नर्स निरन्तर आन्दोलनमा, छैन सहमतिको संकेत
Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, स्वास्थ्य
कास्की —सरकारीसरह पारिश्रमिक माग गर्दै पोखराका दुई ठूला निजी अस्पतालका नर्स केही दिनदेखि आन्दोलित छन् । पोखरा फूलबारीस्थित मणिपाल शिक्षण अस्पतालका नर्स २४ असोज र नयाँबजारस्थित गण्डकी मेडिकल कलेज (जीएमसी) का नर्स २६ असोजदेखि आन्दोलनमा छन् । नागढुंगास्थित चरक मेमोरियल हस्पिटलका नर्स पनि शनिबारदेखि आन्दोलनमा उत्रिएका छन् ।
पारिश्रमिकको विषयले नर्सिङ एसोसिएसन नेपाल र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) गरी दुई छाता संगठन आमनेसामने भएका छन् । नर्सिङ संघ सरकारले गरेको परिपत्रअनुसार सरकारीसरह सुविधा दिनुपर्ने पक्षमा छ भने अफिनले त्यो कुनै पनि हालतमा सम्भव नहुने बताइरहेको छ ।
नर्सहरूले पम्प्लेट बोकेर श्रमको मूल्य मागेको १० दिन बित्दा पनि सहमतिको कुनै संकेत छैन । पोखरामा नर्सिङ संघ सहभागी भएर हालसम्म कुनै वार्ता नभएको ...











