मतदाता नामावली संकलनमा जनताको उत्साह बढ्दै
काठमाण्डौ- आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी स्वरूप सुरु गरिएको मतदाता नामावली संकलन तथा अद्यावधिक अभियानमा जनताको सहभागिता क्रमशः बढ्दै गएको छ।
दशैँ, तिहार र छठ पर्वका कारण केही समय सहभागिता कम देखिए पनि पछिल्ला दिनमा मतदाता नाम दर्ता गराउनेको संख्या उल्लेख्य रूपमा बढेको निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार सातै प्रदेश र सबै जिल्लाका निर्वाचन कार्यालयमा दैनिक बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मतदाता नामावली संकलन र अद्यावधिकको काम भइरहेको छ। असोज ९ गतेदेखि सुरु भएको अभियानअन्तर्गत हालसम्म एक लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन्।
यो अभियान यस महिनाभर जारी रहनेछ। १६ वर्ष उमेर पूरा गरी नागरिकता लिएका व्यक्तिले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न सक्नेछन्। तर फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न चाहनेले भने फागुन २० गतेसम्म १८ वर्ष पूरा गरेको हुनुपर्छ।
ना...












