बझाङ को मस्टा गाउँपालिका मा वडा अध्यक्ष को मनपरी
बझाङ जिल्ला को मस्टा गाउपालिका मा जनप्रतिनिधि हरु को मनोमानी बढ्दै गैरहेको पाइएको छ । पटक पटक विभिन्न कुराहरुको विवाद मा आइरहेको मस्टा गाउपालिकाले गत आर्थिक वर्ष २०७९ मंसिर २९ चैत्र मा खरिद गरेका मोटरसाइकलहरु मनोमानी तरिका ले निजि सवारी साधन झै प्रयोग भैरहेको पाइएको छ ।
मोटरसाइकल खरिद गरेको केहि दिन भित्र नै सेतो नम्बर प्लेट लगिसक्नुपर्ने प्राबधान भएता पनि मस्टा गाउपालिका को वार्डहरु क्रमशः १ र २ का वार्ड अध्यक्ष रामचन्द्र रोकाया र प्रकाश खड्का ले प्रयोग गर्ने मोटरसाइकलहरु भने लगभग २ वर्ष बितिसक्दा पनि सेतो नम्बर प्लेट लगिएको छैन । आफ्नो मनपरि तरिकाले सवारी साधन प्रयोग गरिरहेका छन ।
पटक पटक स्थानीय ब्यक्तिहरु बाट पनि सेतो नम्बर प्लेट राख्नु भनेर शुझाव पाउँदा पाउदै पनि जनप्रतिनिधि हरुले मनोमानी ढङ्गले आफ्नो निजि सवारी साधन झै प्रयोग गरिरहेका छन । ...











