बझाङमा माओवादीभित्र विद्रोह, मुल नेतृत्व विरुद्ध समानान्तर कमिटी गठन
धनगढीः नेकपा माओवादीभित्रै विद्रोह सुरु भएको छ। यस्तो विद्रोहको सुरुवात बझाङबाट भएको छ।
पार्टीको नीतिविपरीत नेतृत्व चयन गर्ने काम भएपछि बझाङमा माओवादी केन्द्र नै २ कित्तामा विभाजन हुन पुगेको छ। मुल नेतृत्वबाटै गैरजिम्मेवारी काम हुन थालेपछि यसको विरुद्ध स्वरुप समानान्तर कमिटी नै गठन गरिएको छ। नन्दलाल धामीको संयोजक र अम्मरराज भण्डारी सचिव रहने गरी समान्तन्तर कमिटी गठन गरिएको छ।
एक पदमा एक जना मात्र रहने पार्टी निर्णय हो तर बझाङमा यस विपरीत काम हुन थालेपछि विरोधमा उत्रिएको आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा समान्तर कमिटीका संयोजक नन्दलाल धामीले बताए। जनप्रतिनिधिलाई जनप्रतिनिधिकै रुपमा रहने दिने, उनीहरुलाई सरकारी काममै सहयोग गर्ने र पार्टीको कुनै जिम्मेवारीमा नराख्ने निर्णय थियो।
तर पार्टीको नीति विपरीत काम हुन थालेपछि विद्रोह गर्नु परेको समान्तर...











