कैलाली जिल्लाका दुई स्थानमा भएका आगलागी घटनामा लाखौँ रुपैयाँको क्षति
धनगढी, चैत्र १५ – धनगढी उपमहानगरपालिका–३ मा सञ्चालित विवेक फिड इन्डष्ट्रिज प्रा.लि. मा आज दिउँसो १:०० बजे पानी बोइलर मेशिनबाट आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटना भएलगत्तै अस्थायी प्रहरी पोष्ट चटकपुरबाट प्रहरी टोली खटिएको थियो। दमकल तथा स्थानीयको सहयोगमा १:३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। आगलागीबाट उद्योगको मेसिन तथा १ ट्रक बराबरको दाउरा जलेर करिब १६/१७ लाख रुपैयाँ बराबरको क्षति भएको छ। तर, कुनै मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ।
यस्तै, भजनी नगरपालिका–७ पृथ्विपुर गौडीमा बेलुका ५:०० बजे मटरु यादवको कच्ची भान्साबाट हावाका कारण आगलागी भएको छ। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पृथ्विपुर र भजनीबाट प्रहरी टोली परिचालित भएको थियो। हावाका कारण आगो आसपासका ४/५ वटा कच्ची गोठ र गहुँबारीमा समेत फैलिएको छ। हालसम्म मानवीय तथा चौपाया क्षति ...












