Advertisement

हाम्रो बारेमा

रेशम चौधरीले छाडे नागरिक उन्मुक्ति, ‘नागरिक उन्मुक्ति नेपाल पार्टी’ गठनको घोषणा

रेशम चौधरीले छाडे नागरिक उन्मुक्ति, ‘नागरिक उन्मुक्ति नेपाल पार्टी’ गठनको घोषणा

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी छाड्दै नयाँ पार्टी गठन गर्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत नागरिक उन्मुक्ति पार्टी परित्याग गरेको जानकारी दिंदै ‘नागरिक उन्मुक्ति नेपाल पार्टी’ खोलेर अघि बढ्ने घोषणा गरेका हुन्। पछिल्लो समय चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठबीच पार्टीको आधिकारिकतालाई लिएर विवाद चुलिएको थियो। चौधरीले नयाँ पार्टीमा जोडिन सम्पूर्ण कार्यकर्तालाई आग्रह गर्दै अब जेन–जी पुस्ताको माग र भावना समेट्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। छिट्टै नयाँ पार्टीको बैठक बोलाएर विस्तृत जानकारी सार्वजनिक गर्ने उनले बताएका छन्।...
रवि लामिछाने फेरि कारागार फर्किए

रवि लामिछाने फेरि कारागार फर्किए

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः कारागार प्रवेश गरेका छन्। जेन–जी आन्दोलनका क्रममा रिहा भएका उनी आज आफ्नै घोषणा गर्दै कारागार फर्किएका हुन्। रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल लामिछानेसँगै कारागारसम्म पुगेका थिए। फेसबुक लाइभमार्फत उनले आफ्नो जन्मदिनकै दिन कारागार जान लागेको बताएका छन्। त्यस्तै लामिछानेले देशले न्यायको प्रतिमूर्तिलाई प्रधानमन्त्री पाएकोले आफूलाई अब अन्याय नहुने आशासहित जेल फर्कन लागेको जानकारी गराए । देशभरका कैदी जेलबाट भाग्नुलाई आफू कारण देखाइ बदनाम गर्न खोजिएको भन्दै लामिछानेले दुःखेसो समेत पोखेका छन्।...
बझाङ कारागारद्वारा फरार कैदीलाई आत्मसमर्पण गर्न आग्रह, भागेका ६५ मध्ये २४ कैदी पक्राउ

बझाङ कारागारद्वारा फरार कैदीलाई आत्मसमर्पण गर्न आग्रह, भागेका ६५ मध्ये २४ कैदी पक्राउ

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ– जेन–जी आन्दोलनका क्रममा बझाङ जिल्ला कारागारबाट फरार भएका ६५ कैदीमध्ये २४ जना पक्राउ परिसकेका छन्। बाँकी फरार कैदीलाई तुरुन्त आत्मसमर्पण गर्न कारागार प्रशासनले आग्रह गरेको छ। प्रशासनले सार्वजनिक अपीलमार्फत कानूनी प्रक्रिया पालना गर्न, सम्पर्कमा आउन र फरार अवस्थामा रहिरहँदा थप कानूनी सजाय तथा भविष्यका अधिकारमा प्रतिकूल असर पर्न सक्ने चेतावनी दिएको छ। सम्पर्कमा आउने कैदीबन्दीको हकहित सुरक्षित गर्दै पुनर्स्थापना प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता जिल्ला कारागारले जनाएको छ। कारागारमा जम्मा ८५ जना रहेका थिए । २० जना कैदी भने आफुले गरेको गल्तीको सजाय भोग्नुपर्ने बताउँदै कारागारमै बसेका थिए ।...
राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभा विघटन, निर्वाचन मिति घोषणा

राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभा विघटन, निर्वाचन मिति घोषणा

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशिला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्नुभएको छ। राष्ट्रपति कार्यालयले शुक्रबार राति जारी गरेको विज्ञप्तिअनुसार भदौ २७ गते राति ११ बजेदेखि प्रतिनिधिसभा विघटनको निर्णय लागू भएको छ। नयाँ प्रतिनिधिसभा निर्वाचन आगामी २०८२ साल फागुन २१ गते बिहीबार हुनेगरी मिति तोकिएको छ। राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले प्रधानमन्त्री सुशिला कार्कीज्यूको सिफारिस अनुसार प्रतिनिधिसभा विघटन गर्नु भएको छ। उक्त निर्णय २०८२ साल भदौ २७ गते राति ११:०० बजेदेखि लागू हुनेछ।” संविधानको मर्मअनुसार अब मुलुक नयाँ निर्वाचन प्रक्रियामा प्रवेश गर्ने औपचारिकता सुरु भएको छ। निर्वाचन मिति तोकिएसँगै आगामी दिनमा निर्वाचन आयोगले विस्तृत तालिका र तयारी सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। प्रतिनिधिसभ...
मन्त्रिपरिषद् विस्तारको तयारी सुरु,शपथ समारोहमा पूर्वप्रधानमन्त्रीमध्ये डा. भट्टराई उपस्थित

मन्त्रिपरिषद् विस्तारको तयारी सुरु,शपथ समारोहमा पूर्वप्रधानमन्त्रीमध्ये डा. भट्टराई उपस्थित

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ। मन्त्री बन्न सक्ने नामबारे धेरै चर्चा भए पनि अहिलेसम्म औपचारिक टुङ्गो लागेको छैन। हाल सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीकै हातमा रहेको छ। गएराति राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा कार्कीलाई शपथ ग्रहण गराउँदै सफल कार्यकालको शुभकामना दिनुभएको थियो। शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश, नेपाल सरकारका उच्च पदाधिकारी तथा कूटनीतिज्ञहरू सहभागी थिए। अघिल्ला शपथ समारोहमा पूर्वप्रधानमन्त्री र मन्त्रीहरू पनि उपस्थित हुने चलन थियो भने निवर्तमान प्रधानमन्त्रीले कुर्सी हस्तान्तरण गर्ने परम्परा रहेको थियो। तर यसपटक त्यस्तो देखिएन। प्रधानमन्त्री कार्कीको शपथ समारोहमा पूर्वप्रधानमन्त्रीमध्ये डा. बाबुराम भट्टराई मात्र सहभागी हुनुभयो। राजनीतिक दलका ...
आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेकाले देशभर सामान्यतया बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार बिहान कोशी र बागमती प्रदेशका पहाडी केही स्थानमा, साथै गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यतया बदली रहने र देशका पहाडी भूभागका केही तथा तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। त्यस्तै, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने संभावना रहेको महाशाखाले जनाएको छ। राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी पहाडी र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने अनुमान छ। साथै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले चेतावनी दिएको छ।...
सुशीला कार्की अन्तरिम सरकारकी पहिलो महिला प्रधानमन्त्री, आजै शपथ ग्रहण

सुशीला कार्की अन्तरिम सरकारकी पहिलो महिला प्रधानमन्त्री, आजै शपथ ग्रहण

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ- पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारकी प्रधानमन्त्री बनेकी छिन्। यससँगै उनी नेपालको पहिलो महिला प्रधानमन्त्रीसमेत बनेकी छन्। यसअघि देशको पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचिसकेकी कार्कीले अब प्रधानमन्त्रीको रूपमा अर्को ऐतिहासिक कीर्तिमान कायम गरेकी हुन्। शुक्रबार राति ९ बजे राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा कार्कीलाई प्रधानमन्त्रीको शपथ ग्रहण गराउने तयारी रहेको छ। शपथसँगै प्रतिनिधिसभा विघटन गर्ने सहमति पनि बनेको शीतल निवास स्रोतले जनाएको छ। जेनजी आन्दोलनले एमाले–कांग्रेस गठबन्धनको नेतृत्वमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन बाध्य बनाएपछि अन्तरिम सरकार गठनको प्रक्रिया अघि बढेको हो। भदौ २३ गते आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा कम्तीमा १९ युवाको मृत्यु भएपछि २४ गते देशभर प्रदर्शन, आगजनी र तोडफोड भएका थिए। त्यसलगत्तै ओलीले पदत्या...
शीतलनिवासमा सहमति : संसद् विघटन, सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार

शीतलनिवासमा सहमति : संसद् विघटन, सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ- लगातारको राजनीतिक छलफलपछि शीतलनिवासमा अन्तरिम सरकार गठन गर्ने सहमति जुटेको छ । सो सहमतिसँगै प्रतिनिधिसभा विघटन गर्ने तयारी भइरहेको छ । अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले गर्ने तय भएको छ । संसद् विघटनलगत्तै आजै उनले प्रधानमन्त्रीको हैसियतमा शपथ ग्रहण गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ । कार्की नेतृत्वको मन्त्रिपरिषद्‌मा सुरुमा तीन सदस्य रहने भए पनि मन्त्रीहरूको नाम भने टुंगो लागिसकेको छैन । यसबीच, शीतलनिवासमा प्रतिनिधिसभा विघटनसम्बन्धी निर्णयको मस्यौदा लेख्ने काम भइरहेको छ ।...
बझाङमा सर्पको टोकाइबाट एक जना घाइते, जिल्लामा आइसियु नहुँदा डडेल्धुरा रेफर

बझाङमा सर्पको टोकाइबाट एक जना घाइते, जिल्लामा आइसियु नहुँदा डडेल्धुरा रेफर

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङमा सर्पको टोकाइबाट एक जना घाइते भएका छन् । केदारस्यूँ गाउँपालिका-९ झोताका अन्दाजी ५० वर्षीय प्रेम सार्की सर्पको टोकाइबाट घाइते भएका हुन् । गएराति घरमै सुतिरहेको समयमा सार्कीलाई सर्पले टोकेको स्थानीय तथा भैरव माध्यमिक विद्यालयका शिक्षक राजेन्द्र गिरीले जानकारी दिए । उनका अनुसार सार्कीलाई राति करिब तीन बजेको समयमा घरभित्र सुतिरहेको अवस्थामा सर्पले कानमा टोकेको थियोे । सर्पले टोकेलगत्तै उनलाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत लिएको जनाइएको छ । जिल्लामा उपचार सम्भव नभएपछि अहिले उनलाई उपचारका लागि डडेल्धुरा रेफर गरिएको छ । स्थानीयले भने सर्पदंशको टोकाइबाट घाइतेको जिल्लामै उपचार नहुनु दु:खद पक्ष भएको बताए । जिल्ला अस्पतालले सर्पले टोकेर गम्भीर बनेका घाइते सार्कीलाई तत्काल आइसियु (ICU) कक्षामा राखेर उपचार गर्नुपर्ने देखिएको जनाएको छ । जिल्ला अस्पतालमा आइसियु सुविधा नहुँदा यहाँ आवश...
बझाङमा ट्याक्टर दुर्घटना, एकको मृत्यु, चार घाइते

बझाङमा ट्याक्टर दुर्घटना, एकको मृत्यु, चार घाइते

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको तल्कोट गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आज बिहान करिब ४ बजे दाँतोला बाट खौला बजारतर्फ जाँदै गरेको सुप प्र ०१००२ त ४८३० नम्बरको ट्याक्टर वडा नम्बर ५ को भक्तपुर भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा परि तल्कोट गाउँपालिका–४ उपरकोटका विकास सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्र धमालाले जानकारी दिनुभयो। घाइतेमध्ये तल्कोट–४ का ३० वर्षीय खगेन्द्र खत्री, भुपेन्द्र सिंह, अभिषेक सिंह र तल्कोट–५ का लोकेश मल्ल रहेका छन्। उनीहरूलाई जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको उक्त ट्याक्टर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
देशभर मनसुनी प्रभाव, यी प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी प्रभाव, यी प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा शुक्रबार बिहानैदेखि वर्षा भइरहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थान नजिकै सक्रिय रहेकाले वर्षाको गतिविधि बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार बिहान कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो एक घन्टामा डडेलधुराको गाइबन्धेमा २०.६ मिलिमिटर, कञ्चनपुरको हनुमाननगरमा १८.८ मिलिमिटर र डडेलधुराको जोगबुढामा १४ मिलिमिटर वर्षा मापन गरिएको छ। बैतडी, अछाम, सुर्खेत, सल्यानलगायत जिल्लामा पनि निरन्तर वर्षा भइरहेको छ। मौसमविद्हरूका अनुसार शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। यस अवधिमा पहाडी भूभागका केही र तराईका थोरै स्थानमा मध्यम वर्षा, साथै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारी वर्षाको सम्भावना छ। राति पनि देशभर बदली रहने ...
अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने सहमति

अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने सहमति

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ- शीतल निवासमा जारी छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति बनेको छ। राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा बिहीबार बसेको बैठकमा कार्कीलाई अन्तरिम सरकारको नेतृत्व हस्तान्तरण गर्ने विषयमा सहमति जुटेको हो। यसअघि जेन–जी समूहतर्फबाट पनि कार्कीको नाम सिफारिस गरिएको थियो। बैठकमा राष्ट्रपति पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल, सुशीला कार्की र कानुनविद् ओमप्रकाश अर्याललगायत सहभागी थिए। छलफलमा संसद् विघटनको विषयमा मतभेद देखिए पनि संविधानअनुसार अघि बढ्ने सम्भावित विकल्पबारे विस्तृत चर्चा भएको बुझिएको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज