Advertisement

सरकारि जागिर खानु मात्रै सफलता हो त ?

Advertisement

राम सरको जिन्दगी त क्या गजबको छ है ? यो कुरा आज बिहान सुरेस चिया पसलमा ४–५ जनाको अधबैसे समुहमा भएको कुरा हो । मेरो मनमा उत्सुकता जाग्यो, को हुन त राम सर ?  यस्तो आर्थिक मन्दीका बिचमा राजनीतिक निरासाले उच्चतम बिन्दु छोएको समयमा राज्यका धेरै सूचकांक निराशाजनक भएको अवस्थामा जसको जिन्दगी क्या गजबको छ ।

त्यही समुहमा गएर म सोध्न पुगे – को राम सर? एक जना व्यक्तिले राम सरको व्यक्तित्व बर्णन गर्न पुगे अनि एक अनुशासित बिद्यार्थी झैँ म पनि सुन्दै हरेक बर्णनमा टाउको हल्लाउदै मौन समर्थन दिदै बसे  ।

राम सर नेपाल सरकारका सह–सचिब पदका एक व्यक्ति रहेछन । म अचम्ममा परे एक सरकारी जागिरे ब्यक्ति जो रास्ट्र सेवकको रुपमा आफुलाई परिचय दिन्छन तर त्यही रास्ट्रका हरेक सूचकांकहरु नकारात्मक भइरहेका बेला, बेरोजगारी बढिरहेको बेला, सरकारी तौर तरिकाबाट देशका जनता हैरान भैरहेको समयमा  अनि नैरास्य उच्चतम बिन्दुमा पुगेको अवस्थामा एक सच्चा रास्ट्र सेवक कर्मचारीको कसरी जीवन गजबको हुन सक्दछ ? म सोचनीय अवस्थामा पुगे । अनि चियाको रु २० तिरेर मनमा बिभिन्न अनुत्तरित प्रश्न लिएर आफ्नो दिन चर्यामा फर्के ।

माथि उल्लेखित गरिएका राम सर भन्ने ब्यक्ति एक पात्र हुन भने उच्च ओहोदामा आसिन व्यक्तिको जीवन गजबको हुन्छ भन्ने सोचाई अहिलेको बहुसंख्यक व्यक्तिको सामुहिक धारणा हो | सरकारी क्षेत्रमा प्रवेस पाउनु भनेको जीवन सफल हुनु हो भन्ने परम्परागत मान्यता बोकेको जमात पनि हाम्रो समाजमा ठुलै संख्यामा छ । जसको आफ्नो जीवनको पहिलो उद्देश्य नै सरकारी सेवामा प्रवेस गर्नु रहेको हुन्छ । आफुले सरकारी क्षेत्रमा प्रवेश पाए जीवनमा सफलता भएको अनुभूति गर्ने अनि कुनै कारण बस अथक प्रयास पछि पनि असफल भए जीवनमा नै असफल भएको सोचेर डिप्रेसनमा जानेको संख्या पनि ठुलै छ ।

राजनैतिक अस्थिरता अनि जताततै नैराश्यताको भुमरीबाट गुज्रिहेको हाम्रो देशमा उद्योगी – ब्यापारीहरु, राजनीति शिक्षकहरुलाई आ–आफ्नै किसिमका समस्या तथा झन्झट हुन सक्छन तर हाम्रो समाजले यस्ता मध्यम तथा उच्च ओहोदामा आसिन व्यक्तिको जीवन शैलीलाई गजबको जीवनशैली संग चित्रण गरेको पाइन्छ |

मेरो एउटा साथी छ जसले नेपालकै एक ख्यातिप्राप्त विश्व विद्यालय बाट राम्रो उच्च शिक्षा हासिल गरि आफ्नो लगानीमा ब्यबसाय संचालन गरि केहीमात्रामा रोजगारी सृजना गरि, केहि मात्रामा भए पनि रास्ट्रलाई कर संकलनमा सहयोग पुरयाउदै आइरहेको छ तर यस्ता व्यक्तिहरु गुमनाम हुन्छन भने यस्ता उद्यमिले तिरेको करबाट पारिश्रमिक लिने व्यक्तिलाई हाम्रो समाजले प्रतिष्ठीत व्यक्तिको रुपमा चित्रण गर्ने गरेको पाइन्छ ।

हामि सबैलाई अवगत भएकै कुरा हो हाम्रो देशको ८१% अर्थतन्त्र निजि क्षेत्रले धानेको छ भने त्यसको ठूलो हिस्सा  साना तथा मध्यम उद्यमिले ओगटेकोछ आजको दिन सम्म यस्ता उध्धमीलाई प्रोत्साहन गर्ने सरकारले कुनै पहली कदम चालेको भेटिदैन वा उद्यमिले प्रत्याभूति गर्न पाइरहेका  छैनन्  ।

केहि ठुला ब्यापारी घरानालाई छोडेर बाकि उद्यमिको अस्तित्व समाप्त हुने अवस्थामा छ ।  कोभिड पछी सिथिल बनेको अर्थतन्त्र दिनानुदिन खस्किदै गईरहेको छ भने थुप्रै साना तथा मध्यम उद्यमिले आफ्नो व्यवसाय छोडेर बिदेस पलाएन भैसकेको अवस्था छ । त्यहि उद्यमिले तिरेको करबाट आफ्नो पारिश्रमिक पाउने राम सर जस्ता व्यक्तिको जीवन कसरी गज्जबको  हुन सक्छ ?

    राज्यको नीति नियम बनाउने ठाउमा पुगेका व्यक्तिहरुले समय सुहाउदो उपयुक्त नीति बनाउन नसक्नु नि व्यवसाय नफस्टाउँनुको मुख्य कारण हो । यस्ता व्यक्तिहरुले बनाएका नीति नियमका कारण ब्यबसायिहरु असफल भईरहने तर कहिले सम्म ? गलत नीति नियमका कारण वा उद्यमि लक्षित उपयुक्त नीति अभावका कारण ब्यबसायीलाई पर्न गएको पिर मर्काको जवाफदेहिता त्यो तहमा आसित व्यक्तिले लिनुपर्छ कि पर्दैन ? आफ्नो उत्तरदायित्व र जवाफदेहिता लाई बिर्सेर राम सरको जस्तो गज्जबको जीवन बिताई राख्ने ? यो पनि मेरो प्रश्न हो  ?

अहिलेको समयमा कुनैपनि क्षेत्रको बिकास गर्नका लागि त्यो क्षेत्रमा लागेका व्यक्तिहरुको सामाजिक पुँजीलाई राज्य तथा समाजले उपयुक्त स्थान दिनु जरुरी हुन्छ  ।  हामी समाजमा जति अन्तर घुलित हुने गर्दछौ त्यतिनै समाज प्रतिको दायित्व र सामाजिक सम्पति बढी भएको पाउने गर्दछौ । मान्छेलाई आत्मविश्वासले देस प्रति उत्तरदावित्व बोध,  काम प्रति प्रतिबद्ध गराउने काम सामाजिक पुजिले गर्ने गर्दछ  ।

यहि राज्यले अहिलेका सम्पूर्ण साना मझौला तथा ठूला उद्यमिहरुलाई उनीहरुको सामाजिक पुजिंमा बृद्दी गराइदिएको खण्डमा देशको अर्थतन्त्रले सकारात्मक दिशा लिनेमा दुइमत छैन ।  जब मानिसको सामाजिक पुजिंको बृद्धी महसुस हुन्छ तब ति व्यक्तिहरुले आफ्नो र परिवारको बारेमा मात्र नसोची रास्ट्रको बारेमा सोच्न थाल्दछन  ।

कुनैपनि व्यक्ति जुनसुकै पेशामा लाग्दानी उसको इच्छाशाक्तिले अहम भूमिका निर्वाह गरेको हुन्छ । राज्यमा यस्ता थुप्रै व्यक्तिहरु छन् जो उच्च शिक्षा हासिल गरेर पनि जो आफ्नो सानो ब्यापार ब्यबसाय संचालन गरेर बसिरहेका छन् ।  यस्ता व्यक्तिहरुले अहिलेको अवस्थामा सुबिधा सम्पन्न रास्ट्रमा आफु तथा आफ्नो परिवारलाई सुरक्षित ब्यबस्थापन गराउन सक्दथे भने नेपाल सरकारको लोकसेवा पास गरि उच्च ओहोदामा गएर एक जागिरे भएर राम सरको जस्तो गज्जबको जीवनशैली निर्बाह गर्न सक्दथे तर आफ्नो दृढ इच्छाशक्तिले गर्दा यस्ता व्यक्तिहरु आफ्नो व्यवसायबाट राज्यको हरेक उपलब्धिको सारथी बन्दै आर्थिक क्षेत्र चलायामान गराउने मेरुदण्ड बनिरहेका हुन्छन  ।

 कुनैपनि सक्षम व्यक्ति यदि व्यवसायमा नलागी लोकसेवा तिर लागेको भए उच्च ओहोदामा पुग्न सक्दथे भन्नेकुरा राज्यले समयमै बुझी, यस्ता व्यक्तिहरुका लागि समाज तथा राज्यले सामाजिक पुँजी निर्माण गरि राज्यको बिकासमा प्रोत्साहन गर्न सकेको अवस्थामा देशको बिकासको गतिले कायापलट गर्नेमा शंका थिएन । फेरी पनि प्रश्न नै मनमा आउँछ । हामीले त्यस्तो राज्य कहिले पाउँला ? कुन पूस्ता त्यस्तो भाग्य लिएर जन्मिएला ?

लेखक

शैलेस सिहं
युवा व्यवसायि, सुदूरपश्चिम

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज