Advertisement

Day: २०८० आश्विन १६, मंगलवार २२:०४

विजया दशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

विजया दशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे रहेको छ । यस वर्षको बडादसैँ अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ गते आइतबार हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ११:२९ बजे घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् हुने पनि उनले बताए । कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०:३७ बजे देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११:०२ बजेको साइत दिइएको समितिले जनाएको छ । गत साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि न...
भूकम्पपछिको पहिरोमा परेर बझाङकी एक महिला बेपत्ता

भूकम्पपछिको पहिरोमा परेर बझाङकी एक महिला बेपत्ता

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङकी एक महिला बेपत्ता भएकी छन्। जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ ओखलीकी एक महिला बेपत्ता भएकी हुन्। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार ४० वर्षीया गुनमति धामी टिमुर टिप्न जंगल गएकी थिइन्। उनी घर नफर्किएपछि खोजी गर्दा उनी रहेको भू–भागमा पहिरो गएको छ। धामीको अवस्था अज्ञात रहेको छ। भूकम्पपछिको पहिरोमा परेर धामी बेपत्ता भएकी हुन सक्ने प्रहरीले अनुमान गरेको छ। उक्त क्षेत्रमा खोजीका लागि प्रहरी परिचालन गरिएको छ। मङ्गलवार दिउँसो ६ दशमलव ३ म्याग्निटिउडको भूकम्प गएको थियो। जिल्लामा भूकम्पका कारण १३ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख भरत शाहका अनुसार भौतिक तथा मानवीय क्षतिको पूर्ण विवरण भने आएको छैन।...
बझाङ भूकम्पमा परी घाइते हुनेको संख्या १३ पुग्यो

बझाङ भूकम्पमा परी घाइते हुनेको संख्या १३ पुग्यो

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङमा आज गएको भूकम्पका कारण १३ जना घाइते भएका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा गरी १३ जना घाइते भएको विवरण आएको जिल्ला प्रहरी प्रमुख डीएसपी भरतबहादुर शाहले जानकारी दिए । उनीहरुको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको उनले बताए । भूकम्पका कारण जिल्लाका २० भन्दा बढी संरचना भत्किएका छन् । बझाङलाई केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो २ बजेर ४१ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३ बजेर ४५ मिनेट र ४ बजेर २८ मिनेटमा ४।१ रेक्टर स्केलका तथा ४ बजेर ३१ मिनेटमा ४।३ रेक्टर स्केलको र बेलुकी ५ बजेर १९ मिनेटमा ५ रेक्टरको भूकम्प गएको छ ।...
बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प, स्थानीय त्रसित

बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प, स्थानीय त्रसित

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । आज मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविज्ञ लोकविजय अधिकारीले जानकारी दिनुभयो । यसअघि दिउँसाे २ बजेर ४१ मिनेटमा बझाङकाे तल्काेट केन्द्रविन्दु भएर ५ दशमलव ७ रेक्टर स्केलकाे भूकम्प गएकाे थियाे । भूकम्पकाे विस्तृत विवरण आउन बाँकी छ । यसैबीच जिल्लाका अधिकांश घरहरू चर्किएका फोटो सामाजिक सञ्जालमा आइरहेका छन् । लगातारको भुकम्पले स्थानीय त्रसित बनेका छन् ।...
नेपाल भारतसँग २३ रनले पराजित : प्रतियोगिताबाट बाहिरियो

नेपाल भारतसँग २३ रनले पराजित : प्रतियोगिताबाट बाहिरियो

अन्तर्राष्ट्रिय, खेलकुद
एसियाली खेलकुद अन्तर्गत क्रिकेटको क्वाटरफाइनल खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ । नेपालले राम्रो प्रदर्शन गरे पनि हार टार्न सकेन । यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । जितका लागि २ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रन बनायो । नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन बनाए । सन्दीप जोरा २९ रनमा आउट भए । कुशल भुर्तेल २८ रनमा आउट भए । करण केसी १८ रनमा अविजित रहे । भारतका स्पिनर रवि विश्रोई र आवेश खानले समान ३ विकेट लिए । अर्शदीप सिंहले २ विकेट लिए । त्यसअघि हान्झाउमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २ रन बनाएको थियो । भारतका यशस्वी जैसवालले शतकीय पारी खेलेका थिए । कप्तान ऋतुराज गायकवाड २५ रनमा आउट भए । नेपालका दीपेन्द्रसिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक/...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज