Advertisement

Breaking News 2

आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउँदै सुदूरपश्चिम प्रदेश सरकार

आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउँदै सुदूरपश्चिम प्रदेश सरकार

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले यही भदौ २५ गतेसम्ममा चालु आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउने तयारी गरेको छ। यसअघिको सरकारले ल्याएको बजेटलाई परिमार्जन गरेर अर्को बजेट ल्याउने तयारी अन्तिम चरणमा पुगेको आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारीले जानकारी दिए। उनले भने, 'बजेट तयारीका क्रममा मन्त्रालयस्तरमा भइरहेको छलफल शुक्रबार सकिन लागेको छ, राजनीतिक समझदारीको विषय भएकाले यही भदौ २५ गतेभित्र बजेट आउँछ भन्ने छ।' नयाँ सरकारका प्राथमिकतालाई सम्बोधन गर्नेगरी परिमार्जन गरेर बजेट ल्याउने तयारी भइरहेको जनाइएको छ। बजेट तयारीसँगै विनियोजन विधेयक र आर्थिक विधेयक परिमार्जनका विषयमा छलफल भइरहेको छ। बजेट कार्यक्रमका सिद्धान्त, नीति, प्राथमिकता भने यसअघिकै सरकारका पालामा प्रदेशसभाबाट पारित भइसकेकाले त्यसैमा टेकेर अर्को बजेट ल्याउन लागिएको हो। निवर्तमान मुख्यमन्त्री दीर्घबह...
आज हरितालिका तिज मनाईदै

आज हरितालिका तिज मनाईदै

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार
काठमाडौं ।  भाद्र शुक्ल तृतीया अर्थात् तीज। सनातन धर्मावलम्बी महिला शुक्रबार उमामहेश्वरको व्रत तथा पूजा(आराधना गरी मनाउँदैछन्। पञ्चांगमा आज १५ घडी ५७ पला अर्थात् मध्याह्न १२ बजेर ८ मिनेटसम्म तृतीया तिथि रहने र त्यसपछि चतुर्थी (चौथी) लाग्ने उल्लेख छ। भाद्र शुक्ल तृतीयाका दिन बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा छ। सत्ययुगमा हिमालय र मेनकाकी पुत्री पार्वतीले निराहार व्रत बसी कठिन तपस्या गरेको र महादेव पति पाएको पौराणिक सन्दर्भ छ। त्यसैले विधिपूर्वक व्रत बस्दा मनोकांक्षा सिद्ध हुने विश्वास गरिन्छ। सक्नेले दिनभर पानीसमेत नखाई व्रत बस्ने साँझ पौराणिक विधिले उमामहेश्वरको पूजा गर्ने, कथा सुन्ने विधान छ। धर्मशास्त्री प्रा.डा. रामचन्द्र गौतमले निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम रहेको बताए। ‘सक्नेले निराहार, नसक्न...
कञ्चनपुरमा एक जनाको वेवारिसे लास फेला

कञ्चनपुरमा एक जनाको वेवारिसे लास फेला

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट
कञ्चनपुर : कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका-११ गड्डाचौकीस्थित मुलनहरमा नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरूष बुधवार मृत अवस्थामा फेला परेका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गोदावरी नगरपालिकाले प्लास्टिक प्रतिबन्धमा कडा गर्दै, थाल्यो अनुगमन

गोदावरी नगरपालिकाले प्लास्टिक प्रतिबन्धमा कडा गर्दै, थाल्यो अनुगमन

Breaking News 1, Breaking News 2, कैलाली, मुख्य समाचार, सुदूरपश्चिम
धनगढीः कैलालीको गोदावरी नगरपालिकाले प्लास्टिकको प्रतिबन्धमा कडाइ गर्दै लगेको छ। गोदावरीले नगरपालिका क्षेत्रमा प्लास्टिकका झिल्ली, झोला तथा अन्य बस्तुहरू प्रयोग, बिक्री–वितरणमा कडाइ गर्दै लगेको हो। विज्ञापन प्लास्टिक जन्य बस्तुमा प्रतिबन्ध सम्बन्धी ऐन, २०८० लाई पूर्ण पालना गर्ने नगरपालिकाले बताएको छ। नगरपालिका क्षेत्रमा प्लास्टिक जन्य बस्तुको प्रयोगमा रोक लगाइएको सुरुमा एक महिनाको सूचना सार्वजनिक गरिएको थियो। दोस्रो पटक १५ दिनको सूचना सार्वजनिक गरिएको थियो। २०८१ भदौ १७ गतेबाट नियमित बजार अनुगमन थालिएको नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख सुलोचना कुमारी खड्काले बताइन्। उनले भनिन्, ‘हामीले तीन दिनदेखि नियमित बजार अनुगमन गर्दै आएका छौ। केही क्षेत्रमा मात्र प्लास्टिकका बस्तुहरू फेला परेका छन्। हामीले अहिले जफत गरेका छैनौ। सुरुमा एक ...
बझाङ जिल्लामा अखिल (क्रान्तिकारी) को आठौं जिल्ला सम्मेलन सम्पन्न

बझाङ जिल्लामा अखिल (क्रान्तिकारी) को आठौं जिल्ला सम्मेलन सम्पन्न

Breaking News 1, Breaking News 2, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लामा अखिल (क्रान्तिकारी) को आठौं जिल्ला सम्मेलन सम्पन्न भएको छ । जिल्लाकाे दुर्गाथली गाउँपालीकामा जिल्ला सम्मेलन सुरुभएकाे थियाे । जिल्ला भरिका अखिल (क्रान्तिकारी) मा आवद्ध युवाहरुकाे भेलाबाट जिल्ला समिति गठन गरिएको हाे । आठौं जिल्ला सम्मेलनमा माअाेवादी केन्द्रका नेताहरु उपस्थिति थिए भने अखिल क्रान्तिकारीले निर्विरोध जिल्ला कमिटी गठन गरेको नेतृ रुमला जार्गीले बताउनु भयाे । आज सर्वसम्मत निर्वाचित समितिमा अध्यक्ष बम बहादुर धामी ,उपाध्यक्ष हिमाल खड्का ,उपाध्यक्ष गिता रोकाया सचिव राम ब बिक ,सह-सचिव बबिता जोशी सहसचिव निखिल सार्की ,कोषाध्यक्षमा अंजना बि.कसहित ४५ सदस्य जिल्ला समिति गठन गरिएको माअाेवादीकी नेतृ रुमला जार्गीले बताउनु भयाे ।...
महाकाली नदिमा हाम फालेर एक युवती बेपत्ता

महाकाली नदिमा हाम फालेर एक युवती बेपत्ता

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, दार्चुला, सुदूरपश्चिम
दार्चुला – दार्चुला स्थित महाकाली नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छिन । बिहीबार दिउँसो ४ बजेतिर नौगाड गाउँपालिका–४ सिप्टीकी १७ वर्षीया किशोरी ममता टमटाले रिङ्नेताल क्षेत्रबाट महाकालीमा हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंह अनुसार गाउँबाट सदरमुकाम आमासँगै आइरहेकी किशोरीले महाकालीमा हाम फालेकी थिइन । दुई बहिनी र दुई दाजुभाइ रहेकी टमटाको घरमा बुवा र दाइको पहिले नै निधन भइसकेको बेपत्ता किशोरीका आफन्तले बताएका छन् । महाकाली आसपासमा रहेका प्रहरी युनिटहरुलाई समेत बेपत्ता भएकी किशोरीको खोजी गर्न निर्देशन दिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।...
जयपृथ्वी राजमार्ग अवरुद्ध हुँदा आवतजावतमा समस्या

जयपृथ्वी राजमार्ग अवरुद्ध हुँदा आवतजावतमा समस्या

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : खाेड्पे चैनपुर सडक खण्ड अन्तर्गत जयपृथ्वी राजमार्ग अन्तर्गत रहेको बझाङकाे परिङगाल नजिकै पहिराे खस्दा सडक अवरुद्ध भएको हाे । आज विहान सडक माथिबाट पहिराे खस्ता आवतजावतमा समस्या परेको छ । जसका लागि जिल्ला प्रशासन बझाङले अवरुद्ध सडक खुलाउन सडक कार्यालयकाे डाेजरलाई सम्पर्क गरेको र चाडैं सडक खुल्ने प्रमुख जिल्ला अधिकारी विश्वमित्र कुईकेलले बताउनु भयाे । माेषम परिवर्तनका कारण अहिले सडक जतासुकै अवरुद्ध हुँदै आएको छ । यसरी सडक अवरुद्ध हुदा यात्रुले भने दुख पाउने गरेका छन ।...
‘हेर्ने कथा’ले भेट्टाएका प्रकाश घर फर्किए, मालिक टासी लामाले १० लाख दिने

‘हेर्ने कथा’ले भेट्टाएका प्रकाश घर फर्किए, मालिक टासी लामाले १० लाख दिने

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
१३ भदौ, धनगढी– चर्चित कार्यक्रम ‘हेर्ने कथा’ले भेट्टाएका भोजपुरको षडानन्द नगरपालिका-१० का प्रकाश तामाङ गोरखाको चुमभ्याली छाडेर घर फर्किएका छन् ।   ‘हेर्ने कथा’को ‘हराएका वर्षहरू’ शीर्षकको पछिल्लो सत्य कथाका मुख्य पात्र प्रकाश गोरखाको चुमनुब्री गाउँपालिका-७ छेकम्पारस्थित मालिकको घरबाट बिदा भएर भोजपुरका लागि हिँडेका हुन् ।     उनलाई छेकम्पारबाट स-सम्मान बिदा गरिएको हो । उलाई छेकम्पारमा बिदाइका क्रममा चुमनुब्री वडा नम्बर ८ का अध्यक्ष टसी दोर्जे लामा, स्थानीय साथीभाइ र मालिकलेसमेत खादा लगाइदिएका थिए ।   चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार प्रकाशलाई मालिक टासी लामाले १० लाख रुपैयाँ दिने भएका छन् । त्यसैगरी गाउँपालिकाको तर्फबाट प्रकाशलाई एक लाख रुपैयाँ दिने उनले बताए । उक्त रकम प्रकाशले बैंक खाता खोलेपछि मालिक टासी लामाले जम्मा गरिदिने भएका ...
सुतिरहेका करनलाई पहिरो संगै सेतिले बगाएपछि

सुतिरहेका करनलाई पहिरो संगै सेतिले बगाएपछि

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् । छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ परिङ्गाल मालुझेलमा रहेको झोलुङ्गे पुलस्थित पश्चिमतिर बस्दै आएका ३६ वर्षीय करन गिरी मुनीबाट राति १२ बजे पहिरो खस्दा घरसहित सेती नदीमा खस्नुभएको हो। रातिको समयमा ठूलो आवाजसहित खसेको पहिरोले मालुझेलसहित निदाइरहेका करन गिरी र घर एक्कासी सेती नदीमा लगेको थियो । सेती नदीमा खसेपछि गुहार माग्नुभएका गिरीलाई स्थानीय  दिपेन्द्र खड्का, अर्जुन गिरी र सुरक्षाकर्मीले उद्दार गर्नुभएको थियो । करनको शरिरभर चोट लागेको उहाँका दाई लक्ष्मिराज गिरीले जानकारी दिनुभयो । उहाँलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको पनि उहाँका दाई लक्ष्मिराज गिरीले जानकारी दिनुभयो । घटना राति भएकाले थप विवरण आउन बाँकी छ ।...
प्रदेश कृषि बिभाग र जिल्ला समन्वय कैलालिको सहकार्यमा कृषक संग रास्वपा कार्यक्रम सम्पन्न

प्रदेश कृषि बिभाग र जिल्ला समन्वय कैलालिको सहकार्यमा कृषक संग रास्वपा कार्यक्रम सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी : कैलाली जिल्लाको घोडाघोडी नगरपालिकामा कृषक संग राष्ट्रिय स्वतन्त्र पार्टी कार्यक्रम सम्पन्न भएको छ । कृषि पेशा गरिरहेका कृषकहरुलाई कृषि बारे आधारभूत ज्ञान प्रदान गर्ने उदेश्यले गरिएको सो कार्यक्रम आज कैलालीको घोडाघोडी नगरपालिका भागेश्वरी हलमा सम्पन्न भएको हो । धान खेतिमा लाग्ने विभिन्न रोगहरु र त्यसको समाधानका उपायहरु, तरकारी खेती तथा फलफूल खेती गर्ने तरिका त्यसमा लाग्ने रोग र त्यसका समाधानका उपायहरु र कृषक संग संबंधित विभिन्न कुराहरु कृषि विशेषज्ञद्वारा कृषकलाई जानकारी गराएको राष्ट्रिय स्वतन्त्र पार्टिका प्रदेश प्रवक्ता सन्तोष जोशिले बताउनुभयो । सुदूरपश्चिम प्रदेशको कृषि बिभाग र कैलाली जिल्ला समन्वय समितिको सहकार्य तथा पहलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको सो कार्यक्रममा प्रदेश कृषि बिभाग प्रमुख कृष्ण न्यौपाने, रास्वपा कैलाली जिल्ला संयोजक महेश चौधरी, रास्वपा...
अमेरिका अध्ययन गर्न गएकि पाण्डेको गोलि हानी हत्या

अमेरिका अध्ययन गर्न गएकि पाण्डेको गोलि हानी हत्या

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
अमेरिकामा नेपाली विद्यार्थीको गोली हानी हत्या गरिएको छ। २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डे सोमवार साँझ टेक्सासको ह्युस्टनस्थित उनको अपार्टमेन्टमा मृत अवस्थामा फेला परेकी छिन्। ह्युस्टन प्रहरीका अनुसार अधिकारीहरूले उनलाई छातीमा गोली लागेको अवस्थामा फेला पारेकी हुन्। घटना वेस्ट एयरपोर्ट बुलेभार्डमा भएको थियो, जहाँ प्रहरीले पाण्डेको शव फेला पारेको थियो। प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा प्यारामेडिकले उनलाई घटनास्थलमै मृत घोषणा गरेका थिए। हालसम्म कुनै संदिग्धको पहिचान हुन सकेको छैन र अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ। शवलाई पोस्टमार्टमका लागि पठाइएको छ। नेपालको भोजपुर निवासी पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन्। पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका आएकी थिइन् ।...
पुर्व प्रधानमन्त्री प्रचण्ड र परराष्ट्र मन्त्री राणाका लागि धनगढीमा कडा सुरक्षा

पुर्व प्रधानमन्त्री प्रचण्ड र परराष्ट्र मन्त्री राणाका लागि धनगढीमा कडा सुरक्षा

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
धनगढीः नेकपा माओवादीका अध्यक्ष पुष्पकलमल दाहाल (प्रचण्ड)सहित ठूलो संख्यामा नेताहरु धनगढी आउँदैछन्। पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्ड दलबलसहित धनगढी पुग्दैछन्। पार्टीको प्रदेश परामर्श बैठकमा सहभागी हुने कार्यक्रम छ। प्रचण्डसहित पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्नि सापकोटा र पम्पा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेललगायत नेताहरू पनि बैठकमा सहभागि हुँदैछन्। उपमहासचिव पोखरेल अहिले माओवादीको सुदूरपश्चिम इन्चार्जसमेत हुन्। माओवादीको सुदूरपश्चिम प्रदेश संयोजन समितिमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठक विहान ११ बजेबाट स्वास्थ्य तालिम केन्द्रमा सुरु हुँदैछ। दुई दिनसम्म चल्ने बैठकमा सुदूरपश्चिमबाट पार्टीका ६५ जना केन्द्रीय सदस्य र १२ जना प्रदेशका पदाधिकारी सहभागी ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज