Advertisement

बझाङ को मस्टा गाउँपालिका मा वडा अध्यक्ष को मनपरी

Advertisement

बझाङ जिल्ला को मस्टा गाउपालिका मा जनप्रतिनिधि हरु को मनोमानी बढ्दै गैरहेको पाइएको छ । पटक पटक विभिन्न कुराहरुको  विवाद मा आइरहेको मस्टा गाउपालिकाले गत आर्थिक वर्ष २०७९ मंसिर २९ चैत्र मा खरिद गरेका मोटरसाइकलहरु मनोमानी तरिका ले निजि सवारी साधन झै प्रयोग भैरहेको पाइएको छ । 

मोटरसाइकल खरिद गरेको केहि दिन भित्र नै सेतो नम्बर प्लेट लगिसक्नुपर्ने प्राबधान भएता पनि मस्टा गाउपालिका को वार्डहरु क्रमशः  १ र २ का वार्ड अध्यक्ष  रामचन्द्र रोकाया र प्रकाश खड्का ले प्रयोग गर्ने मोटरसाइकलहरु भने लगभग २ वर्ष  बितिसक्दा पनि सेतो नम्बर प्लेट लगिएको छैन । आफ्नो मनपरि तरिकाले सवारी साधन प्रयोग गरिरहेका छन ।

पटक पटक स्थानीय ब्यक्तिहरु बाट पनि सेतो नम्बर प्लेट राख्नु भनेर शुझाव पाउँदा पाउदै पनि जनप्रतिनिधि हरुले मनोमानी ढङ्गले आफ्नो निजि सवारी साधन झै प्रयोग गरिरहेका छन । सम्पुर्ण घरायसी काम देखि बिदाका दिनहरुमा पनि मोटरसाइकल प्रयोग भैरहेको एक जना स्थानीय श्याम रोकाया (परिवर्तित नाम) ले जानकारी दिएका छन । उनले भनेका छन “आफै एउटा जिम्मेवार ब्यक्ति भएर यस्ता गैरजिम्मेवार कार्यहरु गर्ने जनप्रतिनिधि हरु बाट के आश गर्ने ? यस्ता अनैतिक कार्यहरु रोकिएन भने समाज कहिले अगाडी बढ्न सक्दैन ।”

सेतो नम्बर प्लेट लगेपछी मनपरि तरिकाले सवारी साधन प्रयोग गर्न नपाइने भएकाले करिब २ वर्ष सम्म सेतो नम्बर प्लेट नलिइएको कुरा सिधै अनुमान गर्न सकिन्छ । 

गाउँपालिकाले भने आफुले पुरै रकम गत बर्ष नै भुक्तानी गरिसकेको र पटक पटक वडाअध्यक्ष हरुलाइ नम्बर प्लेट परिवर्तन आग्रह गरेता पनि वडा अध्यक्ष ले अटेरी गरेको जानकारी गराएको छ । साथै अब फेरि सुचना निकालेर सुझाव दिने त फेरि पनि बेवास्ता गर्यो भने मोटरसाइकल थुत्न सकिने गाउँपालिका जिन्सी शाखा प्रमुखले बताएको छन ।

सरकारी साधनको यसरी दुरुपयोग हुदा समेत सम्बन्धि निकाय समेत मौन बसेको पाइएको छ । 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज