पालिका स्तरीय परीक्षाका उत्कृष्ट विद्यार्थी नगदसहित सम्मानित
धनगढी- बझाङको दुर्गाथलि गाउँपालिकाले आधारभुत तह कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने ४ जना विद्यार्थीलाई नगद पुरस्कारसहित प्रमाणपत्रले सम्मान गरेको छ ।
गाउँपालिकाले फागुन २३ देखि चैत ३ गतेसम्म सञ्चालन गरेको पालिका स्तरीय आधारभुत तह २०८१, कक्षा ८ को परीक्षामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका विद्यार्थीलाई नगद पुरस्कारसहित प्रमाणपत्रले सम्मान गरेको हो ।
गाउँपालिकाले सोमबार आज एक कार्यक्रमबिच पालिका स्तरीय आधारभुत तह परिक्षामा प्रथम भएका मेखराज खैर लाई नगद १० हजार सहित प्रमाणपत्र, दितीय अस्मित सोती लाई नगद ८ हजार सहित प्रमाणपत्र, तृतीय आशिष दौल्याल लाई नगद ६ हजार सहित प्रमाणपत्र र सान्त्वना भएका प्रदिप खैर लाई नगद ४ हजार सहित प्रमाणपत्रले सम्मान गरिएको पालिकाले जनाएको छ।
पालिकाले शिक्षा क्षेत्रमा विद्यार्थीको लगाव बढाउन, शैक्षिक स्तर सुधार गर्न तथा विद्यार्थीलाई अझ...












