बझाङको साइपालमा नुन अभाव, ढुवानी प्रक्रिया अन्योलमा
बझाङ : बझाङको विकट साइपाल गाउँपालिकामा नुन अभाव चर्किएको छ। साल्ट ट्रेडिङ कर्पोरेसनले समयमै नुन ढुवानी नगर्दा स्थानीय बासिन्दाले ऐंचोपैंचो गरेर काम चलाइरहेका छन्। हिउँद सुरु भइसकेको र बाटो अवरुद्ध हुने सम्भावना बढेको हुँदा स्थिति झन् जटिल बन्ने देखिएको छ।
धुली गाउँकी मोतिमा रोकायाले गत वर्ष मंसिरमा खरिद गरेको नुनले पुससम्म मात्र धानेको बताइन्। अहिले नुन अभाव भएपछि छिमेकीबाट मागेर काम चलाउनु परेको छ। भेडाच्याङ्ग्रा र अन्य पशुचौपायाका लागि पनि नुन आवश्यक हुने भएकाले समस्या झन् गम्भीर बनेको छ।
साल्ट ट्रेडिङ कर्पोरेसनले साउनमा बोलपत्र आह्वान गरेर ढुवानीकर्ताको छनोट गरिसकेको थियो। भदौमा ठेकेदारलाई सम्झौता गर्न आग्रह गरे पनि सम्झौता प्रक्रिया टुंगो लाग्न नसकेको ढुवानीकर्ता देउती बज्यै कन्ट्रक्सनले जनाएको छ।
“कर्पोरेसनले सम्झौता गर्न बोलाए पनि विभिन्न बहाना गरेर टारिरहेको छ,” कम्पनीका टोपन...












