Advertisement

Day: २०८० चैत्र २१, बुधबार १३:२३

सुदूरपश्चिम प्रदेशमा भारतबाट आएकामा कोरोना सङ्क्रमणको जोखिम धेरै

सुदूरपश्चिम प्रदेशमा भारतबाट आएकामा कोरोना सङ्क्रमणको जोखिम धेरै

मुख्य समाचार, सुदूरपश्चिम, स्वास्थ्य
मौसम परिवर्तनसँगै रुघाखोकी, ज्वरो, फ्लु लगायत कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । गएको एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ती सङ्क्रमितमा  सुदूरपश्चिम प्रदेशमा भारतबाट आएका धेरै रहेका मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा युवानिधि बसौलाले कोरोना सङ्क्रमित बिरामी फाट्टफुट्ट उपचारका लागि अस्पतालमा आउने गरेको बताउनुभयो । मौसममा आएको परिवर्तनसँगै रुघाखोकी र ज्वरोका बिरामी बढेका तर कोरोना सङ्क्रमित भने अस्पतालमा धेरै नभएका उहाँको भनाई छ । निर्देशक डा बसौलाका अनुसार अहिले तीनजना सङ्क्रमितले सघन उपचार कक्ष (आईसीयू) र दुई जनाले  शय्यामा उपचार गराइरहेका छन् । अन्य अस्पतालमा आइसोलेसन नभएर टेकु अस्पतालमा बिरामी आउने गरेको उहाँले बताउनुभ...
ताइवानमा शक्तिशाली भूकम्प : जापान र फिलिपिन्समा पनि सुनामीको चेतावनी

ताइवानमा शक्तिशाली भूकम्प : जापान र फिलिपिन्समा पनि सुनामीको चेतावनी

अन्तर्राष्ट्रिय, मुख्य समाचार
ताइवानको पूर्वी तटीय क्षेत्रमा आज  ७  दशमलव ४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पसँगै ताइवान र उसका छिमेकी देशहरूमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ । ताइवानको हुलिएन शहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसले जनाएको छ ताइवानका अधिकारीहरूले यो २५ वर्षयताकै त्यहाँ गएको सबैभन्दा शक्तिशाली भूकम्प भएको बताएका छन् । ताइवानमा गएको भूकम्पपछि जापानले ओकिनावा प्रान्तमा सुनामीको चेतावनी जारी गरेको बीबीसीले जनाएको छ । सुनामीको छाल तीन मिटर अग्लो हुन सक्ने आशंका गरिएको छ । त्यस क्षेत्रका मानिसलाई सुरक्षित ठाउँमा लैजाने तयारी भएको छ । सन् २०११ को मार्चमा तोहोकुमा भूकम्प र त्यसपछि सुनामी आउँदा शुरुमा केही सेन्टिमिटरको छाल मात्रै भए पनि पछि डरलाग्दो सुनामीमा परिणत भएको स्मरण गराउँदै त्यहाँका बासिन्दालाई सावधानी अपनाउ...
सुदूरपश्चिम लगायत देशका पहाडी भेगमा आंशिक बदली, वर्षाको सम्भावना

सुदूरपश्चिम लगायत देशका पहाडी भेगमा आंशिक बदली, वर्षाको सम्भावना

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
आजदेखि फेरि वर्षा र बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अघिल्लो हप्ता लगातार भैरहेको वर्षा र बदली हटे पनि फेरि नयाँ मौसमी प्रणाली भित्रिन लागेको मौसमविदले बताएका छन् । यतिखेर सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भेगमा आंशिक बदली रहेको छ । दिउँसोपख कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका एक/दुई ठाउँमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै गण्डकी र कर्णाली प्रदेश लगायतका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । अबको तीन दिनसम्मै पहाडी भेगका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो । ...
शैक्षिकसत्र सुरु हुनु अगावै बझाङमा पुग्यो पाठ्यपुस्तक

शैक्षिकसत्र सुरु हुनु अगावै बझाङमा पुग्यो पाठ्यपुस्तक

बझाङ, मुख्य समाचार, शिक्षा, सुदूरपश्चिम
बझाङ : नयाँ शैक्षिकसत्र सुरु हुनु अगावै बझाङमा पनि पाठ्यपुस्तक पुगेका छन्। हरेक वर्ष पाठ्यपुस्तक अभाव खेप्दै आएका यहाँका सामुदायिक विद्यालयले यस वर्ष शैक्षिकसत्र सुरु हुनु एक महिनाअगावै पाठ्यपुस्तक पाउने भएका हुन् जिल्लामा पुगेका पाठ्यपुस्तकहरुलाई जनकशिक्षा सामग्री केन्द्रका आधिकारिक बिक्रेता रहेका पुस्तक पसलहरुले सबै पालिकाका सामुदायिक विद्यालयमा पु¥याउने शिक्षा विकास तथा समन्वय विकास ईकाइ बझाङले जनाएको छ । प्रत्येक वर्ष सामुदायिक विद्यालयले पाठ्यपुस्तक अभावका कारण पठनपाठनमा समस्या हुने गरेकामा यस वर्ष शैक्षिकसत्र सुरु हुनु एक महिनाअगावै पुस्तक ल्याइएको शिक्षा विकास तथा समन्वय विकास ईकाइ बझाङका सुचना अधिकारी बसन्त बहादुर सिंहले बताउनुभयो । जनकशिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय धनगढीले यही चैत १३ गतेबाट सुदूरपश्चिम प्रदेशको बाजुराबाट किताब वितरण सुरु गरेको जनाएको छ। केन्द्रले ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज