तरकारी बिक्री गरेर जम्मा गरेको खुत्रुके कृषि ज्ञानकेन्द्रमा फुटाईयाे
बझाङ : बझाङ जिल्लाकाे कृषि ज्ञानकेन्द्रमा तरकारी बिक्री गरेर जम्मा गरेको खुत्रुके फुटाएकाे छ ।
जिल्लाकाे दुर्गाथली गाउँपालीका वडा नम्बर ५ सैन गाउँकी मायादेवी जप्रेलले आफुले तरकारी बेचेर खुत्रुकेमा जम्मा गरेको पैशा ज्ञान केन्द्रकाे कार्यालयमा फुटाईएकाे हाे ।
यहीँ जेठ देखि विभिन्न ठाउँमा तरकारी बेच्दै घर गएर खुत्रुकेमा जम्मा गर्ने गरेकाे जप्रेलले बताए । जेठ असाढ साउन भदाै ४ महिनामा उनले आफ्नाे गरेको मेहनत सबैलाई देखाउन जिल्ला ज्ञानकेन्द्रमा ल्याएर हाकिम टेक बहादुर बिष्टकाे अगाडि फुटाएकाे उनको भनाइ छ ।
घरमै खुत्रुके फुटाउदा आफैलाई मात्र थाहा हुने भएकोले सबैलाई तरकारीमा आक्रषण गर्न र तरकारी ब्यावसायले अरुलाई पनि थप उर्जा थप्न सहयाेग पुग्ने कृषि ज्ञानकेन्द्रका प्रमुख बिष्टले बताए । कार्यालय प्रमुख बिष्टले भने एक जना बझाङ कि महिलाले तरकारी बाट यति राम्रो आम्दानी गरेको देख्न पाउँ...


