Advertisement

रास्वपा कार्यकर्ताले धम्क्याउन थालेको सहकारी पीडितको आरोप

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले पोखराका सहकारी पीडितलाई धम्क्याउन थालेको पीडितहरुले आरोप लगाएका छन्।

सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै रास्वपा नेता तथा कार्यकर्ताले पीडितको घरमै पुगेर धम्क्याउने, प्र्रलोपनमा पार्ने र भड्काउने जस्ता गतिविधी गरेको आरोप लगाएका हुन्।

पार्टी सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराधमा मुछिएपछि रास्वपा कार्यकर्ताले पोखरामा दिनहुँ आन्दोलन गर्दै आएका छन्। उनीहरुले आन्दोलनमा पोखरेली नागरिक सहभागी नभएको भन्दै घरदैलो गरिरहेका छन्। घरदैलोका क्रममा रास्वपा कार्यकर्ताले पीडितलाई झन् पीडा दिने काम गरेको पीडितहरुले बताएका छन्।

‘अनुसन्धानलाई नै प्रभाव पार्ने किसिमको कार्यक्रम पोखरामा दिनहुँ जसो भइरहेका छन्, पार्टीका कार्यकर्ताद्धारा पीडित लखेटिएका छन्। पिटिएका छन्। विगत २ बर्षदेखि यो पार्टी सरकारमा हुँदा र नहुँदा पार्टीका नेताहरुलाई हारगुहार गर्दा, कैयन् पटक ज्ञापन पत्र बुझाउँदा पीडितको समस्या समाधानका निम्ति बिन्ति बिसाउँदा पनि कहिल्यै कुनै सरसहयोग भएन। आज पार्टी सभापति नै अनुसन्धानको दायरामा आउँदा झोलामा पीडितको पैसा बोकी फिर्ता दिने हो कि जस्तो गरे,’ विज्ञप्तीमा भनिएको छ।

रास्वपा सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी एवं संगठित अपराध मुद्धामा अहिले कास्की प्रहरीको हिरासतमा छन्। रास्वपा कार्यकर्ता भने लामिछानेको रिहाइको माग गर्दै दिनहुँ सडक आन्दोलनमा छन्।

अदालती प्रक्रियालाई प्रभावित पार्ने गरी रास्वपा कार्यकर्ताले आन्दोलन नरोकेको भन्दै सहकारी पीडितले विहिबार विशाल प्रदर्शन गर्ने तयारी गरेको छ।

विज्ञप्तीमा सहकारी पीडितका पक्षमा रहेका बौद्धिक जगत, व्यवसायी, राजनीतिक दल, नागरिक समाज सबैलाई आफुहरुको आन्दोलनमा साथ दिन पनि आग्रह गरिएको छ।

रवि लामिछानेमाथि भइरहेको अनुसन्धान प्रभावित पार्ने उदेश्यले रास्वपाले प्रदर्शन जारी राखेकाले आफुहरुले खबरदारी सभा गर्न लागेको सहकारी बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए।

‘हामीले भोलि विशाल खबरदारी सभा आयोजना गरेका छौं, सबै पोखरेली न्यायप्रेमी सभामा आउनुहुनेछ,’ उनले भने, ‘सहकारी ठगीमा संलग्न कसैले पनि उन्मुक्ति नपाओस् र पीडितले न्याय पाओस् भन्ने मात्र हाम्रो माग छ।’

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज