Advertisement

किशोर स्वास्थ्य तथा महिनावारी व्यवस्थापन तालिम सम्पन्न, पूर्वमन्त्री भानुभक्त जोशीको विशेष उपस्थिति

Advertisement

काठमाडौं :  किशोरावस्थाको स्वास्थ्य तथा महिनावारी व्यवस्थापनसम्बन्धी तीन दिने तालिमको तेस्रो समूह (batch) को समापन भव्य रूपमा सम्पन्न भएको छ। स्वास्थ्य शिक्षा, चेतना तथा अधिकार, नेपालको आर्थिक सहयोग तथा बागमती प्रदेश स्वास्थ्य तालिम केन्द्र को सहकार्यमा आयोजित उक्त तालिममा विभिन्न विद्यालयका स्कूल नर्सहरू सहभागी भएका थिए।

तालिमको समापन समारोहमा पूर्व संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री  भानुभक्त जोशी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले किशोर स्वास्थ्य तथा महिनावारी व्यवस्थापन सम्बन्धी यस्ता तालिमहरूलाई राष्ट्रिय स्तरमा विस्तार गर्नु आवश्यक रहेको उल्लेख गर्दै कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सुझाव प्रस्तुत गरे।

हेयर नेपालका अध्यक्ष माधव जोशीले किशोर स्वास्थ्यका लागि स्कूल नर्सहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै राज्यले उनीहरूको दक्षता अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।

तालिमका प्रमुख प्रशिक्षक प्रा. डा. नर्बदा थापा ले यस कार्यक्रमले स्कूल नर्सहरूको ज्ञानको दायरा फराकिलो बनाएको बताइन्। शिक्षण विधि विज्ञ प्रा. डा. मन्दिरा शाही ले किशोर-किशोरी मनोविज्ञान तथा शिक्षण विधि सम्बन्धी प्रशिक्षण दिएकी थिइन्। साथै, स्वास्थ्य शिक्षा विज्ञ कृष्णबहादुर चन्द र कुञ्जप्रसाद जोशी ले किशोर स्वास्थ्य तथा सचेतनाका विविध पक्षबारे प्रशिक्षण प्रदान गरे।

समापन अवसरमा सहभागी स्कूल नर्सहरूलाई प्रमाणपत्र वितरण गरियो। हेयर नेपालले तालिम सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान दिने सबैलाई धन्यवाद ज्ञापन गर्यो।

यो तालिम ८ समूहमा सञ्चालन गरिनेछ, जसअन्तर्गत बागमती प्रदेशका २०० जना स्कूल नर्सहरूलाई प्रशिक्षित गरिने लक्ष्य छ। आयोजकहरूका अनुसार नेपालभर यस्ता तालिमहरू विस्तार गर्न आवश्यक रहेको छ, जसले किशोर स्वास्थ्य प्रवर्द्धन, लैंगिक समानता तथा महिनावारी व्यवस्थापन सम्बन्धी कलङ्क हटाउने प्रयासलाई तीव्रता दिनेछ।

हेयर नेपाल ले भविष्यमा पनि किशोर स्वास्थ्य तथा महिनावारी व्यवस्थापन कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

भोटेकोशी बाढीको दुई महिना : १ हजार ३४५ शवको सनाखत हुन बाँकी, विस्थापितको पुनर्स्थापना अन्योलमा

भोटेकोशी बाढीको दुई महिना : १ हजार ३४५ शवको सनाखत हुन बाँकी, विस्थापितको पुनर्स्थापना अन्योलमा

काठमाडौं- रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको दुई महिना बितिसक्दा पनि प्रभावित क्षेत्रको जनजीवन सामान्य बन...
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

काठमाडौं।- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने ह...
एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज