बझाङमा पनि बढ्दै आँखा पाक्ने रोगको संक्रमण
केही दिनदेखि गर्मी बढेसँगै आँखा पाक्ने रोगको संक्रमण बझाङमा पनि बढ्दै गएको छ । मौसम परिवर्तन भएसँगै केहि समय अगाडि शुदुरपश्चिमको तराईमा देखिन थालेको आँखा पाक्ने रोगको प्रकोप अहिले बझाङ सहित पहाडी जिल्लाहरुमा पनि तिव्र गतिमा बढेको आँखा रोग विशेषज्ञहरूले बताएका छन् ।
तराईका जिल्ला कैलाली र कञ्चनपुरमा देखिएको आँखाको संक्रमण अहिले पहाडतिर आउनेहरुबाट सरिरहेको हो । सदरमुकाम चैनपुर आसपासका स्थानहरुमा अहिले आँखा पाक्ने रोग धेरै देखिएको छ । अन्य पालिकाहरुमा पनि विस्तारै संक्रमण फैलिरहेको बताइएको छ । शुरुका दिनमा बिरामीको आँखा रातो हुने, चिलाउने, आँसु बग्ने र घाममा हेर्न नमिल्नेजस्ता लक्ष्ण देखिने गरेको खप्तडछान्ना गाउँपालिका अन्तर्गत स्वास्थ्य शाखाका प्रमुख लबराज भट्राईले बताउनुभयो । विद्यालय र समुदायमा आँखा पाक्ने तथा आँखा रातो हुने बिरामीको सङ्ख्या बढ्दै गएकाले जनचेतना फैलाउने उहाँले जानकारी द...

