एमाले बैतडीमा ९० जनाको जिल्ला कमिटीले शपथ ग्रहण
बैतडी: नेकपा एमाले बैतडीको ९० सदस्यीय नवनिर्वाचित जिल्ला कमिटी घोषणा गरिएको छ ।
जिल्लाको नवौँ अधिवेशनबाट अध्यक्षमा नरेश कुमार बिक सहित सम्पूर्ण पदाधिकारी सर्वसम्मत चयन गरिएका हुन । पार्टीको उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचिवमा हजारी साउद, उप(सचिवमा हर्क धानुक र पार्वती भट्ट सर्वसम्मत चयन भएका छन् । पाँच पदाधिकारीसहित ९० जनाको जिल्ला कमिटीले शपथ ग्रहण गरेको छ ।
पदाधिकारीको टिम सर्वसम्मत चयन भए पनि सदस्यमा बढी आकाङ्क्षी घोषणा गर्ने केही समय लागेको एमाले बैतडीले जनाएको छ । अध्यक्षमा निर्वाचित भएसंगै पाटन नगरपालिका ५ ओदाली घर भएका ४९ बर्षीय विकले दलित समुदायबाट एमाले बैतडीको नेतृत्व हाँक्ने पहिलो व्यक्तिको रुपमा समेत पहिचान बनाएका छन् ।
२०५३ सालमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको जिल्ला अध्यक्ष भइसकेका विक एमालेको जिल्लाको कमिटि सदस्यका साथै अञ्चल कमिटि सदस्यको जिम्म...

