भारतमा अछाम घर भएकी बालिका बलात्कृत,,गर्भमा ३३ हप्ता भन्दा बढीको बच्चा
भारतमा अछाम घर भएकी बालिका आफन्तबाटै बलात्कृत भएकी छिन् । भारतको गुजरातस्थित सुरतमा रोजगारी गर्न गएका बुवा आमासँगै रहेकी १२ वर्षीया बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
बलात्कारमा संलग्न करिब ४५ वर्षीय पुरुष निकटका आफन्त नै रहेको प्रहरीको दाबी छ। ती आरोपित आफन्तको नाममा उजुरी परेपछि घटना बाहिर आएको हो ।
प्रारम्भिक रूपमा बालिकामाथि करिब ७ महिना पहिले बलात्कार भएको अनुमान गरिएको छ । ‘बुवा आमासहित बालिका भारतमै थिइन् । भारतमै एक नेपाली पुरुषले बालिकालाई बलात्कार गरेको उजुरी परेको छ’ जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले भने, ‘जबरजस्ती करणीमा मुद्दा परेको छ । हामी त्यही अनुसार अनुसन्धान गरिरहेका छौँ ।’
बालिकाको पेट बढ्दै गएपछि मात्रै घटनाबारे थाहा भएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए । बालिकाले आफूमाथि पटक पट...












