठुलो सङ्ख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जङ्गी अड्डाले सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा सार्वजनिक सूचना प्रकाशन गर्दै जङ्गी अड्डाले २६ सय १५ रिक्त पदमा आवेदन मागेको हो नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स, सूचिकार, सपाइकर्मी, चर्मकर्मी, लोहाकार पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गरिने सूचनामा उल्लेख छ ।  आगामी जेठ ५ गतेसम्म आवेदन दिन सकिने भए पनि दोब्बर दस्तुर तिरेर थप एक हप्ता फारम भर्न सकिने सूचनामा उल्लेख छ ।...
शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासङ्घको चेतावनी

शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासङ्घको चेतावनी

मुख्य समाचार, शिक्षा
धनगढी : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढाएसँगै सत्तारुढ दलका नेताहरू नै असन्तुष्ट देखिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाटै बर्खास्त गर्नेसम्मको कारबाही गर्नेगरी नीतिगत निर्णय गरेसँगै यस कदमको चौतर्फी चर्चा र आलोचना भएको छ मन्त्री श्रेष्ठले गत मंगलवार मन्त्रीस्तरिय निर्णयबाट दलमा आबद्ध शिक्षकहरूलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढाएकी थिइन् । शिक्षकहरू कुनै पनि राजनीतिक दलको समितिमा रहेको भेटिए कारबाही गर्न भन्दै मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पत्राचार गरेको छ । केन्द्रले पनि जिल्ला शिक्षा समन्वय इकाइलाई शिक्षकहरूको राजनीतिक दलमा आबद्धताको सम्बन्धमा छानबिन गर्न निर्देशन दिएको छ । खासगरी पुराना राजनीतिक दलहरूको जनवर्ग...
सुदूरपश्चिम विश्वविद्यालयमा ३०० भन्दा बढी विद्यार्थी दीक्षित हुने

सुदूरपश्चिम विश्वविद्यालयमा ३०० भन्दा बढी विद्यार्थी दीक्षित हुने

मुख्य समाचार, शिक्षा, सुदूरपश्चिम
धनगढी : सुदूरपश्चिम विश्वविद्यालयमा आगामी आइतबार तीन सय ७६ जना विद्यार्थी दीक्षित हुने भएका छन् विश्वविद्यालयले आज कञ्चनपुरको महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी वैशाख ९ गते हुने चौथो दीक्षान्त समारोहको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ। सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा नियन्त्रक अनुराधा रोकायाले कूल एक हजार तीन सय ३७ विद्यार्थीमध्ये तीन सय ७६ जना प्रत्यक्ष दीक्षित हुने जानकारी दिए। उनले यो पटक अनलाइनबाट पनि फारम सङ्कलन गरेको बताए। ‘विद्यार्थीको सहजताका लागि अनलाइन फारम भर्ने व्यवस्था गरेका थियौँ,’ उनले भने, ‘अहिले आवश्यक तयारी भइरहेको छ।’ विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा हुने दीक्षान्त समारोहमा भारतको कुमाउ विश्वविद्यालयका कुलपति दिवानसिंह रावतको प्रमुख आतिथ्यता रहने विश्वविद्यालयले जनाएको छ। दीक्षान्त समा...
सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना : तीन जनाको ज्यान गयो, बेहुलासहित ५२ जना घाइते

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना : तीन जनाको ज्यान गयो, बेहुलासहित ५२ जना घाइते

मुख्य समाचार, समाचार
धनगढी : दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा जाँदै गरेको जन्ती बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । बेहुलासहित ५२ जना घाइते भएका छन् । बा ४ ख ५६१६ नम्बरको जन्ती बस बिहान साढे ७ बजे त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर–५ धारावतीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ दुर्घटनामा ज्यान गुमाएका तीन जनामध्ये दुई जनाको मात्रै परिचय खुलेको छ । ज्यान गुमाउनेमा दोलखाको भिमेश्वर–१ का १७ वर्षका शिव श्रेष्ठ र ७० वर्षका मानबहादुर थामी रहेका  जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता निरञ्जन भट्टराईले जानकारी दिनुभयो । अर्का एक जना परिचय नखुलेका अन्दाजी १८/१९ वर्षका युवक रहेका छन्  ।   बेहुलासहित घाइते भएका धेरैको घटनास्थलमै प्राथमिक उपचार भैरहेको छ । केहीलाई सिन्धु सदावहार अस्पताल पठाएको प्रहरीले जनाएको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज