Advertisement

अन्तर्राष्ट्रिय

ओलीले सरकारको विरोध गर्नुको अर्थ छैन : प्रचण्ड

ओलीले सरकारको विरोध गर्नुको अर्थ छैन : प्रचण्ड

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
माओवादी संयोजक पुष्पकमल दाहाल प्रचण्डले कामचलाउ सरकारका प्रधानमन्त्री केपी ओलीकै सिफारिसमा सुशीला कार्की प्रधानमन्त्री बनेको भन्दै अहिले विरोध गर्नुको अर्थ नहुने बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार आयोजना गरेको कार्यक्रममा उनले अन्तरिम सरकारमा टेकेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले चुनाव सफल पार्न सबैलाई आग्रह गरे । त्यसरी अगाडि नबढ्ने हो भने अराजकता र दुर्घटना निम्तिन सक्ने उनले चेतावनी दिए । ‘कुनै वितण्डा नगरौँ । हिजो पटक–पटक संसद् विघटन गर्नेहरूले अहिले संसद् पुनस्र्थापनाको कुरा उठाउनुजस्तो हास्यास्पद अरू केही हुँदैन । निर्वाचन सफल पार्नका लागि म आग्रह गर्न चाहन्छु,’ उनले भने । राष्ट्रिय सहमतिका साथ अगाडि बढ्दा निर्वाचन सफलतापूर्वक सम्पन्न हुने प्रचण्डले बताए । अन्तर्राष्ट्रिय समुदायले पनि निर्वाचन सफल पार्न भूमिका खेल्ने उनले बताए । ...
नेपालको ऐतिहासिक प्रदर्शन, टी–२० विश्वकप एसिया–ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जित्यो

नेपालको ऐतिहासिक प्रदर्शन, टी–२० विश्वकप एसिया–ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जित्यो

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
नेपालले आईसीसी टी–२० विश्वकप एसिया–ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ। आज ओमनमा सम्पन्न अन्तिम खेलमा नेपालले सामोआलाई पराजित गर्दै उपाधि जित्न सफल भएको हो । नेपाल शीर्ष स्थानमा रहँदै सन् २०२६ मा हुने टी–२० विश्वकपमा स्थान बनाउन सफल भएको छ। ओमन दोस्रो र युएई तेस्रो स्थानमा रहँदै विश्वकपमा पुगेका छन्। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २११ रनको विशाल योगफल बनायो। नेपालका लागि आसिफ शेखले ४१ बलमा ६९ रन र दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ५३ रनको योगदान दिए। कप्तान रोहित पौडेलले १२ बलमा २१ रन र लोकेश बमले १२ बलमा ३९ रन अविजित रहँदै टीमको योगफल बढाए। २१२ रनको लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेट गुमाउँदै ८७ रन मात्रै बनाउन सक्यो। सामोआका सेन सोलियाले सर्वाधिक ४० रन बनाए। बलिङतर्फ नेपालका ललित राजवंशीले ३ विकेट लिँदा करण केसी, सन्दीप लामिछाने...
च्याम्पियन बन्ने लक्ष्यसहित नेपाल आज सामोआसँग भिड्दै

च्याम्पियन बन्ने लक्ष्यसहित नेपाल आज सामोआसँग भिड्दै

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
ओमानमा जारी आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोट अन्तर्गत नेपाल आज सामोआसँग खेल्दैछ। नेपाल यसअघि नै विश्वकपका लागि छनोट भइसकेको छ र अब च्याम्पियन बन्ने लक्ष्यसहित मैदान उत्रिन लागेको हो। खेल आज दिउँसो सवा ४ बजे सुरु हुनेछ। तुलनात्मक रूपमा कमजोर मानिएको सामोआलाई हराएमा नेपालले छनोट प्रतियोगिताको उपाधि जित्ने छ। नेपाल र सामोआबीच यो पहिलो अन्तर्राष्ट्रिय भिडन्त हुनेछ। नेपाल अहिले सुपर सिक्समा ८ अंकका साथ शीर्ष स्थानमा छ भने ओमान ६ अंकका साथ दोस्रो स्थानमा रहेको छ। अन्तिम दिन ओमानले जापानसँग खेल्नेछ। यदि नेपाल सामोआसँग हार्यो र ओमानले जित्यो भने रनरेटको आधारमा विजेता टुंगो लाग्ने छ। गत खेलमा नेपालले ओमानलाई ८ रनले पराजित गरेको थियो। खेलपछि कप्तान रोहित पौडेलले टिमको नजर अब ट्रफीमा रहेको बताए। उनका अनुसार “हामीले गरेको मेहनतको फल राम्रो नतिजामा देखिएको छ।” आग...
ओमानमाथि नेपालको शानदार जित, ३८ रनले पराजित गर्दै शीर्षस्थानमा उक्लियो

ओमानमाथि नेपालको शानदार जित, ३८ रनले पराजित गर्दै शीर्षस्थानमा उक्लियो

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
आईसीसी टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको छ । यस जितसँगै नेपाल अंक तालिकाको शीर्षस्थानमा उक्लिँदै छनोट उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । गएराति सम्पन्न खेलमा नेपालले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याउँदै ओमान २० ओभरमा ९ विकेट गुमाएर १ सय १३ रनमै समेटियो । यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो । यो खेलअघि नै नेपाल सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने पुरुष टी–२० विश्वकपका लागि छनोट भइसकेको छ । विश्वकपमा २० टोली सहभागी हुनेछन् । नेपालले यसअघि सन् २०१४ र २०२४ मा विश्वकप खेलेको थियो । नेपालको यो तेस्रो पटकको विश्वकप यात्रा हो । टी–२० विश्वकप छनोट अन्तर्गत नेपालले अब अन्तिम खेलमा भोलि सामोआसँग प्रतिस्पर्धा गर्नेछ ।...
आज नेपाल ओमानसँग खेल्दै, ओमानलाई हराए अपराजित रहँदै सिधै विश्वकपमा पुग्ने

आज नेपाल ओमानसँग खेल्दै, ओमानलाई हराए अपराजित रहँदै सिधै विश्वकपमा पुग्ने

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, समाचार
आईसीसी टी–२० विश्वकप एशिया छनोट तथा इस्ट प्यासिफिक छनोटको सुपर सिक्स चरणको तेस्रो खेलमा नेपाल आज (बुधबार) ओमानसँग भिड्दै छ। ओमानको अल एमिरेट क्रिकेट मैदानमा हुने यो खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ। नेपालले आजको खेल जिते अपराजित रहँदै एक खेल अगावै आगामी टी–२० विश्वकपका लागि छनोट हुनेछ। सुपर सिक्समा अहिले नेपाल र ओमान मात्र अपराजित टोली हुन्। त्यसैले आज रातिको खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ। ओमानका लागि पनि यो खेल समान रूपमा महत्वपूर्ण छ, किनभने नेपाललाई पराजित गर्न सकेमा ओमान अपराजित रहँदै सिधै विश्वकपमा पुग्नेछ। नेपालले आजको खेल हार्ने हो भने विश्वकपमा स्थान बनाउन शुक्रबार हुने सुपर सिक्सको अन्तिम खेलमा सामोआलाई हराउनुपर्नेछ। सुपर सिक्समा तीन खेलबाट नेपाल र ओमान दुवैको समान ६ अंक छ। तर नेट रनरेटका आधारमा ओमान शीर्ष स्थानमा र नेपाल ...
विपिनको शव डिएनए परीक्षणका लागि सैनिक अस्पतालमा, इजरायलले नै नेपाल पठाउने तयारी

विपिनको शव डिएनए परीक्षणका लागि सैनिक अस्पतालमा, इजरायलले नै नेपाल पठाउने तयारी

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य समाचार, समाचार
हमासद्वारा मारिएका नेपाली युवा विपिन जोशीको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (ICRC) ले इजरायली सेनालाई जिम्मा लगाएको छ। हाल उनको शव तेल अवीभस्थित सैनिक अस्पतालमा राखिएको छ। त्यहाँ डिएनए परीक्षणलगायतका आवश्यक प्रक्रिया पूरा गरेपछि मात्रै शव नेपाल पठाउने तयारी भइरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ। इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार, “हमासले विपिन जोशीको भनेर बुझाएको शव डिएनए परीक्षणपछि मात्र पुष्टि हुनेछ। रिपोर्ट आउन करिब चार घण्टा लाग्ने भनिएको छ। त्यसपछि मात्रै नेपाल पठाउने प्रक्रिया सुरु हुन्छ,” उनले भने। उनका अनुसार शवलाई इजरायल सरकारले नै कफिनमा बन्द गरेर नेपाल पठाइदिने तयारी गरेको छ। त्यसका लागि अझै केही दिन लाग्ने अनुमान गरिएको छ। अध्ययनका सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी सन् २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क...
विपिनको घरमा दिनभरि सुनसान, साँझपख रुवाबासी

विपिनको घरमा दिनभरि सुनसान, साँझपख रुवाबासी

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय, कन्चनपुर, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–३, मालिकार्जुन टोलमा रहेको विपिन जोशीको घरमा पुग्दा सोमबार अपराह्न च्यानल गेटमा ताल्चा लागेको थियो । गेटछेउमै विपिनकी ठूलीआमा नन्दा जोशी बसेकी थिइन् । उनी विपिनका बुबा महानन्दलाई भेट्न आएकी थिइन् । महानन्द भने बिहानै घरमा ताल्चा लगाएर भीमदत्त नगरपालिका–१ बारकुन्डामा आफन्तको घर गएका थिए । फलफूलका पोकासहित च्यानल गेट नजिकै बसेकी ठूलीआमालाई लैजान विपिनका दाइ (ठूलोबुबाका छोरा) किशोर जोशी घरमा पुगे । उनको मोबाइलमा एकपछि अर्को गरी लगातार फोन आइरहेको थियो । आफन्तदेखि सञ्चारकर्मी सबैले विपिनको अवस्थाबारे जानकारी खोजिरहेका थिए । घरमा पुग्ने अधिकांशले विपिनका बुबा महानन्दलाई खोजिरहेका थिए । किशोरले काका श्राद्धमा गएको र अहिले धेरै कुरा गर्दा अप्ठेरो हुने भनिरहेका थिए । बिहान भएको फोनबारे पनि उनले काकालाई जानकारी नगराएको बताए । महानन्दसँग भेट्न खोज्ने ...
विपिन जोशीको मृत्यु भएको पुष्टि, शव हमासबाट इजरायललाई हस्तान्तरण

विपिन जोशीको मृत्यु भएको पुष्टि, शव हमासबाट इजरायललाई हस्तान्तरण

Breaking News 2, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
प्यालेस्टिनी लडाकु समूह हमासले नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको पुष्टि गर्दै उनको शव सोमबार इजरायललाई हस्तान्तरण गरेको छ। बिबिसीले हमासलाई उद्धृत गर्दै सार्वजनिक गरेको समाचारअनुसार, सोमबार हमासले इजरायललाई हस्तान्तरण गरेका चार शवमध्ये एक विपिन जोशीको पनि रहेको छ। अन्य शवहरूमा गाइ इलौज, यासी सारबी र डानिल पिरेजको नाम समावेश छ। सोही दिन हमासले २० जना जीवित इजरायली बन्धकहरूलाई अन्तर्राष्ट्रिय रेडक्रसमार्फत इजरायल सरकारलाई जिम्मा लगाएको थियो। त्यसपछि बाँकी २८ जनाको शव हस्तान्तरण गरिने जनाएको थियो। विपिन जोशी २०२३ अक्टोबर ७ मा हमासले इजरायलको दक्षिण क्षेत्रमा आक्रमण गर्दा बन्दी बनाइएका थिए। उनले त्यसअघि करिब एक महिना अघि मात्रै सिक एन्ड अर्न कार्यक्रम अन्तर्गत कृषि अध्ययनका लागि इजरायल पुगेका थिए। त्यो घटनामा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने छ जना घाइते भएका थिए। ...
टी- २० छनोटमा नेपालको लगातार दोस्रो जित, कतार पाँच रनले पराजित

टी- २० छनोटमा नेपालको लगातार दोस्रो जित, कतार पाँच रनले पराजित

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
ओमानमा जारी आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्स चरणमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा गएराति भएको खेलमा नेपालले कतारलाई पाँच रनले पराजित गरेको हो। यसअघि आइतबार भएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई एक रनले हराउँदै रोमाञ्चक जित दर्ता गरेको थियो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १४७ रनको योगफल बनायो। कप्तान रोहित पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै ५८ रनको योगदान दिए। त्यस्तै दीपेन्द्रसिंह ऐरीले २६ रन र गुल्शन झाले १६ रन जोडे। लक्ष्यका क्रममा कतार १९.५ ओभरमा १४२ रनमा अलआउट भयो। कतारका ओपनर इमाल लियानागेले ३५ बलमा सर्वाधिक ५५ रन बनाए भने जुबेर अलीले ५२ रनको योगदान दिए। नेपालका स्पिनर सन्दीप लामिछाने खेलका हिरो बने-उनले ३ ओभर ५ बल बलिङ...
टी–२० विश्वकप छनोट: नेपाल आज कतारसँग प्रतिस्पर्धा गर्दै

टी–२० विश्वकप छनोट: नेपाल आज कतारसँग प्रतिस्पर्धा गर्दै

Breaking News 2, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं-आईसीसी टी–२० विश्वकप एसिया तथा ईस्ट एसिया–प्यासिफिक छनोटअन्तर्गत नेपालले आज कतारसँग खेल्दैछ। खेल ओमानको अल अमिरेत क्रिकेट रंगशालामा नेपाली समयअनुसार राति सवा ८ बजे सुरु हुनेछ। सुपर सिक्सको पहिलो खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी युएईलाई १ रनले पराजित गरेको थियो। समूह ‘बी’को विजेता बनेको नेपालले समूह चरणमा कुवेतलाई ५८ रनले र जापानलाई पाँच विकेटले हराउँदै लगातार जित निकालेको हो। नेपाल आज चौथो जितको खोजीमा छ। कतार समूह ‘ए’बाट सुपर सिक्समा प्रवेश गरेको हो। उसले समूह चरणमा मलेसियालाई हराएको थियो भने युएईसँग पराजित भएको थियो। सुपर सिक्समा कतार ओमानसँग ३४ रनले हारेको छ। यी दुई टोलीबीच अहिलेसम्म तीन खेल हुँदा नेपालले दुई र कतारले एक खेल जितेका छन्। अपराजित नेपाल सुपर सिक्समा ४ अंकका साथ शीर्ष स्थानमा छ भने कतार अंकविहीन छ। नेपालले सुपर सिक्स चरणमा कतारपछि बुधबार ओमान र शु...
नेपालको रोमाञ्चक जित, सुपर- ६ मा यूएईलाई १ रनले हरायो

नेपालको रोमाञ्चक जित, सुपर- ६ मा यूएईलाई १ रनले हरायो

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- आइसिसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर–६ चरणमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) माथि १ रनको रोमाञ्चक जीत निकालेको छ। नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा यूएईलाई ३ बलमा ३ रन आवश्यक रहँदा लगातार ३ विकेट गुमाउँदा नेपालले नजिकको जित दर्ता गर्न सफल भयो। अन्तिम ओभर बलिङका लागि आएका दीपेन्द्रसिंह ऐरीले पहिलो तीन बलमा ७ रन दिएपछि चौथो बलमा ध्रुव पराशरलाई क्याच आउट गराए, पाँचौँ बलमा हेदर अलीलाई र अन्तिम बलमा जाहिद अलीलाई रन आउट गराउँदै नेपाललाई जित दिलाए। यूएईका लागि आलिशान शरफुले ५८ र ध्रुव पराशरले ३२ रन बनाए। नेपालका दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए भने सोमपाल कामी, गुल्सन झा र सन्दीप लामिछानेले एक–एक विकेट हात पारे। यसअघि ओमान क्रिकेट एकेडेमीमा टस जित...
जीवित बन्धकहरूको नयाँ सूचीमा बिपिन जोशीको नाम समावेश

जीवित बन्धकहरूको नयाँ सूचीमा बिपिन जोशीको नाम समावेश

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य समाचार, समाचार
गाजा क्षेत्रमा हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ। यसअघि उनको अवस्थाबारे कुनै जानकारी नहुँदा अज्ञात रहेको समाचार सीएनएनले प्रकाशित गरेको थियो। तर हाल टाइम्स अफ इजरायल, एसोसिएटेड प्रेस (एपी) लगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जारी गरेको २२ जना जीवित बन्धकको सूचीमा विपिनको नामसमेत समावेश गरिएको छ। उक्त सूचीमा मृतक २६ बन्धक मध्ये सन् २०१४ मा मारिएका एक इजरायली सैनिकको शव पनि समावेश गरिएको बताइएको छ। शुक्रबारदेखि सुरु भएको युद्धविरामले अक्टोबर ७, २०२३ मा सुरु भएको दुई वर्ष लामो विनाशकारी युद्ध अन्त्य हुने आशा जगाएको छ। उक्त आक्रमणमा करिब १,२०० जना मारिएका थिए भने २५१ जनालाई अपहरण गरिएको थियो। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धका क्रममा हालसम्म ६७ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ। तीमध्ये झन्डै आधा महिला र बालबालि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज