Advertisement

बझाङमा प्रहरीलाई छलेर क्षमता भन्दा बढि यात्रु ओसार्दै जीप व्यवसायी

Advertisement

बझाङको सदरमुकाम देखि पारी डुङ्ग्री देखि  भातेखोला तर्फ गईरहेको जिपले क्षमत भन्दा २/३ गुणा बढि सवारी हाल्ने गरेको पाइएको छ । बझाङ जिल्ला को मस्टा गाउँपालिकाका शाखा रोडहरुमा मनोमानी तरिकाले क्षमता भन्दा बढी यात्रु  बोक्ने गरेको पाइएको छ। जीपले छतमा समेत यात्रुहरु कोचाकोच हालेको दृष्य प्रस्ट देखिन्छ।   जीपको भित्र अगाडी पछाडी पुरै मान्छे प्याक भएर छत पनि प्याक भई पछाडी  झुण्डेर सवारी गरिरहेका दृश्य प्रष्टसंग देख्न सकिन्छ ।

यो भन्दा अगाडि पनि उक्त सडकमा यस्तै लापरबाही ले २ठूला दुर्घटना भैसकेका छन्  उक्त दुर्घटनामा १० जना एक पटक र ८ जना मान्छेको अर्को पटक मृत्यु समेत भैसकेको छ भने दर्जनौं मान्छे घाइते भएका थिए । मस्टा गाउँपालिका वडा न १ का वडाअध्यक्ष कै घर अगाडि बाट त्यसरी मान्छे हालेको दृश्य सबैल प्रष्ट देखेका हुन्छन् तर स्थानीय सरकार र जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङ को समेत यस्तो दुर्घटना हुने ठाउँ मा ध्यान पुगेको देखिएन । यसरी कठिन सडकमा पैसा कमाउमे आसामा क्षमता भन्दा बढि यात्रु  बोकेर जनताको ज्यान लाई उच्च जोखिममा राखेका छ । समय मै यस्ता कुराहरुमा ध्यान नदिदा पछि गएर दुर्घटना हुने प्रवल सम्भावना हुन्छ ।

साँघुरो र खाल्डाखुल्डी परेको सडकको यात्रामा सिटमा मात्र होइन, हुटभरि पनि उत्तिकै यात्रु जिपमा सवार थिए। त्यतिकै सामान राखिएको थियो। जिपले भित्र कोचाकोच यात्रु राखेर मात्रै नभएर खस्नै लाग्ने गरी बाहिर ढालासमेत यात्रु बोकेका छन् । 

गाउँतिर प्रहरीको आँखा छलेरमात्रै नभएर बजार क्षेत्र, प्रहरी, प्रशासन, ट्राफिक प्रहरी कार्यालयकै अगाडि क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका छन् । सवारी साधनको चेकचाँजमा कडाइ नगर्दा व्यवसायीहरूले क्षमताभन्दा दोब्बर यात्रु बोकर जोखिमपूर्ण यात्रा गराइरहेका छन् । खासगरी ग्रामीण क्षेत्रका सडकहरूमा प्रहरीको सक्रियता निकै कमजोर देखिएको छ ।

तर ग्रामीण क्षेत्रमा चल्ने सवारी साधनमाथि प्रहरीले निगरानी नगर्ने गरेको कुरा समेत मस्टा गाउँपालिका सडकमा चल्ने गाडीले प्रष्ट पारिदिएका छन्। 

यता प्रहरीले भने चेकजाँचमा कडाई गरिएको बताउदै आएको छ । यस्ता जोखिम हरु बाट बच्न सम्बन्धित निकायले समेत ध्यान दिन आवश्यक देखिन्छ । यस्तो जोखिमपुर्ण यात्रा गर्ने यात्रुहरुले पनि सचेत हुन आवस्यक देखिन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज