नागरिक उन्मुक्तिभित्र विवाद : पार्टी नै विभाजनको संघारमा
धनगढी —सुदूरपश्चिम प्रदेश सरकार गठनमा निर्णायक रहेको नागरिक उन्मुक्तिभित्रको विवाद उत्कर्षमा पुगेर पार्टी नै विभाजनको संघारमा पुगेको छ । काठमाडौंको अनामनगरस्थित पार्टी कार्यालयमा सोमबार डाकिएको केन्द्रीय समिति बैठकमा दुई समूहमा विभाजित नेता–कार्यकर्ता हात हालाहालको अवस्थामा पुगेका छन्
पार्टीका संरक्षक रहेका रेशम चौधरी सुदूरपश्चिममा कांग्रेस नेतृत्वकै सरकारलाई समर्थन गरेर अघि बढ्ने अडानमा छन् भने पार्टी अध्यक्ष रहेकी रेशम पत्नी रञ्जिता श्रेष्ठ केन्द्रको नयाँ गठबन्धनअनुसार प्रदेशमा पनि जानुपर्ने अडानमा छिन् । पार्टीभित्र विवादको मुख्य कारण रेशम–रञ्जिताको फरक–फरक अडान हो ।
बैठकमा रञ्जिता पक्षधर रहेका टीकापुरका नगर प्रमुख रामलाल डगौरा थारू र नेता रमेश विकले आफूहरूमाथि रेशम पक्षधर नेता–कार्यकर्ताले कुटपिट गरेको आरोप लगाएका छन् । ‘प्रदेश सरकार बनाउनेमा विवाद भएको हो, केन्द्रदेखि प्रदेशसम्...




