Advertisement

बैतडी

बस दुर्घटना : एकै परिवारका चारजनाको मृत्युु

बस दुर्घटना : एकै परिवारका चारजनाको मृत्युु

Breaking News 1, Breaking News 2, Breaking News 3, कन्चनपुर, घटना, ट्रेन्डिङ, डडेल्धुरा, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी: डडेल्धुरामा भएको रात्रि बस दुर्घटनामा परी मृत्यु भएका चारै जना एकै परिवारका भएको खुलेको छ। मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका–३, बैतडी ठेगाना भएका ४५ वर्षीया जयमति बोहरा, उनका नाबालक छोरा, २० वर्षीया कमला बोहरा र २२ वर्षीय सहदेव बोहरा रहेका छन्। बस सडकबाट करिब चार सय मिटर तल खसेको थियो। कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडी नगरपालिका–१, हाट जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस मङ्गलबार राति ११ः४५ बजेतिर डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको थियो । दुर्घटनामा १२ जना घाइते भएका छन् भने दुई जना अझै बेपत्ता छन् । बसमा १८ जना सवार थिए। चालक निदाएकाले बस सडकबाट पल्टिएर खोल्सामा खसेको हुनसक्ने प्रहरीको अनुमान छ । दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक वीरेन्द्र बोहरालाई थप उपचारका लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय डडेल्...
बलात्कार को आरोप मा एक स्वास्थ चौकी प्रमुख पक्राउ ।

बलात्कार को आरोप मा एक स्वास्थ चौकी प्रमुख पक्राउ ।

Breaking News 1, घटना, दैनिक, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी : बलात्कारको आरोपमा बैतडीमा एक स्वास्थ्य चौकीका प्रमुख पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको  सिगास गाउँपालिका-२ गाँजरी स्वास्थ्य चौकीका प्रमुखसमेत रहेका स्थानीय ४१ वर्षीय जनकसिंह धामी छन्। ३१ वर्षीया युवतीले आफूमाथि जबर्जस्तीकरणी गरेको भन्दै  जाहेरी दिएपछि धामीलाई पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।  धामीले विभिन्न प्रलोभनमा पारी पटक-पटक जबरजस्तीकरणी गरेको पीडित युवतीको  आरोप छ। पीडित युवती  अविवाहित र स्वास्थ्यकर्मी समेत रहेकी बुझिएको छ। पक्राउ पर्ने धामी विवाहित रहेका छन्। पीडितले दिएको जाहेरीका आधारमा धामीलाई पक्राउ  गरी इलाका प्रहरी कार्यालय, पाटनको हिरासतमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
डिलासैनी साहित्यिक तथा सास्कृतिक उत्सव ०८१ सम्पन्न

डिलासैनी साहित्यिक तथा सास्कृतिक उत्सव ०८१ सम्पन्न

दैनिक, बैतडी, समाचार, सुदूरपश्चिम
बैतडी जिल्ला पुर्चौडी नगरपालिका वार्ड न ८ मा स्थापित श्री डिलाशैनी मा बि मल्लादेहिको बिध्यालय प्राङ्गणमा सम्पन्न गरिएको छ। उक्त कार्यक्रमको आयोजना सु प प्रज्ञा प्रतिष्ठानको रहेको थियो भने ट्रान्सफर्मेटी सोसाईटी अफ नेपाल कन्चनपुरको सहआयोजनामाभब्यताका साथ सु प का आफ्नै भाका,भेष भुषा लगायतका सगुन,देउडा,धुमारी,ठाडोखेल,ओई ,लोकदोहरी,लगायतका बैतडेलीका गुन्जायमान लोक धुनहरुका माझ सम्पन्न गरिएको हो । ट्रान्सफर्मेटिभ सोसाईटी अफ नेपाल कन्चनपुर अध्यक्ष चन्द्रा ऐर (चादनी)को अध्यक्षता रहदा सु प प्र प्रतिष्ठानका उपकुलपती डा टि एन जोशी प्रमुख अथिती थिए भने पु न पा पा का प्रमुख प्रसासकिय अधिकृत बिनोद कुमार कुवर वार्ड १/८ का वार्ड अध्यक्षहरु,शिक्षा अधिकृत ,विभिन्न बिध्यालयका प्र अ हरु विशेष मान्यगन्य ब्यक्तित्वहरु विभिन्न बिध्यालयका बिध्यार्थिहरुको सास्कृतिक कार्यक्रम थियो। बृद्ध महिला...
सुदूरपश्चिममा २४ घर जलेर पुर्ण क्षति , १९ जंगलमा डढेलो

सुदूरपश्चिममा २४ घर जलेर पुर्ण क्षति , १९ जंगलमा डढेलो

दैनिक, बैतडी, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
बैतडीमा जंगलमा लागेको डढेलोमा परि हालै मात्र दुई महिला घाइते भए। जिल्लाको दशरथचन्द नगरपालिका–१ देउमडाकी ५४ वर्षीया मानमती भुल र ४६ वर्षीया धौली भुल डढेलोमा परेर घाईते हुन पुगेका हुन्। घाइते दुवैलाई  स्थानीयले उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाउने काम गरेका थिए। घरनजिकैको जंगलमा घाँस काट्ने क्रममा हुरीसँगै आएको डढेलोमा परेर दुवै महिला घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। हाल दुबैको अवस्था सामान्य छ। बैतडीमा मात्र नभएर आगलागीका घटना यसैरी सबैतिर फैलिन पुगेको छ। सुदूरपश्चिममा अहिलेसम्म आगलागीबाट २४ वटा घर पूर्ण रुपमा जलेर खरानीमा परिणत भएका छन्। बैशाख सुरु भएयता प्रदेशभित्र आगलागीका घटना भयावह रुपमा बढ्न सुरु भएको हो। सुदूरपश्चिममा मात्र हिजो (मंगलबार) सम्म दुई सय २० आगलागीका घटना घटेका छन्। ती आगलागीका घटनामा परेर ६ महिलासहित १० जनाको मृत्यु भइस...
बैतडीको झुलाघाट नाका मङ्गलबारदेखि बन्द हुने

बैतडीको झुलाघाट नाका मङ्गलबारदेखि बन्द हुने

बैतडी, मुख्य समाचार, सुदूरपश्चिम
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका मङ्गलवारदेखि बन्द हुने भएको छ भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए। अप्रिल १९ तारिख अर्थात वैशाख ७ गते उत्तराखण्ड राज्यमा निर्वाचन हुँदैछ। उक्त निर्वाचनलाई मध्यनजर गर्दै वैशाख ४ गते साँझ ७ देखि वैशाख ७ गते साँझ ७ बजेसम्म झुलाघाट नाका बन्द रहने जिल्ला अधिकारी शर्माले बताए। सुरक्षा संवेदनशीलताको कारण नाका बन्द हुन लागेको हो।  सीमा बन्द रहेको अवधिमा आकस्मिक रूपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ।...
बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

बैतडी, मुख्य समाचार
बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ बैतडीको सुर्नयाबाट खोड्पे आउँदै गरेको से २ त ३६७८ नम्बरको ट्याक्टर शुक्रवार विहान जयपृथ्वी राजमार्गको पाटन नगरपालिका ८ झौलेक मोडमा दुर्घटना भएको हो। दुर्घटनामा परि दुई जनाको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमबिक्रम केसीले जानकारी दिए। मृत्यु हुनेमा ट्याक्टर चालक राजेश चौधरी र  पाटन नगरपालिका  १० पनालीका मन्धिर विष्ट रहेका छन्। ट्याक्टर सडकबाट २ सय मिटर तल खसेको छ। दुर्घटनाको कारण  खुलेको छैन् । घटनाबारे  थप अनुसन्धान भैरहेको प्रहरी प्रवक्ता केसीले बताए । ...
बैतडीमा सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ विक्री गरे कारबाही

बैतडीमा सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ विक्री गरे कारबाही

बैतडी, मुख्य समाचार, सुदूरपश्चिम
बैतडी- बैतडीमा सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ विक्री वितरण गरे कारबाही हुने भएको छ । सार्वजनिक स्थलमा धुम्रपान एवं सुर्तीजन्य पदार्थको सेवन गरे तत्कालै एक सय रुपैयाँ जरीवाना गर्ने प्रावधान छ । स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टका अनुसार सुर्तीजन्य पदार्थको जथाभावी विक्री वितरणमा रोक लगाउन प्रहरीसँग समन्वय गरिएको हो । जिल्ला प्रशासन कार्यालय, प्रहरी र स्वास्थ्य कार्यालयको सहभागितामा जिल्लाका मुख्य बजारहरुमा अनुगमन थालिएको छ । धेरैजसो किराना पसलहरुमा खाद्य पदार्थसँगै सुर्तीजन्य पदार्थहरु पनि विक्री गर्ने गरेको पाइएकोले त्यस्तो नगर्न सुझाव दिइएको छ । त्यसरी विक्री गरेको पाइए कानुनी कारबाही हुने स्वास्थ्य कार्यालय प्रमुख भट्टले बताए । पाटन बजार क्षेत्रमा शनिबार अनुगमन गरिएको थियो । जिल्लाका अन्य ठाउँमा पनि अनुगमन गरिने जनाइएको छ ।...
बैतडीमा हराएका दुई बालक पाँच दिनपछि भेटिए

बैतडीमा हराएका दुई बालक पाँच दिनपछि भेटिए

बैतडी, मुख्य समाचार, सुदूरपश्चिम
बैतडीः हराएका दुई बालक पाँच दिनपछि भेटिएका छन्। बैतडीको सिगास गाउँपालिका–४ का बेपत्ता भएका दुई बालक पाँच दिनपछि फेला परेका छन्। चैत्र १२ गतेदेखि घरबाट विद्यालय जान्छु भन्दै हिडेका करिब १३ वर्षीय हरिश धामी र ९ वर्षीय गणेश धामी शनिबार बिहान आफन्तको घरमा पुगेका हुन्। हराएका दुबै बालक सिगास गाउँपालिका–१ मा रहेका आफन्त खडकसिंह धामीको घरमा शनिबार आफैं फर्किएर आएको प्रहरीले जनाएको छ। सोमबार घरबाट हिडेका दुबै जना मंगलबार साँझ पाटन नगरपालिका–८ स्थित ज्याफूको एक पसलमा बसेका थिए। त्यहाबाट पनि भोलिपल्ट बिहानै भागेका दाजु–भाइ आफैं फर्किएर आएको प्रहरीले जनाएको छ।...
एमाले बैतडीमा ९० जनाको जिल्ला कमिटीले शपथ ग्रहण

एमाले बैतडीमा ९० जनाको जिल्ला कमिटीले शपथ ग्रहण

बैतडी, राजनीति
बैतडी: नेकपा एमाले बैतडीको ९० सदस्यीय नवनिर्वाचित जिल्ला कमिटी घोषणा गरिएको छ । जिल्लाको नवौँ अधिवेशनबाट अध्यक्षमा नरेश कुमार बिक सहित सम्पूर्ण पदाधिकारी सर्वसम्मत चयन गरिएका हुन । पार्टीको उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचिवमा हजारी साउद, उप(सचिवमा हर्क धानुक र पार्वती भट्ट सर्वसम्मत चयन भएका छन् । पाँच पदाधिकारीसहित ९० जनाको जिल्ला कमिटीले शपथ ग्रहण गरेको छ । पदाधिकारीको टिम सर्वसम्मत चयन भए पनि सदस्यमा बढी आकाङ्क्षी घोषणा गर्ने केही समय लागेको एमाले बैतडीले जनाएको छ । अध्यक्षमा निर्वाचित भएसंगै पाटन नगरपालिका ५ ओदाली घर भएका ४९ बर्षीय विकले दलित समुदायबाट एमाले बैतडीको नेतृत्व हाँक्ने पहिलो व्यक्तिको रुपमा समेत पहिचान बनाएका छन् । २०५३ सालमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको जिल्ला अध्यक्ष भइसकेका विक एमालेको जिल्लाको कमिटि सदस्यका साथै अञ्चल कमिटि सदस्यको जिम्म...
बैतडीको डिलासैनी गाउँपालिकाले अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता गर्ने

बैतडीको डिलासैनी गाउँपालिकाले अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता गर्ने

खेलकुद, बैतडी, सुदूरपश्चिम
हरिशचन्द्र भाटबैतडी : बैतडीको डिलासैनी गाउँपालिकाले अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता गर्ने भएको छ। पुस २ गतेदेखि शुरू हुने प्रतियोगिताको प्रथम पुरस्कार ५१ हजार रहेको डिलासैनी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख महादेव भट्टले बताए । यस्तै द्वितीय पुरस्कार ३१ हजार र तृतीय हुने टोलीले १६ हजार पुरस्कार पाउने जनाइएको छ। डिलासैनी गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार प्रतियोगिताको आयोजना गरिएको गाउँपालिका अध्यक्ष सन्तोशप्रकाश जोशीले जानकारी दिनुभयो। पुस ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू हरिनगर खेलमैदानमा सञ्चालन हुने डिलासैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्ट यदुले बताए।प्रतियोगितामा सहभागी हुने टोलीका खेलाडीहरू डिलाशैनी गाउँपालिका भित्रका स्थायी बासिन्दा मात्र हुनुपर्ने गाउपालिकाले जनाएको छ। टीम दर्ताको शुल्क ५ हजार रहेको र दर्ता समय मंसिर ३० देखि पुस १ गतेक...
बोहोरीगाउँ–पपिता सडक निर्माण कार्य अघि बढ्यो, धरमघर विजयपुर सडक खण्ड भने ठप्प

बोहोरीगाउँ–पपिता सडक निर्माण कार्य अघि बढ्यो, धरमघर विजयपुर सडक खण्ड भने ठप्प

बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
हरिशचन्द्र भाट बैतडी : बैतडीको सुर्नया गाउँपालिका–५ बोहोरीगाउँ–पपिता सडक निर्माण कार्य अघि बढेको छ । पूर्वाधार कार्यालयबाट निर्माण हुन लागेको उक्त सडकमा प्रदेश सरकारबाट ३० लाख बजेट आएको थियो ।गाउँपालिकाको केन्द्रसम्म नै पु¥याउने उदेश्यका साथ अघि बढाइएको सडक यसअघि बिचमै रोकिएको थियो । पुनः प्रदेश सरकारले बजेट बिनियोजन गरेसँगै निर्माण कार्य अघि बढेको गाउँपालिकाका अध्यक्ष अमर बहादुर कुवँरले जानकारी दिए ।हिजो एक कार्यक्रमका बीच उद्घाटन पनि गरिएको थियो ।उक्त सडक निर्माण भएपछि वडा नं ५ को बोहोरीगाउँ, काक्स्याली, सिमार हुदै गाउँपालिकाको केन्द्रसम्म जोड्ने लक्ष्य राखिएको छ । हालकै बजेटले गाउँपालिकाको केन्द्रसम्म नपुगेपछि आगामी वर्षको बजेटले गाउँपालिकाको केन्द्रसम्म नै पुग्ने अध्यक्ष अम्मर बहादुर कुवँरले बताए । बभिन्न वडाबाट गाउँपालिकाको केन्द्रसम्म नै सडक निर्माण हुन लागेको छ । यस्तै...
स्क्रब टाइफसको संक्रमणबाट बैतडीमा एक जनाको मृत्यु

स्क्रब टाइफसको संक्रमणबाट बैतडीमा एक जनाको मृत्यु

बैतडी, मुख्य समाचार, सुदूरपश्चिम, स्वास्थ्य
बैतडीः  स्क्रब टाइफसबाट बैतडीमा बिहीबार एक वृद्धको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–६ गौकुराका ६८ वर्षीय शोभानसिंह भण्डारीेको स्क्रब टाइफसबाट मृत्यु भएको जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डा भानु चालिसेले बताए। उच्च ज्वरो आएर बुधबार जिल्ला अस्पताल आएका वृद्धको स्वास्थ्य जाँच गर्दा स्क्रब टाइफस देखिएको थियो। यसका साथै उनको रगतमा अक्सिजनको कमी र मिर्गौलामा समेत समस्या देखिएको डा चालिसेले बताए। अक्सिजनको कमी र थप उपचारका लागि आइसियू आवश्यकता पर्ने देखिएपछि धनगढी रेफर गरिएकोमा उनको बाटामै मृत्यु भएको उनका आफन्तले बताएका छन्। माइट नामक किर्नाको टोकाइबाट स्क्रब टाइफस हुने गर्छ।  झाडी, झ्याङ भएका ठाउँमा माइट बस्ने भएकाले सकभर त्यस्तो ठाउँमा नबस्न र सरसफाइमा विशेष ध्यान दिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज