पत्रकारिताको आडमा सुदीप विश्वकर्माको बार्गेनिङ धन्दा !
Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सूचना प्रविधि
काठमाडौं: पत्रकारिता राज्यको चौथो अंग मानिन्छ । यसको उद्देश्य सत्य, तथ्य र निष्पक्ष ढंगले जनताको आवाजलाई उजागर गर्नु हो । तर, पछिल्लो समय केही व्यक्तिले पत्रकारिता पेशालाई व्यक्तिगत स्वार्थ र बार्गेनिङको माध्यम बनाउने प्रवृत्ति बढ्दै गएको छ ।
उक्त प्रवृत्तिको एक पात्र एवं नेपाली पीतपत्रकारिताको परिचित नाम हो– ‘सुदीप विश्वकर्मा’ । उनले पत्रकारिताको आवरणमा चलाएको बार्गेनिङ धन्दा त्यसको उदाहरण बनेको छ । करिव एक दशकदेखि नेपाली पत्रकारिता गर्दै आएका दीर्घमान सुनारका नाति, टंकमानका छोरा सुदीप विश्वकर्मा धादिङको ज्वालामुखी गाउँपालिका–२ काफ्लेपानीका हुन् । उनी हाल काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्दै आएका छन् ।
विश्वकर्माले पत्रकारको नाममा विभिन्न सरकारी कार्यालय, संघ–संस्था, व्यापारीहरूलाई त्रास देखाएर आर्थिक लाभ लिने गरेका आरोपहरू क्रमशः सार्वजनिक हुँदै आएका छन् ।
पत्रकार आच...











