Advertisement

हाम्रो बारेमा

धनगढी–१८ फूलबारीमा १०७ परिवारको जग्गामा अर्कैले दाबी गरेपछि…

धनगढी–१८ फूलबारीमा १०७ परिवारको जग्गामा अर्कैले दाबी गरेपछि…

कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलालीको फूलबारीमा एक सय ७ परिवारको जग्गा अर्कैले दाबी गरेपछि स्थानीय त्रसित भएका छन्। धनगढी उपमहानगरपालिका–१८ मा एक सय ७ परिवारको जग्गामा अर्कैले दाबी गरेपछि स्थानीय त्रसित बन्न पुगेका हुन्। धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा २ सय ४२ बिघा २ कट्ठा १९ दशमलव ५ धुर जग्गा गुरू पुरोहित जनकराज पाण्डेयले राणा शासनको समय १९९३ सालमा लालमोहरबाट प्राप्त गरेको र २०२१ सालको नापनक्सा हुँदा छुट हुन गएको भन्दै अहिले आएर छुट जग्गा दर्ता गर्न मालपोत कार्यालय धनगढीमा निवेदन परेको हो। काठमाडौं महानगरपालिका–३३ का प्रद्युम्न पाण्डेयको वारिस धनगढी–५ का पदमबहादुर चन्द र कल्याणराज पाण्डेयको वारिस दिलिप सापकोटाले छुट हुन गएको जग्गा दर्ता गर्न निवेदन दिएका हुन्। तर निवेदन दिएको जग्गामा भने २०३६ सालदेखि बसोवास रहेको छ। २०३६ सालमा आवास कम्पनी र त्यसपछि विभिन्न समयमा गठन भएका सुकुम्वासी आयोगले अहिले बसोवास ...
मेवा बारे वास्तबिक भ्रम : गर्मीमा खानु हुन्छ कि हुँदैन ?

मेवा बारे वास्तबिक भ्रम : गर्मीमा खानु हुन्छ कि हुँदैन ?

समाचार
गर्मी मौसममा खाने बानीमा विशेष ध्यान दिनु आवश्यक हुन्छ । यो मौसममा पानीयुक्त खानेकुराको सेवन गर्नु राम्रो मानिन्छ ।  हरेक मौसममा फलफूललाई ​​स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । गर्मीमा मानिसहरू खरबुजा, लिची, मेवा, सुन्तलालगायत सबै फलफूल खान रुचाउँछन् । तर यो मौसममा मेवा खानुलाई धेरैले हानिकारक मान्छन् । मेवा तातो प्रकृतिको हुने भएकाले गर्मीमा यसको सेवनले समस्या निम्त्याउने उनीहरूको जिकिर छ । के मेवा साँच्चै तातो हुन्छ र गर्मीमा यसलाई खानु हुँदैन? पोषण बिद भने गर्मीमा मेवा खानु निकै फाइदाजनक रहेको बताउँछन् । यो फलमा प्रशस्त मात्रामा फाइबर हुन्छ र यसमा प्यापेन नामक इन्जाइम हुन्छ ।  हरेक मौसममा मेवा खाँदा स्वास्थ्य लाभ हुन्छ । मेवालाई तातो मान्न नसकिने र गर्मीमा यसलाई खाँदा कुनै हानि नहुने उनीहरूको भनाई छ।  मेवा हाम्रो पेट सफा गर्न मद्दत गर्छ र शरीरमा जम्मा भएको बोसो घटाउँछ...
सीपलाई सार्थकता दिन नेपाल वेस्टर्न एकेडेमीका विद्यार्थीबिच फुड कुकिङ प्रतिस्पर्धा गरियाे

सीपलाई सार्थकता दिन नेपाल वेस्टर्न एकेडेमीका विद्यार्थीबिच फुड कुकिङ प्रतिस्पर्धा गरियाे

कैलाली, मुख्य समाचार, शिक्षा, समाचार
विद्यार्थीले पढेर,सिकेर आर्जन गरेको सीपलाई सार्थकता प्रदान गर्न धनगढीको नेपाल वेस्टर्न एकेडेमीमा विएचएम फुड कुकिङ कम्पीटिसन सम्पन्न गरिएको छ । कैलालीको धनगढी सन्तोषी टोलमा रहेको नेपाल वेस्टर्न एकेडेमीमा होटेल म्यानेजमेन्ट बिषयमा स्नातक पढिरहेका ४ वटा सेमेस्टरको विद्यार्थीहरु विच फुड कुकिङ कम्पीटिसन गराइएको हो । फुड कुकिङ कम्पीटिसनमा सहभागि विद्यार्थीहरुले कलेजमा पढेका,सिकेका विभिन्न खानाका परिकारहरु बनाएका थिए । विद्यार्थीहरुले पढेर सिकेको सीपलाई प्रतिस्पर्धामा प्रदर्शन गरेका थिए । शनिबार सम्पन्न फुड कुकिङ कम्पीटिसनमा विएचएम सेकेण्ड,फोर्थ,फिप्थ र सिक्थ सेमेस्टरको विद्यार्थी सहभागि भएका थिए । प्रतिस्पर्धामा नेपालको मौलिकता झल्किने खानाका परिकारहरु ढिँडो,सिस्नुको साग,तिलको अचार,लोकल कुखुराको मासु,सुकेको माछाको चटनी बनाउँदै विएचएम सिक्र्थ सेमेस्टर प्रथम स्थान प्राप्त गर्न सफल भएका थि...
कैलाली को नापी कार्यालय घुस माग्ने अड्डा बन्दै नापी कार्यालय धनगढीमा मागियो जनप्रतिनिधीसँग दुई लाख घुस

कैलाली को नापी कार्यालय घुस माग्ने अड्डा बन्दै नापी कार्यालय धनगढीमा मागियो जनप्रतिनिधीसँग दुई लाख घुस

कैलाली, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढीः नापी कार्यालय धनगढी सेवाग्राहीबाट घुस माग्ने अड्डा बन्दै गएको छ। नापी कार्यालय धनगढीमा कार्यरत कर्मचारीहरूले सेवाग्राहीबाट हाकाहाकी घुस वाफतको रकम असुल्न थालेका हुन्। कर्मचारीलाई घुस नदिएसम्म सेवा पाउनै मुस्किल हुने गरेको सेवाग्राहीको गुनासो छ। यतिसम्म कि नापी कार्यालय धनगढीबाट सेवा लिँदा जनप्रतिनिधिसँग समेत खुलेआम घुस मागेको तथ्य बाहिर आएको छ। गौरीगङ्गा नगरपालिका–४ का वडा सदस्यसँग नापी कार्यालय धनगढीका सर्वेक्षकले दुई लाख रुपैयाँ घुस मागेको तथ्य बाहिर आएको छ। हाकाहाकी घुस माग्छन् नापीमा गौरीगङ्गा नगरपालिका–४ का वडासदस्य हुन् बलराम सापकोटा। सापकोटा आफ्ना तीन जना भाइसहित बैशाख २१ गते नापी कार्यालय पुगेका थिए। आफ्नो नाममा रहेको जग्गाको लगतकट्टा गर्न र चार कित्तामा अंशबण्डा भएको १६ कट्टा जग्गाको लालपुर्जा लिन भाइहरूसँगै वडा सदस्य सापकोटा नापी कार्यालय पुगेका हुन्। तर, नापी कार...
प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै

प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै

कैलाली, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार चौथो पटक विश्वासको मत लिँदैछन्। प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्नेछन्। जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। जसपा नेपाल वैशाख ३१ गते सरकारबाट बाहिरिएको थियो। र, समर्थनसमेत फिर्ता लिएको थियो। संविधानको धारा १०० को उपधारा २ अनुसार प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्नेछ। २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते पहिलो पटक विश्वासको मत लिएका थिए। २०७९ पुस १० गते प्रधानमन्त्री न...
NMSRA धनगढी इकाईको आयोजनामा फुटसल टुनामेन्ट सम्पन्न , आयोजक टिम बिजयि ! !

NMSRA धनगढी इकाईको आयोजनामा फुटसल टुनामेन्ट सम्पन्न , आयोजक टिम बिजयि ! !

समाचार
"राष्ट्रको लागि खेल स्वास्थ्यको लागि खेल बन्ने मूल नाराका " साथ नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ  धनगढी इकाईले आयोजना गरेको NMSRA कप  २०८१ फुट्सल टुर्नामेन्ट भव्यताका साथ सम्पन्न भएको छ । २०८१ जेठ महिनाको ४ र ५ गते सम्पन्न भएको प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको थियो। जस अनुसार नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाइको दुईवटा टिम सञ्जीवनी अस्पताल, माया मेट्रो हस्पिटल धनगढी, सेती प्रादेशिक हस्पिटल धनगढी, नोभा हस्पिटल धनगढी, सिपी हस्पिटल धनगढी, निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्राली धनगढी, NCDA कैलाली,PDAN कैलाली गरी १० वटा टिमको सहभागिता रहेको थियो। जस अनुसार फाइनल म्याच नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाईको टिम १ र सेती प्रादेशिक अस्पताल बीच फाइनल प्रतिस्पर्धा भएको थियो र फाइनलमा नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ धनगढी...
काठमाडौंमा युवकमाथि खुकुरी प्रहार गर्ने बझाङका तीन सहित सुदूरपश्चिमका ९ जना पक्राउ

काठमाडौंमा युवकमाथि खुकुरी प्रहार गर्ने बझाङका तीन सहित सुदूरपश्चिमका ९ जना पक्राउ

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : काठमाडौंमा एक युवकमाथि खुकुरी प्रहार गर्दा सुदूरपश्चिमका विभिन्न जिल्लाका नौँ जना पक्राउ परेका छन्।कीर्तिपुर नगरपालिका–१० नयाँबजारमा दुई समुह बिच बुधवारवार झडप भएको थियो। झडपमा धारिलो हतियार खुकुरी प्रहार गरेको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधवार पक्राउ परेका उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरूमा काठमाडौंका विभिन्न ठाउँमा डेरा गरी बस्ने अछामका २७ वर्षीय मोहन खड्का, २१ वर्षीय धुर्वबहादुर बिष्ट तथा २३ वर्षीय नविन भन्ने नृप भण्डारी रहेका छन्। बझाङ घर भएका २० वर्षीय उपेन्द्र सिंह, २१ वर्षीय सुनिल रोकाया तथा २१ वर्षीय सुदिप गिरी रहेका छन्।यस्तै बैतडी घर भएका २७ वर्षीय जयन्त धानुक, कैलालीका २० वर्षीय तेज थापा र २२ वर्षीय तपेन्द्र खाती रहेका छन्। कीर्तिपुर नयाँबजारस्थित तपेन्द्रराज खाती र धनेश्वर खड्कासँगको पुरानो रिसिवी साँध्ने क्रममा बुधबार बेलुकी...
जग्गा वितरणमा सर्वोच्चको रोक

जग्गा वितरणमा सर्वोच्चको रोक

बार्षिक, मुख्य समाचार, समाचार
धनगढी : राष्ट्रिय भूमि आयोगसहित सरकारविरुद्ध दायर भएको रिटमा सर्वोच्चले वन क्षेत्र रहेको कुनै पनि जग्गामा बस्ती बसाउने सरकारको तयारी र व्यक्तिगत कार्यलाई रोक लगाउने फैसला गरेको छ। अधिवक्ता चन्द्रमणि पौडेलले दायर गरेको रिटमा फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले वन जङ्गल लगायत संरक्षित क्षेत्रको जग्गा वितरण सम्बन्धी नीतिका बारेमा व्याख्या गरेको हो। सरकारले सुकुमवासी वा अस्थायी बसोबास गर्दै आएका व्यक्तिहरूलाई एक पटकका लागि जग्गा वितरण गर्ने कानुन ल्याएपछि त्यसविरुद्ध दायर भएको रिटमा सर्वोच्चले वन जङ्गल मासेर बस्ती बसाउन नपाइने फैसला गरेको छ। प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र प्रकाशकुमार ढुङ्गानाको संवैधानिक इजलासले कुनै पनि बहानामा वन क्षेत्रको जग्गा वितरण नगर्न परमादेश जारी गरेको छ । संवैधानिक इजलासले...
भुकम्प बाट बच्ने सम्बन्धि कृतिम अभ्यास सम्पन्न

भुकम्प बाट बच्ने सम्बन्धि कृतिम अभ्यास सम्पन्न

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ जिल्लामा रहेको प्रगतिशील युवा समाजले भुकम्प बाट बच्ने सम्वन्धि कृतिमा अभ्यास सञ्चालन गरेको छ । जिल्लाकाे केदारस्यु गाउँपालीकामा वल्र्ड भिजन ईटनेशनल नेपाल र प्रगतिशिल युवा समाज बझाङद्वार विभिन्न जनचेतनामूलक कार्यक्रम गरिएको हाे । स्थानीयतहमा रहेका विभिन्न विद्यालयमा संचालित समाबेशि तथा गुणस्तरीय शिक्षा परियोजना अर्तगत केदारस्यु गाउँपालिकाका १५ वटा विद्यालयमा कार्यक्रम गरिएको थियाे । विभिन्न विद्यालयमा सञ्चालन भएको जनचेतनामूलक कार्यक्रममा ११०० भन्दा बढी विद्यार्थीहरुकाे सहभागी रहेको थियाे । कार्यक्रममा ,शिक्षक,अभिभावकहरूकाे उल्लेख्य उपस्थिति रहेकाे फिल्ड अधिकृत दिनेश खड्काले बताए । सञ्चालन भएको कार्यक्रममा भुकम्प बालविवाह न्युनिकरण सहितकाे बिषयमा यसकाे उदेश्य भुकम्प बाट कसरी सुरक्षित हुने र कसरी बच्ने सम्बन्धि कृतिम अभ्यास गरियो हाे ।१५ वटा बिधालय मा २०८१/१/२३ गते सु...
सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासकाे मत लिने बैठक स्थगित

सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासकाे मत लिने बैठक स्थगित

कैलाली, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत लिनका लागि बसेको प्रदेश सभा बैठक ३० मिनेटका लागि स्थगित भएको छ ।मुख्यमन्त्री नियुक्तिको विषयमा प्रदेश प्रमुख र प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई निलम्बन गर्ने सवालमा सभामुखको भूमिका असंवैधानिक रहेको भन्दै नेपाली काँग्रेस र नागरिक उन्मुक्ति पार्टीका पाँच जना (संरक्षक रेसम पक्षधर) प्रदेश सभा सदस्यहरूले विरोध जनाएपछि बैठक स्थगित गरिएको हो ।दुवै पार्टीका प्रदेश सभा सदस्यहरूले आफ्नो कुर्सीबाट उठेर विरोध जनाउँदै रोस्टमसमेत घेराउ गरेका थिए । उनिहरूले नाराबाजी गरेपछि सभामुख भीमबहादुर भण्डारीले ३० मिनेट बैठक स्थगित भएको घोषणा गरे। बिहान सवा १० बजे बोलाइएको बैठक ढिलो गरेर सुरु भएको थियो । बैठकको सुरुवातमै नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले आफ्नो पार्टीको संसदीय दलको नेता आफू हुँदाहुँदै किर्ते नेता खडा ...
सुदूरपश्चिम प्रदेश सभाको बैठकमा नाराबाजी

सुदूरपश्चिम प्रदेश सभाको बैठकमा नाराबाजी

कैलाली, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेश सभाको बैठकमा नाराबाजी भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले बिहिवार बिहान १०ः१५ बजे विश्वसको मत लिनका लागि बोलाइएको बैठकमा प्रतिपक्षमा रहेका दलहरुले नाराबाजी गरेका हुन्। दोस्रो प्रदेश सभाको तेस्रो अधिवेशनको १०औँ बैठक नेपाली काँग्रेस र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले बैठक अवरुध पारेका हुन्। उनीहरूले सभामुख भीमबहादुर भण्डारीले बैठक सुरुगरेपछि विरोध गरेका थिए। सभामुख भण्डारीले मुख्यमन्त्री सोडारीलाई विश्वासको मतका लागि बैठक आह्वान गरिएको बताएका थिए। तर, प्रदेश सभा सदस्यहरूले नमानेपछि आधा घण्टका लागि बैठक स्थगित गरिएको हो। उनीहरूले मुख्यमन्त्री नियुक्तीमा प्रदेश प्रमुखको व्ययभार असंवैधानिक भएको बताएका छन्। नेकपा (एकीकृत समाजवादी) पार्टीका सोडारी वैशाख ६ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्...
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले बिहीबार विश्वासको मत लिँदैछन्। वैशाख ६ गते संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त भएका सोडारीले आज प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सत्तासाझेदार नेकपा (एमाले) ले तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि यसअघि वैशाख २१ र २२ गते मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाउनुभएको प्रदेशसभाको बैठक स्थगित गरिएको थियो। एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई प्रदेशसभा सदस्य र स्वतन्त्र डा तारा जोशीको समर्थनमा सोडारी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। ५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादी पार्टीका चार तथा रा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज