आज लुम्बिनी, सुदूरपश्चिम र कर्णालीका केही स्थानमा वर्षा
काठमाण्डौ – आज लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा मौसम सामान्य बदली छ । त्यस्तै कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले बदली र वर्षाको सम्भावना रहेको जल मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले जारी गरेको मौसमी बुलेटिनका अनुसार अहिले कोशी, बाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारण बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी केही भागमा हल्कादेखि मध्यम बदली रहनेछ ।
आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ । तीनवटै प्रदेशको पहाडी भागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।
भोलि पनि कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली साथै बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भागमा हल्क...










