Advertisement

ट्रेन्डिङ

बस दुर्घटना : एकै परिवारका चारजनाको मृत्युु

बस दुर्घटना : एकै परिवारका चारजनाको मृत्युु

Breaking News 1, Breaking News 2, Breaking News 3, कन्चनपुर, घटना, ट्रेन्डिङ, डडेल्धुरा, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी: डडेल्धुरामा भएको रात्रि बस दुर्घटनामा परी मृत्यु भएका चारै जना एकै परिवारका भएको खुलेको छ। मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका–३, बैतडी ठेगाना भएका ४५ वर्षीया जयमति बोहरा, उनका नाबालक छोरा, २० वर्षीया कमला बोहरा र २२ वर्षीय सहदेव बोहरा रहेका छन्। बस सडकबाट करिब चार सय मिटर तल खसेको थियो। कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडी नगरपालिका–१, हाट जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस मङ्गलबार राति ११ः४५ बजेतिर डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको थियो । दुर्घटनामा १२ जना घाइते भएका छन् भने दुई जना अझै बेपत्ता छन् । बसमा १८ जना सवार थिए। चालक निदाएकाले बस सडकबाट पल्टिएर खोल्सामा खसेको हुनसक्ने प्रहरीको अनुमान छ । दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक वीरेन्द्र बोहरालाई थप उपचारका लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय डडेल्...
दशैँका भावुक दृश्य: एउटा मन छुने अर्को मन नै बिथोलिने

दशैँका भावुक दृश्य: एउटा मन छुने अर्को मन नै बिथोलिने

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
सामाजिक सञ्जालमा कसैले साझा गरेको त्यो भिडियो संभवतः हेर्न सक्नुहुन्न, यदि तपाईंमा करुणा, प्रेम, चेतना र विवेक छ भने । दृश्य कस्तो भने, गाउँमा ‘दशैं मेला’ लागेको छ । त्यहाँ गाउँभरका मान्छे ओइरिएका छन् । यस्तो लाग्दैन उनीहरू किनमेल र स्वस्थ मनोरञ्जनका लागि त्यहाँ भेला भएका हुन् । किनभने त्यो भीड एउटा प्राणीमाथि यति निर्मम र उच्छृंखल देखिन्छ, जुन दृश्य हेर्दा मन विचलित हुन्छ । त्यहाँ एउटा राँगोलाई भीडमा छाडिएको छ । त्यो अबोध प्राणी भीडसँग डराएर यताउता भाग्न खोज्छ । तब उपस्थित भीड उसमाथि एकसाथ जाइलाग्छ । डरलाग्दा हतियार, भाला, लट्ठी बोकेर उनीहरू राँगोलाई लखेट्न थाल्छन् । राँगो बारीको कान्लाहरूमा दौडन्छ । तर, चारैतिर घेरा हालेका मानिसहरूले उसलाई उम्कन दिंदैनन् । कसैले यताबाट लखेट्छन्, कसैले उताबाट । भाग्दा–भाग्दै थाकेको राँगोलाई कसैले ठूल्ठूला ढुंगाले हिर्काउन थाल्छन्, कसैले लट्ठीले र कस...
बझाङ्गी समाज जापानको अध्यक्षमा थापा

बझाङ्गी समाज जापानको अध्यक्षमा थापा

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
जापान : बझाङ्गी समाज जापानको अध्यक्षमा थापा चयन भएको छन । जापान स्थित बझाङ बासिले समुन्नत समाजकाे निर्माणका लाई केही गर्नुपर्ने भन्दै खप्तड छान्ना घर भएका रमेश थापालाई बझाङ्गी समाज जापानको अध्यक्षमा चयन गरिएको जनाएको छ । बझाङ्गी समाजले आयोजना गरेको दशैँ को सुभकामना आदानप्रदान कार्यक्रमको अवशर पारी बझाङ्गी समाजलाई संसारकै पहिलो केन्दिय संगठन जापानको टोकियो शहरमा निर्माण गरिएको कुरा अध्यक्ष रमेश थापाले जानकारी दिनु भयाे । थापाकाे अध्यक्षतामा ११ सदस्यीय कमिटीको निर्माण गरिएको हाे । जसमा उपाध्यक्षमा प्रकास जंग सिंह ( जयपृथ्वी नगरपालिका महासचिवमा जनक राज मण्डेल छबिसपाथीभार गाउँपालीका सचिवमा चादनी महर जयपृथ्वी नगरपालिका कोषाध्यक्षमा सृजना महर कठायत खप्तड छान्ना गाउँपालीका सदस्यहरु लक्ष्मी भण्डारी केदारस्यु गाउँपालीका सूर्य प्रकास उपाध्यय थलारा गाउँपालीका प्रवेश धामी साईपाल गाउँपालीका ...
महेन्द्रनगरबाट बैतडी हिँडेको बस मध्यराती डडेल्धुरामा दुर्घटना, ४ जनाको मृत्युु केही घाइते

महेन्द्रनगरबाट बैतडी हिँडेको बस मध्यराती डडेल्धुरामा दुर्घटना, ४ जनाको मृत्युु केही घाइते

Breaking News 1, Breaking News 2, Breaking News 3, कन्चनपुर, घटना, ट्रेन्डिङ, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डडेल्धुरा : कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चाैँडीका लागि सवार यात्रुवाहक बस दुर्घटनामा परेको छ । यात्रुबाहक बस डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका ७ खस्रेखानमा मंगलबार राती साढे बाह्र बजे सडकबाट करिब तिनसय मिटर तल खसेर दुर्घटनामा परेको हो । पवनदुत यातायात प्रा.लि.को ना ८ ख १०७८ नम्बरको बस दुर्घटनामा परेको हो ।  दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने केही  घाइते भएका छन् । घाइते हुनेमा बैतडी पुर्चौडी नगरपालिका ७ बस्ने नवराज सआउँद, पुर्चौडी ६ बस्ने राजेन्द्र साउँद, कञ्चनपुर कृष्णपुर नगरपालिका ४ बस्ने दिनेश साउँद, डडेल्धुरा आलिताल गाउँपालिका १ बस्ने मुकुन्द बोहोरा, दार्चुला मार्मा ५ बस्ने बिमला महत, कञ्चनपुर कृष्नपुर नगरपालिका ५ बस्ने धनमति साउँद, पुर्चौडी ८ बस्ने पदम बहादुर बोहरा र बस चालक बिरेन्द्र बोहरा रहेका छन् । घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ । &nbs...
पश्चिमी र स्थानीय वायुको प्रभाव : केही स्थानमा वर्षाको सम्भावना

पश्चिमी र स्थानीय वायुको प्रभाव : केही स्थानमा वर्षाको सम्भावना

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । सबै प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। भोलि बिहीबार कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।...
झापामा भएका छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको ज्यान गयो

झापामा भएका छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको ज्यान गयो

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट
काठमाण्डौ – झापामा हिजो भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गएको छ । दुई घाइते भएका छन् । कमल गाउँपालिकामा दुई जना तथा मेचीनगर नगरपालिकामा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मेचीनगर–७ मा प्रदेश नम्बर १–०१–०१७ प ७४४ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल यात्री मेचीनगर–७ का ५० वर्षीय विगेन राजवंशीको ज्यान गएको प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । यो दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–६ का २० वर्षीय अभिषेक लिम्बू र मोटसाइकलको पछाडि रहेका २१ वर्षीय रमेश श्रेष्ठ घाइते भएका छन् । घाइतेको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । यस्तै कमल–४ अमलडाँगीस्थित पूर्व–पश्चिम राजमार्गमा को २७ प ३५१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा शिवसताक्षी–८ का वर्ष ३३ वर्षीय अनिलकुम...
आज यिँ प्रदेशमा हुनेछ वर्षा

आज यिँ प्रदेशमा हुनेछ वर्षा

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बागमती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । अहिले कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागको अनुमान छ । तीनवटै प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । असोज २९...
बेलायतमा सञ्चालन भएको ‘अभ्यास क्याम्ब्रियन गस्ती’ मा नेपाली सेनालाई स्वर्ण पदक

बेलायतमा सञ्चालन भएको ‘अभ्यास क्याम्ब्रियन गस्ती’ मा नेपाली सेनालाई स्वर्ण पदक

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट
तस्बिर : नेपाली सेना काठमाण्डौ – विश्वका ३७ देशका सेनालाई पछि पार्दै यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’ मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ । बेलायतको वेल्स, ब्रेकनमा यही असोज २३ गतेदेखि २५ गतेसम्म भएको अभ्यासमा नेपाली सेनाको टोलीले स्वर्ण पदक जितेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । बेलायतसहित ३७ देशका एक सय २१ अन्तर्राष्ट्रिय टोलीको अभ्यासमा सहभागिता थियो । सन् १९६० देखि  सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिदैं आएको हो । दुई दिनभित्र हतियारसहित झन्डै ५० पाउण्ड तौल बराबरका बन्दोबस्ती सामग्रीसहित ५० किलोमिटर दूरीको अभ्यासमा सहभागी टोलीले गरेको लडाइ तयारी, खबर सङ्कलन तथा घाइते–बिरामीको व्यवस्थापनलगायतको दक्षता परीक्षणका आधारमा मूल्याङ्कन हुने गरेको निर्देशनालयले जनाएको छ । नेपाली सेनाले सन् २...
बाढीपहिरोका कारण दुई सयभन्दा बढी शैक्षिक संस्थाका भवनमा क्षति पुगेको आंकलन

बाढीपहिरोका कारण दुई सयभन्दा बढी शैक्षिक संस्थाका भवनमा क्षति पुगेको आंकलन

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट
काठमाडौं । बाढीपहिरोको दुई साताबित्दा पनि सरकारले क्षतिग्रस्त विद्यालयको विवरण नै संकलन गर्न सकेको छैन । दुई सयभन्दा बढी शैक्षिक संस्थाका भवनमा क्षति पुगेको शिक्षा मन्त्रालयको प्रारम्भिक आकलन छ । दशैंपछि अस्थायी सिकाई केन्द्र-टीएलसी निर्माण गरेर ती विद्यालयको पठनपाठन पुन: सञ्चालन गर्ने योजना शिक्षा मन्त्रालयको छ । क्षति पुगेका विद्यालयको मर्मत र अस्थायी टहरा निर्माणका लागि सरकारले ५४ करोड बजेटको व्यवस्था गरेको छ । यही असोज ११ र १२ गतेको बाढीपहिरोबाट २८ जिल्लाका करिब दुई सय शिक्षण संस्थामा क्षति पुगेको प्रारम्भिक विवरण छ । तीमध्ये पूर्णरुपमा क्षतिग्रस्त विद्यालय दुई दर्जनभन्दा बढी छन् । तर बाढीपहिरो गएको दुईसाता बित्दासमेत शिक्षा मन्त्रालयले काठमाडौंसहित प्रभावित जिल्लाको विवरण नै संकलन गर्न सकेको छैन् । क्षतिग्रस्त विद्यालयमा तत्काल अस्थायी सिकाइ केन्द्र-टीएलसी निर्माण गरि चाडपर्वलगत्तै...
दशैँ भन्दैमा धेरै नखान र चिल्लो पिरो कम गर्न पोषणविद्को सुझाव

दशैँ भन्दैमा धेरै नखान र चिल्लो पिरो कम गर्न पोषणविद्को सुझाव

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट
काठमाण्डौ – दशैँ पर्व विशेष पर्व भएकाले घरघरमा फलफूल, रोटी, मिठाइ तथा माछामासुको धेरै प्रयोग हुन्छ । नयाँ लुगा लाउने, मीठो खाने पर्वका रुपमा दशैँलाई लिने गरिन्छ । पोषणविद्ले दशैँ भन्दैमा धेरै नखान र चिल्लो पिरो कम गर्न सुझाव दिएका छन् । घरमै तयार गरिएका परिकार मात्रा मिलाएर ठिक्क खाए स्वास्थ्यलाई फरक नपर्ने पोषणविद् राज शाक्य बताउनुहुन्छ । चिल्लो, पिरो कम भएका स्वस्थकर परिकारले स्वास्थ्यलाई हानी नोक्सानी नगर्ने उहाँको भनाइ छ । चिल्लो, पिरो, नुनिलोको मात्रा धेरै हुँदा अपच हुने, कब्जियत, ग्यास्ट्रिक पनि हुन सक्छ । स्वास्थ्यको ख्याल नगरी यस्ता खानेकुरा खानाले यो बेला मात्रै होइन अरू बेला पनि उस्तै असर गर्छ । तर विशेषगरी दशैँमा अलि धेरै नै परिकार बन्ने र खाने हुँनाले लगत्तै अस्पतालमा बिरामीमो चाप बढ्ने गरेको छ । पोषणविद् अनुश्री आचार्यका अनुसार पटकपटक प्रयोग गरिएको तेलमा तारेका खानेकुरा ...
कृषिमा सुधार ल्याउने – मन्त्री थापा

कृषिमा सुधार ल्याउने – मन्त्री थापा

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, सुदूरपश्चिम
सुदुरपश्चिम प्रदेशका कृषि मन्त्रीले बझाङमा पुगेर कृषिमा सुधार ल्याउने बताउनु भएकाे छ । एक कार्यक्रमका बिच अनुगमनकाे क्रममा जिल्लामा आयाेजित कार्यक्रममा मन्त्री बिरबहादुर थापाले सुदुरपश्चिमकाे कृषि ब्यावसाय र कृषकलाई सहज हुने बाताबरण सृजना गर्दै सरकार अगाडि बढ्ने बताउनु भयाे । पशु विज्ञ्य सेवा केन्द्र बझाङकाे सभाहलमा आयाेजित एक कार्यक्रममा कृषकका गुनासा सुन्दै, आगामी दिनमा केही सुधार ल्याउने र कृषकलाई सहजहुने बाताबरण अगाडि बढाउने मन्त्री थापाले बताए । देश सघिय सग्रचनामा गएपछि प्रदेश सरकारकाे ७ बर्षे रणनीति भन्दै आफू मन्त्री भए पछि कृषकलाई केहि राहत हुने काम गरेको र पहिला भन्दा यस बर्ष राम्रो काम गरेको उनको भनाइ थियाे । आफुले सुदुरपश्चिमका सबै जिल्ला लाई सम्मान गरेको र वास्तविक कृषकलाई लाभ हुने काम गरेको बताउदै, नियमबद्ब रहेर काम गर्न जिल्लाका हाकिम लाई निर्देशन समेत दिनु भयाे । ...
मकवानपुरबाट ८ केजी अवैध सुनसहित दुई जना पक्राउ

मकवानपुरबाट ८ केजी अवैध सुनसहित दुई जना पक्राउ

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ८ किलोग्राम अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार बिहान पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरेको हो । हेटौंडा-१५ स्थित रातोमाते प्रहरी चौकीबाट ८ केजी २४३ ग्राम ९७० मिलिग्राम अवैध सुनसहित उनीहरुलाई सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक विश्वराज खड्काको कमाण्डर खटिएको प्रहरी टोलीले भारतको महाराष्ट्र राज्य सांगली जिल्ला दिंघची थाना पुजरबाडीका २५ वर्षका अभिषेक अजिनाथ र २७ वर्षका राहुल भिट्टिहाल बाडलाई नियन्त्रणमा लिएर खोजतलास गर्दा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरु सवार बागमती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटर समेत नियन्त्रणमा लिएको छ । प्रहरीले शनिबार बिहान ३ बजे उनीहरूलाई पक्राउ गरेको हो । सुनको मूल्य करिब ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ रहेको प्रहरी उपरीक्षक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज