मष्टा गाउँपालिकामा निशुल्क आँखा शिविर सञ्चालन, पहिलो दिन १ सय ३५ जनाले सेवा लिए
बझाङ : मष्टा गाउँपालिकामा निशुल्क आँखा शिविर सञ्चालन भएको छ । मष्टा गाउँपालिकाको आयोजना तथा गेटा आँखा अस्पताल कैलालीको प्राविधिक सहयोगमा पालिकाका विभिन्न स्वास्थ्यचौकिमा मोतीबिन्दु तथा आँखा सम्बन्धी समस्या भएका बिरामीहरुका लागि शिविर आयोजना गरिएको हो ।
आज पहिलो दिन वडा नम्बर १ को कोटदेवल स्वास्थ्य चौकीमा शिविर सम्पन्न भएको वडा अध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिनुभयो । उक्त शिविरमा ७६ जना महिला र ५८ जना पुरुष गरेर १ सय ३५ जनाले सेवा लिएका छन् । २३ जना मोतिबिन्दुका बिरामी भेटिएकोमा उनिहरुको अप्रेसन गरिने बताइएको छ ।
मष्टा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष रामचन्द्र रोकायाको अध्यक्षतामा सञ्चालन भएको शिविरमा गाउँपालिका अध्यक्ष ज्ञान बहादुर बोहरा प्रमुख अतिथि रहनुभएको थियोे । विशिष्ट अतिथिमा वडा नम्बर ४ का वडा अध्यक्ष उत्तम राज जोशी रहनुभएको थियोे । शिविरमा गाउँपालिकाका जनप्रतिनिध...


