Advertisement

Day: २०८० कार्तिक १७, शुक्रबार २०:२२

सुदूरपश्चिम प्रहरीलाई गुनासो गर्न मिल्ने ‘क्युआर’ सार्वजनिक

सुदूरपश्चिम प्रहरीलाई गुनासो गर्न मिल्ने ‘क्युआर’ सार्वजनिक

मुख्य समाचार, सुदूरपश्चिम
धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरीले गुनासो गर्न मिल्ने क्युआर सार्वजनिक गरेको छ। आज (शुक्रबार) एक कार्यक्रमकाबिच गुनासो गर्न मिल्ने क्युआर सार्वजनिक गरिएको सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआइजी भरतबहादुर बोहराले बताए। क्युआर कोड मार्फत प्रहरी सेवा प्रतिको सन्तुष्टि, गुनासो तथा सुझाव सोझै जिल्ला प्रहरी प्रमुख समक्ष पुग्ने सजिलो माध्यम बनाएको उनले बताए। उजुरी पेटिकाले मात्र गुनासा व्यवस्थापन प्रभावकारी नभएकाले प्रविधिमार्फत उजुरी तथा गुनासा सुनुवाई गर्न यस्तो सेवा प्रदेश प्रहरी कार्यालले सुरु गरेको हो।...
यूएईलाई हराउँदै नेपाल टी–२० विश्वकपमा छनाेट

यूएईलाई हराउँदै नेपाल टी–२० विश्वकपमा छनाेट

खेलकुद, समाचार
यूएईलाई हराउँदै नेपाल आउँदाे वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनाेट भएकाे छ । आज शुक्रवार मूलपानी क्रिकेट मैदानमा भएकाे सेमिफाइनल खेलमा नेपालले यूएईलाई ८ विकेटले हरायाे युएईले दिएकाे १ सय ३५ रनकाे लक्ष्य नेपालले १७ ओभर १ बलमा भेटायाे । नेपालका आसिफ शेखले अर्धशतक बनाए । आसिफले ५० बलमा ६३ रन जाेडे । यस्तै कप्तान पाैडेलले ३३ रन बनाए । बलिङतर्फ यूएईका बसिल हमीद र निलान्श केसवानीले समान १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन बनायो । यूएईका वृत्य अरविन्दले सर्वाधिक ६४ रन बनाए । यस्तै मुहम्मद वसिमले २६, अलिशान शरुफुले १६ र आशिफ खानले १३ रन जोडे । बलिङतर्फ नेपालका कुशल मल्लले ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए । यस्तै सोमपाल कामी र रोहित पौडेलले समान १ विकेट लिए । अब नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छना...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज