हुलाकी राजमार्गकेन्द्रित अभियानपछि माओवादी मध्यपहाडी लोकमार्गमा
Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
प्रमुख प्रतिपक्ष दल माओवादीले शुक्रबारदेखि बैतडीको पाटनबाट मध्यपहाडी लोकमार्गकेन्द्रित जनतासँग माओवादी जागरण अभियानको थालनी गरेको छ । तराईका जिल्लामा हुलाकी राजमार्गकेन्द्रित अभियान सकेपछि माओवादी पहाड उक्लिएको हो ।
पाटनमा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यपहाडी लोकमार्गआसपासमा बस्ने नागरिकका समस्या सुनेर सिंहदरबारसम्म पु¥याउने र सरकारका गलत काममाथि खबरदारी गर्ने बताए । ‘मध्यपहाडका समस्या सिंहदरबारलाई सुनाउन यो अभियान चलाएको हो । राजमार्गकेन्द्रित माओवादीका अभियान तराई, पहाड र हिमालका बासिन्दाका कुरा सुन्ने र उनीहरूलाई राष्ट्रिय एकताको सूत्रमा बाँध्ने रहेको छ,’ हुलाकी मार्गमा बसोबास गर्ने नागरिकका समस्या सुनेर वर्तमान सरकारसमक्ष प्रस्तुत गरेको बताउँदै प्रचण्डले भने ।
प्रचण्डले पछिल्लोपटक सरकारको नेतृत्व गर्दा सुशासनको पक्षमा काम गरेकाले बिचौलिया, दलालले सरकारबा...











