Advertisement

हाम्रो बारेमा

गौरीगंगा नगरपालिकाले खोल्यो ५० प्रतिशत अनुदान कार्यक्रम 

समाचार
गौरीगंगा - कैलालीको गौरीगंगा नगरपालिकाले ५० प्रतिशत अनुदान कार्यक्रम ल्याएको छ । नगरपालिकाले कृषि क्षेत्रमा लगनशीलता भएकालाई सहजीकरणका लागि ५० प्रतिशत अनुदानसहितको कार्यक्रम ल्याएको हो । उक्त अनुदान कार्यक्रममा फ्रेस हाउस सुधार ,  मिल्क क्यान वितरण, पकेट क्षेत्रमा खोर/गोठ सुधार कार्यक्रम ल्याएको हो । अनुदान कार्यक्रम खुल्ला रहेको हुँदा नगरपालिका तथा वडा कार्यालयमा आवेदन पेश गर्न सकिने जनाइएको छ ।...

कैलाली कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी 

समाचार
धनगढी - कैलाली कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको छ । जिल्ला कारागार कैलालीको बन्दी क्षमता एक सय ५० रहेको भएपनि कारागारमा ७ सय २० जना हालिएको छ ।  यो मानव अधिकार विपरीतको कार्य हो । कारगार कार्यालय कैलालीका निमित्त प्रमुख शिखा जोशीका अनुसार कारागारमा अहिले विभिन्न अपराधमा सजाय पाएका ६ सय ६५ पुरुष, ५२ महिला र तीन बालबालिका गरेर ७२० कैदीबन्दी छन् ।...

बाजुरामा गयल घटाउन स्कुलमै भातभान्सा

समाचार
बाजुरा - बाजुराको जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकाका ९, डप्कमा रहेको सिद्धेश्वरी आधारभूत विद्यालयले विद्यार्थीको गयल घटाउन विद्यालयमै भातभान्सा लगाउने गरेको छ । हिउँदमा विद्यालय नआउने विद्यार्थीलाई नियमित गर्ने उद्देश्यले विद्यालयले विद्यालयमै बसेर पढाइ गर्ने गरी भातभान्सा लगाउने गरिएको हो । बुढीनन्दा नगरपालिका ७, ८, ९ र १० का अधिकांश स्थानीयको जीविकोपार्जनको मुख्य पेसा भेडाबाख्रापालन हो । यहाँका अधिकांश स्थानीय हिउँदमा भेडासँगै औल झर्ने भएकाले बालबालिका पनि उतै जाने गरेपछि यो विद्यालय हिउँदमा विद्यार्थीविहीन हुने गर्दछ । हिउँद भेडाबाख्रासहित घरपरिवार नै औल झर्ने र बर्खा लागेपछि पुनः घर फर्किने चलन परम्परागत नै हो । आमाबुवा औल झरेपछि बालबालिका पनि उतै जाने गरेकाले यतै रोक्न विद्यालयमै भातभान्सा सुरु गरेको प्रधानाध्यापक तुलाबहादुर रावतले बताए । उनले भने, ...

यस्तो छ आजको मौसम

समाचार
धनगढी - हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमवार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।  कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।  मंगलवार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।...

धनगढीमा जारी वडा स्तरीय फुटबलमा वडा नम्बर १५ दोस्रो राउन्डमा प्रवेश 

समाचार
धनगढी – धनगढीको वडा नम्बर १४ मा जारी वडा स्तरीय दोस्रो वडा अध्यक्ष कप २०८० फुटबल प्रतियोगितामा वडा नम्बर १५ प्रतियोगिताको दोस्रो राउन्डमा प्रवेश गरेको छ । आज धनगढी १४, फूलबारीको स्याउलेमा भएको उक्त प्रतियोगितामा धनगढी उपमहानगरपालिका वडा नम्बर १५ ले वडा नम्बर ६ लाई पेनाल्टी शुटआउटमा ७-६ ले जितेर दोस्रो राउन्डमा प्रवेश गरेको हो । वडा नम्बर १४ को सहकार्यमा फुलबारी ११ स्पोर्ट्स क्लबको आयोजनामा भइरहेको उक्त प्रतियोगितामा प्रथमलाई एक लाख १ हजार पाँच सय ५५ पुरस्कार रहेको छ भने द्वितीयलाई ५० हजार पाँच सय ५५ रहेको आयोजकले जनाएको छ ।...

धनगढी १४ मा जारी वडा स्तरीय फुटबलमा वडा नम्बर १५ दोस्रो राउन्डमा प्रवेश 

समाचार
धनगढी - धनगढीको वडा नम्बर १४ मा जारी वडा स्तरीय दोस्रो वडा अध्यक्ष कप २०८० फुटबल प्रतियोगितामा वडा नम्बर १५ प्रतियोगिताको दोस्रो राउन्डमा प्रवेश गरेको छ । आज धनगढी १४, फूलबारीको स्याउलेमा भएको उक्त प्रतियोगितामा धनगढी उपमहानगरपालिका वडा नम्बर १५ ले वडा नम्बर ६ लाई पेनाल्टी शुटआउटमा ७-६ ले जितेर दोस्रो राउन्डमा प्रवेश गरेको हो । वडा नम्बर १४ को सहकार्यमा फुलबारी ११ स्पोर्ट्स क्लबको आयोजनामा भइरहेको उक्त प्रतियोगितामा प्रथमलाई एक लाख १ हजार पाँच सय ५५ पुरस्कार रहेको छ भने द्वितीयलाई ५० हजार पाँच सय ५५ रहेको आयोजकले जनाएको छ ।...

१६ लाख बढी नेपाली बिदेश जाँदा ७० हजार बढी स्थायी बसोबासका लागि बिदेसिए

समाचार
काठमाडौं - नेपालबाट पछिल्लो एक वर्षमा ७० हजार ९१५ जना नेपाली विदेशमा स्थायी बसोबासका लागि गएका छन् ।  आइतबार राज्य व्यवस्था तथा सुशासन समितिले अध्यागमनको विषयमा गरेको छलफलमा अध्यागमन विभागले यस्तो जानकारी दिएको हो । विभागले सन् २०२३ मा नेपालबाट स्थायी बसोबास गर्नका लागि विदेश जाने नेपालीको सङ्ख्या ७० हजार ९१५ जना रहेको जानकारी दिएको हो ।  समिति बैठकमा बोल्दै अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले सन् २०२३ मा १६ लाख ३ हजार ८३८ जना नेपाली नागरिक विदेशी जाँदा १२ लाख ६३ हजार ४६९ भित्रिएको बताए । उनले पछिल्लो एक वर्षमा विदेश गएकामध्ये तीन लाख ४० हजार  ३६९ जना नेपाली विदेशमा नै बसेको जानकारी दिए । उनले यस अवधिमा अध्ययनका लागि एक लाख आठ हजार ५४२ जना, अस्थायी बसोबास भिसामा ९२ हजार ३४९, स्थायी बसोबास भिसामा ७० हजार ९१५ जना र विवाह गरेर डिपेन्डेण्ट भिसामा २० हजार ६...
१४औं बझाङ जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि बुंगल नगरपालिकालाई

१४औं बझाङ जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि बुंगल नगरपालिकालाई

खेलकुद, बझाङ, मुख्य समाचार
बझाङ : केदारस्यूँ गाउँपालिकाको झोतामा सञ्चालन भएको १४ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आज सम्पन्न भएको छ । यस वर्षको रनिङशिल्डको उपाधि बुंगल नगरपालिकाले हात पारेको बुंगल नगरपालिका खेलकुद विकास समिती अध्यक्ष शेरबहादुर कुवँरले जानकारी दिनुभयो। स्वर्ण पदकका लागि मोहित विकले एकसय मिटर, दुईसय मिटर दौड र त्रिपलजम्पमा योगदान दिए । यस्तै मञ्जु खडायतले छात्रातर्फको एक सय मिटरको छोटो दौड र छात्रातर्फकै लङजम्पमा स्वर्ण पदक दिलाइन् । सरिता ऐडीले छात्रातर्फका दुईसय मिटर दौड र चारसय मिटर दौडमा स्वर्ण प्राप्त गरिन् । निशा बोहराले १५ सय मिटरको लामो दौड र तीन हजार मिटरको लामो दौडमा स्वर्ण दिलाइन् । यस्तै अनिल धानुकले सटपट र बियाना बिकले ज्यावलिङ्गी थ्रो खेलमा स्वर्ण पदक प्राप्त गरेका थिए । यस्तै रजत पदकका लागि सचिन कुवँरले रिले दौड र सरिता ऐडीले छात्रा तर्फको रिले दौडमा पदक जित हात पारेका हुन ।...

लम्कीचुहा दुईको सहयोगमा २० जना विद्यार्थीलाई नि:शुल्क कम्प्युटर तालिम

समाचार
लम्कीचुहा -  लम्कीचुहा नगरपालिका वडा नम्बर २ को आर्थिक सहयोगमा आर्थिक अवस्था कमजोर भएका २० जना विद्यार्थीलाई नि:शुल्क तालिम प्रदान गरेको छ । राष्ट्रिय नमुना मावि मोतिपुर र जनसेवा मावि गणेशपुरमा अध्ययनरत आर्थिक अवस्था नाजुक भएका २० जना विद्यार्थीलाई मोतिपुरको नेशनल एडभान्स कम्प्युटर ईन्स्टिच्युटमा तीन महिने नि:शुल्क कम्प्युटर तालिम प्रदान गरिएको हो । आज आइतबार प्रमाण पत्र वितरण तथा सम्मान कार्यक्रम गर्दै उक्त तीन महिने तालिम सम्पन्न गरिएको छ । वडालाई शिक्षा, प्रविधि लगायत हरेक क्षेत्रमा विकास गर्ने र वडालाई सुन्दर बनाउने परिकल्पना गरेको वडा अध्यक्ष सन्तोष कुमार ओलीले बताएका छन् । आफू सधैं जनताको साथमा रहेको र जनताको सल्लाह सुझाव अनुसार जनअपेक्षित काम गर्दै जाने उनले बताए ।...

धनगढीको ‘साइनो एजुकेसन’का यति धेरै उपहार : सय प्रतिशतसम्म छात्रवृत्ति 

समाचार
धनगढी - धनगढीको साइनो एजुकेसनले वार्षिकोत्सबका अवसरमा छुट तथा आकर्षक उपहारका साथमा सप्ताहव्यापी वार्षिकोत्सव कार्यक्रम मनाइँरहेको छ । गत साल फागुन ६ गते सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार तथा शिक्षाविद् प्रा. डा. हेमराज पन्तद्वारा उद्घाटन भएको साइनोले आउँदो फागुन ६ गते औपचारिक समारोहका बीच वार्षिकोत्सब मनाउने भएको छ । उक्त अवसरमा आउँदो फागुन ५ गतेसम्म कुनै पनि कोर्षमा भर्ना गर्ने विद्यार्थीलाई २५ प्रतिशत छुट दिने सञ्चालक रोहित चन्दले बताएका छन् ।  एउटै कार्डबाट एक वर्षसम्म छुट  साइनो एजुकेसनले नि:शुल्क 'Scholarship Card' वितरण गर्ने र उक्त कार्ड ल्याउने विद्यार्थीहरुलाई १५ प्रतिशत छुट गरिने एजुकेसनका सञ्चालक रोहित चन्दले बताएका छन् ।  उक्त कार्ड आफ्ना साथीभाइ तथा प्रियजन लगायत अरु कोहिलाईसमेत दिँदा सबैलाई छुट दिइने उनले बताए । उक्त कार्ड ल्याउँदा ...

सामाजिक अभियन्ता लक्ष्मीको सहकार्यमा लम्कीको चौधरी बस्तीमा कपडा वितरण

समाचार
कैलाली - कैलालीको लम्किचुहा नगरपालिका बाहुनपुरको चौधरी बस्तीमा कपडा वितरण गरिएको छ । वैदेशिक रोजगारीमा रहेका सर्ला श्रेष्ठ दम्पती, सीता अधिकारी, देवी खरेल पाण्डे, मेनुका यङछङबो लिम्बु, गुरास राई र राजा अ सन्जुको आर्थिक सहकार्यमा उक्त कपडा वितरण गरिएको हो । उक्त बस्तीमा केहि महिना अगाडि अभियन्ता लक्ष्मी कुँवर बोगटी आफैं गएर त्यहाँको अवस्थालाई सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । त्यहाँको नाजुक अवस्था देखेपछि प्रवासमा रहेका नेपालीहरु सहयोग मिलेको र सोही रकमबाट उक्त वस्तीमा कम्बल र टोपी सहयोग गरिएको उनले बताइन् । उक्त कपडा वितरण कार्यक्रममा सोही वडाका वडा अध्यक्ष लोकेन्द्र कठायत, समाजसेवी देबिका कार्की, किरण क्षेत्रीको उपस्थिति रहेको थियो ।  कार्यक्रममा बोल्दै लक्ष्मी बोगटी कुँवरले जम्मा ३५ कम्मल मध्य यहाँ १२ र  बाकी गौरिगङ्गा नगर पालिकामा बाड्ने बताएकी छन् ।...
नेपाली औषधि बजार र आर्थिक असर:अहिले ५० प्रतिशत औषधि कम्पनी बिक्रीमा छन्

नेपाली औषधि बजार र आर्थिक असर:अहिले ५० प्रतिशत औषधि कम्पनी बिक्रीमा छन्

समाचार
अहिलेको आर्थिक मन्दीले सबै क्षेत्रमा प्रभाव पारेको छ। औषधि बजारमा पनि त्यसको असर परेको छ। औषधि त कसैले पनि उधारो खाँदैनन्, बिरामीहरूले घर बन्दीकी राख्लान् तर औषधि उधारो लिँदैनन् भन्ने प्रश्न आउन सक्छ। वास्तमा यो कुरा साँचो पनि हो। तर बिरामीले उधारो नखाए पनि खुद्रा पसलदेखि स्टोर हुँदै उत्पादकसम्म आउँदा धेरै उधारोहरु बाँकी रहेको हुन्छ। औषधि उद्योग र आर्थिक कारोबार (क्यास)को फरक बुझ्न सप्लाइ चेन बुझ्नुपर्छ। हामी औषधि बनाउँछौँ। कति उद्योगको औषधि सुपर डिलरलाई जान्छ। सुपरडिलरले औषधि ठाउँठाउँका स्टकिस्टहरूमा दिन्छ। त्यसपछि बल्ल पसलमा गएर बिक्री गरिन्छ।  धेरै उद्योगको कुरा गर्दा प्रायःको स्टकिस्टले लिन्छ, स्टकिस्टबाट रिटेलरमा जान्छ। रिटेलरकहाँ ग्राहकले आएर किन्ने गर्छन्। तर औषधि क्षेत्रको प्रत्यक्ष ग्राहक बिरामी नभइ डाक्टर हुन्। डाक्टरले कुन औषधि प्रेस्काइब गर्छ बिरामीले त्यही अनुसार कि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज