Advertisement

हाम्रो बारेमा

इसराइलले गर्‍यो लेबननको राजधानी बेरूतमा आक्रमण

इसराइलले गर्‍यो लेबननको राजधानी बेरूतमा आक्रमण

समाचार
इसराइलले लेबननको राजधानी बेरूतमा आक्रमण गरेको छ। बिहीबार बिहान लेबननको राजधानी बेरूतमा हवाई हमलाका ठूला ठूला आवाजहरु सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। इसराइली सेनाले हिजबुल्लाहलाई लक्षित गरी हवाई आक्रणम गरेको पुष्टी गरेको छ। बेरूतको दक्षिणी दहियाहमा हिजबुल्लाहोक किल्ला रहेको ठाउँमा हवाई आक्रमण गरेको इसराइली डिफेन्स फोर्सको दाबी छ। आक्रमणमा ७ जनाको मृत्यु भएको छ। मारिनेहरू हिजबुल्लाहका लडाकु हुन् कि सर्वसाधारण हुन् भन्ने खुलेको छैन। समाचार संस्था सिएनएनका अनुसार बेरूतमा इसराइलले १८ वर्षपछि हवाई आक्रमण गरेको हो। इसराइलले हिजबुल्लाहका अखाडा रहेको बताउँदै  लेबननका ५१ वटा ठाउँ तोकेर आम सर्वसाधरणलाई त्यहाँबाट भाग्न आग्रह गरेको थियो। इसराइली र अमेरिकी अधिकारीहरूले अहिलेसम्म हिजबुल्लाहका आधा हतियार नष्ट गरिसेको दाबी गरेका छन्। इसराइलले गाजामा हमाससँग ...
अपडेट : बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३३ पुग्यो

अपडेट : बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३३ पुग्यो

समाचार
१७ असोज, काठमाडौं । यही असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको छ । २२ जना अझै बेपत्ता छन् । १६९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ । सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको तथा अवरुद्ध राजमार्ग मर्मतसम्हार गरी यातायातका साधन सञ्चालन गर्न अथक प्रयास गरिरहेको छ ।...
भारी वर्षाले विराटनगर एयरपोर्टमाथि श्री एयरको जहाज आधा घण्टा होल्ड

भारी वर्षाले विराटनगर एयरपोर्टमाथि श्री एयरको जहाज आधा घण्टा होल्ड

समाचार
१७ असोज,विराटनगर । भारी वर्षा र हावाका कारण विराटनगर विमानस्थलको उडान अवतरण केही समय प्रभावित भएको छ । जसका कारण काठमाडौँबाट विराटनगरका लागि उडेको श्री एयरको विमान करिब आधा घण्टा आकाशमै होल्ड भएको छ । विमानस्थल नखुलेपछि विमानले आकासशमा ६ फन्को लगाएको थियो । आज बिहानै खुलेको विमानस्थल भारी वर्षा र हावा चलेपछि करिब ८ बजेपछि बन्द भएको थियो । वर्षा कम भएपछि साढे ८ बजे एयरपोर्ट खुलेको हो । एयरपोर्ट खुलेपछि श्री एयरको जाहाज अवतरण भएको विराटनगर विमानस्थल प्रमुख सुभास झाले बताए । ‘ल्याण्ड गर्ने बेलामा वर्षा र हावाहुरी चलेपछि आकाशमै होल्ड भएको हो,’ उनले भने,‘एयरपोर्ट खुलेपछि विमान ल्याण्ड भयो ।’ विराटनगरमा बिहीबार बिहानैदेखि वर्षा भइरहेको छ । विराटनगरमा एयरपोर्टमा रहेको  वर्षा मापन केन्द्रमा पछिल्लो तीन घण्टामा ४०.६ मिलिमिटर वर्षा मापन भएको थियो ।...
लिभरपुल र युभेन्ट्सको लगातार दोस्रो जित

लिभरपुल र युभेन्ट्सको लगातार दोस्रो जित

समाचार
१७ असोज, काठमाडौं । इंग्लिस क्लब लिभरपुल र इटालियन क्लब युभेन्ट्सले युरोपियन च्याम्पियन्स लिगमा लगातार दोस्रो जित हात पारेको छ । लिभरपुलले घरेलु मैदानमा बोलोग्नालाई २-० ले पराजित गरेको हो । एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि एलेक्सिस म्याक एलिस्टरले ११औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । मोहमद सालाहले ७५औं मिनेटमा अर्को गोल थपे । लगातार दोस्रो जितपछि लिभरपुल ६ अंक जोडेर पाँचौ स्थानमा छ । यस्तै दश खेलाडी समेटिएको युभेन्ट्सले दुई पटक पछि परेको स्थिति उल्टाउँदै जर्मन क्लब लाइपजिगलाई ३-२ ले पराजित गरेको छ । लाइपजिगका लागि बेन्जामिन सेस्कोले ३०औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ५०औं मिनेटमा डुसान भ्लाहोभिकले युभेन्ट्सका लागि बराबरी ल गरे । ५९औं मिनेटमा भिएआरको सहयोगमा एम डी ग्रेगोरिओले रातो कार्ड पाएपछि युभेन्ट्स दश खेलाडीमा समेटियो । ६५औं मिनेटमा सेस्कोले पेनाल...
बझाङको बगडगाउँमा प्रथम अध्यक्ष कप भलिबल हुने

बझाङको बगडगाउँमा प्रथम अध्यक्ष कप भलिबल हुने

Breaking News 1, खेलकुद, ताजा अपडेट, बझाङ, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लाकाे छविस पाथिभेरा गाउँपालीका वडा नम्बर १ मा प्रथम अध्यक्ष कप भलिबल हुने भएको छ । छविस पाथीभेरा गाउँपालीकाकाे वडा नम्बर एक बगडगाउँमा वडा अध्यक्ष कप भलिबल हुने भएको हाे । जिल्लाकाे छविस पाथिभेरा वडा नम्बर १ ले बडा दशैकाे उपलक्ष्यमा भलिबल प्रतियोगिता राखेको जनाएको छ । कार्यक्रम यहीँ १९ गते बाट सञ्चालन हुने भएको छ । दशै तथा शुभदिपावलीकाे अवसरमा छविस वडा नम्बर एकले खुला भलिबल प्रतियोगिता राखेको अध्यक्ष करनजङ्ग बहादुर सिँहले बताउनु भयाे । उनले भने, वडा नम्बर एक का युवाहरुकाे सकृयतामा केही वडाकाे अर्थिक सहयाेग सहित युवाकाे एकिबद्दतामा कार्यक्रम हुन लागेको हाे । यहीँ १९ गते देखि सञ्चालन हुने कार्यक्रममा साँस्कृतिक कार्यक्रम सहित केन्द्रीय कलाकार र स्थानीय कलाकारकाे बेजोड परश्तुति रहने साँस्कृतिक सँयाेजक महेश धामीले बताउनु भयाे । भलिबलमा प्रथम पुरस्कार १ लाख १ हजार ६ सय २...
रेडक्रसले गर्यो बझाङको सुनकुडा बजार सरसफाइ

रेडक्रसले गर्यो बझाङको सुनकुडा बजार सरसफाइ

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : नेपाल रेड क्रस सोसाइटीद्वारा संचालित "परिवर्तक - The ChangeMaker" अभियान अन्तर्गत बझाङको बित्थड चिर गाउँपालिका वडा नम्बर ९ को सुनकुडा बजारमा सरसफाई अभियान सम्पन्न भएको छ। IFRC को आर्थिक सहयोगमा सम्पन्न भएको यस कार्यक्रममा सुनकुडा नमुना माध्यमिक विद्यालय, डुम्राकोट प्रगतिशील समाज, र बित्थड चिर गाउँपालिका वडा नम्बर ९ को सहकार्य रहेको थियो । सरसफाई कार्यक्रममा विद्यार्थी, स्थानीय व्यापारी र समुदायका अन्य सदस्यहरूको उत्साहजनक सहभागिता थियो । कार्यक्रमको उद्घाटन गर्दै सुनकुडा नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक मदनबहादुर बमले सरसफाई अभियानले विद्यार्थीहरूमा जनचेतना फैलाउने र वातावरणीय प्रदूषण घटाउने महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले जलवायु परिवर्तनका कारण उत्पन्न समस्याहरूलाई न्यूनीकरण गर्न यस्ता कार्यक्रमहरू विशेष महत्त्वपूर्ण रहेको औंल्याउनुभयो। बित्थड चिर गाउँपालिका व...
जनप्रियले मनायो सांस्कृतिक उत्सव

जनप्रियले मनायो सांस्कृतिक उत्सव

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
जनप्रियले मनायो सांस्कृतिक उत्सव मसुरिया– विजया दशमी, दीपावली तथा छठ पर्वको अवसर पारेर गौरीगंगा नगरपालिका–८, लिक्मास्थित जनप्रिय माध्यमिक विद्यालयले सांस्कृति उत्सव मनाएको छ । प्रधानाध्यापक धनीदत्त भट्टको अध्यक्षमा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले अतिरिक्त क्रियाकलाप अन्तर्गत सांस्कृतिक उत्सव मनाएका हुन् । कार्यक्रममा विद्यार्थीहरुले पहिरनसहितका थारू नृत्य, डेउडा नृत्य तथा गीत प्रस्तुत गरेका थिए । सांस्कृतिक प्रस्तुतिसँगै विद्यालयले विद्यार्थीहरुको अतिरिक्त क्रियाकलाप अन्तर्गत घैंटो फोड प्रतियोगिता पनि गरेको थियो । प्रतियोगितामा विद्यार्थीतर्फबाट कक्षा १० मा अध्ययरत विद्यार्थी प्रशान्त टमट्टा र शिक्षक–कर्मचारीबीचको प्रतियोगितामा विद्यालयका कर्मचारी रमा कँडेल विजय भएका थिए । यसैगरी कार्यक्रममै जनप्रिय माध्यमिक विद्यालयबाट सरुवा भई गएका शिक्षक शान्ति पन्त र उत्त...
यौन सम्पर्कका क्रममा युवतीको मृत्यु, युवक थुनामा

यौन सम्पर्कका क्रममा युवतीको मृत्यु, युवक थुनामा

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय, घटना, ट्रेन्डिङ, ताजा अपडेट
काठमाडौँ । यौन सम्पर्ककै क्रममा युवतीको मृत्यु भएपछि सम्बन्धित युवकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको गुजरात राज्यको नवसारीमा प्रहरीले २६ वर्षीय युवकलाई ‘मनसायरहित’ हत्याको आरोपमा पक्राउ गरेको हो । ती युवकले यौन सम्पर्कपछि अत्यधिक रक्तस्रावका बाबजुद युवतीलाई उपचारका लागि समयमै अस्पताल नलगेको प्रहरीको भनाइ छ । पीडित युवतीको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । आरोपितले प्रमाण नष्ट गरेकोबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले पीडित र पीडक दुवैको नाम गोप्य राखेको छ । नवसारी जिल्लाको जलालपुर निवासी युवकले एक परिचित युवतीसँग यौन सम्पर्क गरेको र रक्तस्राव भएर युवती सिकिस्त हुँदा पनि एम्बुलेन्स बोलाएर अस्पताल लैजानुपर्नेमा अनलाइनबाट औषधि मगाउन खोजेको प्रहरीको भनाइ छ । स्थानीय एसपी सुशील अग्रवालका अनुसार फरेन्सिक रिपोर्टमा अत्यधिक रक्तस्रावकै कारण युवतीक...
शिक्षा खरिद बिक्रि भयो भन्दै ऐन प्याब्सनले बुझायो नगर प्रमुख लाई ध्यानाकर्षण पत्र

शिक्षा खरिद बिक्रि भयो भन्दै ऐन प्याब्सनले बुझायो नगर प्रमुख लाई ध्यानाकर्षण पत्र

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलाली : कैलाली जिल्लाको गौरीगंगा नगरपालिका को २०८१ असोज ०७ गते बसेको कार्यपालिकाको निर्णय अनुसार शिशु स्याहर,मन्टेस्वरी र बालबिकास संचालन कार्यविधि र बिधालय स्थानान्तरण समन्धी पारित निर्णय विरुद्ध निजि तथा आवासीय बिद्यालयको छाता संगठन एन प्याब्सन ले नगर प्रमुख लाई यो कार्य तुरुन्त रोक्नु भन्दै ध्यानाकर्षण पत्र बुझाएको प्रदेश सयोजक दिपक बम कामना टुडेलाइ बताएका छन । यस सन्दर्भ मा बिद्यार्थी संख्या कम भइ सामुदायिक बिधालय मर्ज गर्नु पर्ने अवस्था मा छन भने, अर्को तर्फ शिशु स्याहार केन्द्र खोल्नु पर्ने कस्तो कार्यविधि हो भन्दै एन प्याब्सन संठन गौरीगंगा नगर पालिका सयोजक ध्वज ब बोगटी ले प्रस्न उठाएका छन । शैक्षिक सस्था खरिद बिक्री गर्ने केन्द्र होइन पनि भन्ने अर्को तर्फ कक्षा कोठा,शिक्षक विवरण ,बिद्यार्थी विवरण नजिक चलेका बिधालयको अनुमती विवरण बिना बिधालय स्थानान्तरण दिएको भन्दै छाता संठन एन प्य...
हुम्लामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर २ जनाको ज्यान गयो

हुम्लामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर २ जनाको ज्यान गयो

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डाै – हुम्लामा माटोको ढिस्कोले पुरिएर दुई जनाको ज्यान गएको छ । ताँजाकोट गाउँपालिका–३ मा औलको सियाणी खोलामा आज माटो खन्ने क्रममा ढिस्कोले पुर्दा स्थानीय बासिन्दा २५ वर्षका धुव्र शाही र २४ वर्षकी मनसुरा शाहीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । उनीहरूसँगै गएका अर्का स्थानीय बासिन्दा लालबहादुर शाही सामान्य घाइते हुनुभएको छ । दशैँका लागि घर सजावट गर्ने सेतो कमेरो माटो खन्ने क्रममा ढिस्कोले पुरिएर उनीहरूको ज्यान गएको हो । उज्यालो अन्लाईन बाट...
यी हुन् नेपाल प्रिमियर लिग (एनपिएल) को आठ टिमका टिम मालिक

यी हुन् नेपाल प्रिमियर लिग (एनपिएल) को आठ टिमका टिम मालिक

समाचार
  नेपाल प्रिमियर लिग (एनपिएल) को आठ टिमका टिम मालिक सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघले मंगललबार साँझ एक कार्यक्रम आयोजना गरी टिम मालिकको नाम सार्वजनिक गरेको हो। सोही कार्यक्रममा आठै टिमको लोगो पनि देखाइएको थियो। काठमाडौं गोर्खाजका टिम मालिकमा कैलाश सिरोहिया,उपेन्द्र महतो र अरूण सराफ रहेका छन्। नेपाल स्पोर्टस डेभलपमेण्ट भेन्चर प्रा.लि. कम्पनीले यो टिम किनेको हो। पोखरा एभेन्जर्स नेपाल टी–ट्वान्टी क्रिकेट लिमिटेडले खरिद गरेको हो भने टिम मालिकमा सुवोध त्रिपाठी र मनोबल श्रेष्ठ रहेका छन्। चितवन मेडिकल कलेजले किनेको चितवन राइनोजका टिम मालिक हरिशचन्द्र न्यौपाने र आयुश न्यौपाने हुन्। विराटनगर किंग्सका मालिक पारस लुनियाँ हुन्। कम्पनीको नाम एमएडी ड्रीम्स हो। लुम्बिनी लायन्सका टिम इश्वर...
एनपिएल टोली  सुदूरपश्चिम रोयल्सको  प्रशिक्षकमा जगत टमाटा

एनपिएल टोली सुदूरपश्चिम रोयल्सको प्रशिक्षकमा जगत टमाटा

समाचार
नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्सको प्रशिक्षकमा जगत टमाटा नियुक्त भएका छन्। उनलाई प्रशिक्षक नियुक्ती गरेको रोयल्सले बुधबार विज्ञप्तिमार्फत् जनाएको छ। नेपाली क्रिकेटमा लामो समयदेखि योगदान दिएका प्रशिक्षक भित्र्याउदा गर्व लागेको रोयल्सले बताएको छ। टमाटा हाल नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग क्यानडामा छन्। उनी क्यानडा र अमेरिका भ्रमणका लागि नेपालको कन्सल्ट्यान्ट प्रशिक्षक नियुक्त भएका थिए। त्यसअघि टमाटा राष्ट्रिय खेलकुद परिषदका क्रिकेटका मुख्य प्रशिक्षक थिए भने उनले नेपाली महिला र पुरुष राष्ट्रिय टोलीको जिम्मेवारी समेत लिएका थिए। सुदूपश्चिमको स्वामित्व एम्पायर स्पोर्ट्सले किनेको थियो। यसको प्रमुख स्वतन्त्र प्रताप शाह छन्। यसअघि सुदूरपश्चिमको मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी छनोट भएका थिए। आगामी असोज २० गते अरु खेलाडी छनोटका लागि अक्सन हुँदैछ। लिग मंसिर...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज