अनियन्त्रित माइक्रो छिर्यो घरभित्र
दाङको तुलसीपुरबाट सल्यान हुँदै रुकुम पश्चिमका लागि छुटेको एउटा माइक्रो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
आइतबार बिहान तुलसीपुरबाट रुकुम पश्चिम जाँदै गरेको बा.प्र ०३ –००१ ज ७७२ नम्बरको विद्युतीय माइक्रो गाडी तुलसीपुर उपमहानगरपालिका – ७ डाँडापातुवा सडकमा अनियन्त्रित भई स्थानीय खिमबहादुर मल्लको घरमा छिरेको थियो।
गाडी केही भाग कोठाभित्रै छिरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता इन्स्पेक्टर प्रकाश थापाले जानकारी दिए।
दुर्घटनामा परी माइक्रो चालक, त्यसमा सवार यात्रु र डेरामा बसेकाहरू घाइते भएका छन्।
प्रहरी निरीक्षक थापाका अनुसार माइक्रो चालक रुकुम पश्चिम मुसिकोट नगरपालिका – ४ का २५ वर्षीय कुमार सन्यासी , यात्रुहरु सल्यानको शारदा नगरपालिका – ७ की २४ वर्षीया कल्पना चलाउने, उनकी ८ वर्षीया छोरी निर्मला चलाउने, घर भाडामा बस्दै आएका १२ वर्...












