इजरायलमा भएको आतंकवादी हमलामा बझाङका गणेशसहित १० जना नेपाली विद्यार्थीले ज्यान गुमाए
बझाङ : इजरायलमा प्यालिस्टन विद्रोही हमासले गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका पुष्टि भएको छ । इजराइलका लागि नेपाली राजदूतवासले १० जना नेपाली मारिएको पुष्टि भएको जानकारी गराएको हो । १७ जना विद्यार्थी रहेको क्याम्पभित्र हमास विद्रोहीले आक्रमण गरेकोमा एक जना अझै बेपत्ता छन् । चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
गएको भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि इजरायल पुगेका उनीहरू सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्कायका आठौँ सेमेस्टरका विद्यार्थी हुन् ।
ज्यान गुमाउनेहरूमा नारायणप्रसाद न्यौपाने घोडाघोडी–०४ कैलाली, गणेशकुमार नेपाली जयपृथ्वी–०६ बझाङ, आशिष चौधरी बौनिया–०३ कैलाली, दिपेशराज विष्ट लेकम–०५ दार्चुला, आनन्द साह सपही–०६ धनुषा, राजेशकुमार स्वर्णकार मधुवन–०१ सुनसरी, राजन फुलरा पाचनली–०३ डोटी, पदम थापा लमिखल–०८ डोटी, प्रवेश भण्डारी शारदा–०३ सल्यान, लोकेन्द्रस...


